Flash Story
जुवा (कौडा) खेलिरहेको अवस्थामा ५ लाख ५२ हजार ३ सय नगद रकम सहित ७ जना मानिसहरू नियन्त्रणमा
संविधान सभा सदस्य सुनिल बाबु पन्तद्वारा लिखित ‘लिङ्गदेखि मानव प्रकृतिसम्म’ पुस्तक सार्वजनिक 
के नेपालमा गरिब भएर जन्मिनु अपराध हो? अस्पतालको ढोकामा रोइरहेका नेपालीको पीडा
मन्त्रिपरिषद्का निर्णय : विभिन्न अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस,
धनी राष्ट्रहरुले गरेको मानवहित विपरित कार्वन उत्सर्जनले भोटेकोशी जस्तो विपत्ति निम्तियोः युवाहरु
३ करोड ३८ लाखभन्दा बढी रकमको अनलाइन सट्टसबाजी तथा क्रिप्टो कारोबारमा संलग्न एक जना मानिस नियन्त्रणमा
बलात्कार मुद्धामा ९ महिनासम्म नपक्रेको अपाङ्गता भएकी महिलाको गुनासो
चोभार–ड्राइपोर्ट सडकमा जोखिमै जोखिम, खाल्डाखुल्डीले दुर्घटनाको त्रास
स्थानीय तहमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालन गर्न नयाँ कार्यविधि

Year: 2026

जुवा (कौडा) खेलिरहेको अवस्थामा ५ लाख ५२ हजार ३ सय नगद रकम सहित ७ जना मानिसहरू नियन्त्रणमा

मिति २०८३।०६।२६ गते अन्दाजी ००:३० बजेको समयमा जिल्ला काठमाडौं, गोकर्णेश्वर नगरपालिका-१ ओख्रेनी स्थित एक घरको दोस्रो तल्लामा हारजित हुने गरी जुवा (कौडा) खेली/खेलाई रहेको छ भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीको उक्त स्थानमा पुगी चेकजाँच गर्दा जुवा (कौडा) खेलिरहेको अवस्थामा नगद रु ५,५२३००।- ( पाँच लाख बाउन्न हजार तिन सय) र […]

संविधान सभा सदस्य सुनिल बाबु पन्तद्वारा लिखित ‘लिङ्गदेखि मानव प्रकृतिसम्म’ पुस्तक सार्वजनिक 

काठमाडौँ –संविधान सभा सदस्य सुनिल बाबु पन्तद्वारा लिखित ‘लिङ्गदेखि मानव प्रकृतिसम्म’ पुस्तक आइतबार सार्वजनिक गरिएको छ। शिखा बुक्सले प्रकाशित गरेको पुस्तकको संविधान सभाको मानवअधिकार समितिकी सभापति बिन्दा पाण्डे, परशुराम रम्तेल, राष्ट्रिय सभा सदस्य रेनु चन्द, राजनीतिक नेतृ उषाकिरण तिम्सिना, प्राध्यापक राम लोहनी, लेखक सुशील पौडेल, कानुनकी विद्यार्थी अञ्जली कार्की, बौद्ध गुरु र शिखा बुक्सका पुष्प पराजुलीले संयुक्त रूपमा विमोचन गरे। लैङ्गिक तथा यौनिक विविधताबारे समाजमा रहेको बुझाइ स्पष्ट पार्न पुस्तक उपयोगी हुने वक्ताहरूले बताए। उनीहरूले पुस्तकका विषयवस्तु विद्यालयदेखि विश्वविद्यालयसम्मको पाठ्यक्रममा समावेश गर्न सुझाव दिए। लैङ्गिक तथा यौनिक विविधतालाई पूर्वीय दृष्टिकोणबाट माटो सुहाउँदो ढङ्गले बुझ्न पुस्तकले सहयोग गर्ने उनीहरूको भनाइ थियो। पश्चिमा बुझाइका कारण सिर्जना भएका भ्रम चिर्न पनि पुस्तक उपयोगी हुने उनीहरूले बताए। लिङ्ग भन्ने बित्तिकै पुरुष र महिला मात्रै बुझ्ने समाजमा समलिङ्गी, तेस्रोलिंगी र अन्तरलिंगी व्यक्तिको पहिचानलाई सर्वस्वीकार्य बनाउन पुस्तकले महत्त्वपूर्ण भूमिका खेल्ने वक्ताहरूले विश्वास व्यक्त गरे।  लैङ्गिक तथा यौनिक विविधता जैविक, सामाजिक र मानवीय पक्षसँग जोडिएको विषय भएकाले यसबारेको बुझाइलाई फराकिलो बनाउन आवश्यक रहेको उनीहरूको भनाइ थियो। २०६२/०६३ को आन्दोलनदेखि नेपालको संविधानमा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकार संवैधानिक रूपमा समावेश गराउनसम्म पन्तको भूमिका महत्त्वपूर्ण रहेको वक्ताहरूले बताए। पुस्तकले लैङ्गिक तथा यौनिक विविधतासम्बन्धी बहसलाई थप तार्किक र तथ्यपरक बनाउने उनीहरूले विश्वास व्यक्त गरे। पुस्तकका लेखक पन्तले यो पुस्तक सबैभन्दा बढी लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका सम्पूर्ण साथीहरूमा समर्पित गरेका छन्। लैङ्गिक तथा यौनिक विविधताबारे समाजमा विद्यमान धारणा, पहिचान र बुझाइलाई प्रश्न गर्दै अघि बढेको पुस्तकले मानिसलाई सीमित वर्ग र परिभाषामा राखेर हेर्ने दृष्टिकोणमाथि समेत विमर्श गरेको छ। ‘लिङ्ग : चिह्न, लक्षण, प्रतीक र सङ्केत’ देखि ‘अन्तिम प्रश्न : मानिस क्याटगोरीका लागि कि क्याटगोरी मानिसका लागि?’ सम्मका विषय समेटिएको पुस्तकमा ३४ अध्याय छन्। पुस्तकको मूल्य ४२५ रुपैयाँ तोकिएको छ।

के नेपालमा गरिब भएर जन्मिनु अपराध हो? अस्पतालको ढोकामा रोइरहेका नेपालीको पीडा

विचार | विमल तामाङ, समाजसेवी कहिलेकाहीँ मनमा एउटा प्रश्न उठ्छ—हामी कस्तो समाज निर्माण गर्दैछौँ? के नेपालमा गरिब भएर जन्मिनु नै अपराध हो? पैसा नहुने मानिसलाई बिरामी हुने अधिकार छैन? के एउटा गरिब नेपालीले आफ्नै देशको अस्पतालमा सहज उपचार पाउने आशासमेत गर्न नपाउने हो? आज एउटा नेपाली नागरिकको मनभित्र गुम्सिएको यही पीडा बोल्न मन लागेको छ। […]

मन्त्रिपरिषद्का निर्णय : विभिन्न अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस,

काठमाडौं : मन्त्रिपरिषद्को बैठकले विभिन्न अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्नेदेखि उच्च तहका कर्मचारीको बढुवासम्मका निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको बैठकले भूमि, वन तथा विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो। बैठकले राष्ट्रिय मानव अधिकार आयोगको सिफारिसमा क्षतिपूर्तिका लागि सिफारिस भएका १५३ जना […]

धनी राष्ट्रहरुले गरेको मानवहित विपरित कार्वन उत्सर्जनले भोटेकोशी जस्तो विपत्ति निम्तियोः युवाहरु

काठमाडौं – धनी राष्ट्रहरुले गरेको मानवहित विपरित कार्वन उत्सर्जनले भोटेकोशी बाढी जस्तो विपत्ति निम्तिएकोे युवाहरुले बताएका छन् । बिहिबार राजधानीको संवाद डबलीमा भएको अन्तरक्रियामा उनिहरुले अमेरिका, रुस, चिन र भारतलगायतका देशहरुबाट क्षतिपूर्ति माग्नु पर्नेसमेत धारणा व्यक्त गरे । क्रान्तिकारी युवा संघ नेपालले आयोजना गरेको ‘जलवायु संकट समाधानका लागि यूवा पुस्ताको अभियान’ विषयक अन्तरक्रियामा बोल्ने जलवायू […]

३ करोड ३८ लाखभन्दा बढी रकमको अनलाइन सट्टसबाजी तथा क्रिप्टो कारोबारमा संलग्न एक जना मानिस नियन्त्रणमा

काठमाडौं – अनलाइन सट्टेबाजी तथा क्रिप्टो कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले २२ वर्षीय एक युवकलाई नियन्त्रणमा लिएको छ।प्रहरीका अनुसार सर्लाहीको चन्द्रनगर गाउँपालिका–३ घर भई हाल काठमाडौं महानगरपालिका–३२ बस्दै आएका बिक्की कुमार महतोलाई २०८३ असोज २१ गते साँझ करिब ५ बजे काठमाडौं महानगरपालिका–११, माइतीघरस्थित सडकबाट नियन्त्रणमा लिइएको हो।सडकमा शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा फेला पारेपछि प्रहरीले सोधपुछ […]

बलात्कार मुद्धामा ९ महिनासम्म नपक्रेको अपाङ्गता भएकी महिलाको गुनासो

काठमाडौं : आफूलाई अछामका निर्पबहादुर शाहले बलात्कार गरेको र प्रहरीले ९ महिनासम्म पनि पक्राउ नगरेको पीडित युवतिले आरोप लगाएकी छन् । बिहिबार काठमाडौंको संवाद डबलीमा पत्रकारकार सम्मेलन गरी सो आरोप लगाएकी हुन् । कैलाली घोडाघोडी नगरपालिका १० पहलमानपुरकी एक युवतिले अछाम रामारोशन गाउँपालिका सान्तोडाका निर्पबहादुर शाहले आफूलाई बारम्बार बलात्कार गरेको उनको आरोप छ । ९ […]

चोभार–ड्राइपोर्ट सडकमा जोखिमै जोखिम, खाल्डाखुल्डीले दुर्घटनाको त्रास

काठमाडौं : काठमाडौंको कीर्तिपुर नगरपालिका–६, चोभार गेटदेखि ड्राइपोर्टसम्मको सडक अहिले खाल्डाखुल्डी, हिलो, माटो र अव्यवस्थित सडक कटानका कारण जोखिमपूर्ण बनेको छ। सडक निर्माण तथा नेपाल विद्युत् प्राधिकरणको सबस्टेसनसँग सम्बन्धित कामका क्रममा विभिन्न स्थानमा सडक तथा सडकछेउ खनिएको देखिन्छ। तर खनिएका भाग लामो समयसम्म व्यवस्थित रूपमा नपुरिँदा यात्रु तथा स्थानीयवासी जोखिममा परेका छन्। कतिपय ठाउँमा सडकमा […]

स्थानीय तहमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालन गर्न नयाँ कार्यविधि

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले स्थानीय तहमा ज्येष्ठ नागरिकको हेरचाह, स्वास्थ्य, सामाजिक सहभागिता र सम्मानजनक जीवनलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘स्थानीय तहमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालन/स्थापना सम्बन्धी कार्यविधि, २०८३’ तयार गरेको छ। कार्यविधिअनुसार स्थानीय तहमा सञ्चालन हुने ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रले घरमा एक्लोपन महसुस गरिरहेका वा हेरचाह आवश्यक […]

कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक

काठमाडौं : पूर्णवहादुर सिंह ‘समरजङ्ग’को ‘नवऔपनिवेशिक दलाल पुँजीवाद’ र खम्बु चन्दको ‘समाजवादको मौलिक मार्गचित्र’ पुस्तक विमोचन भएका छन् । बुधबार राजधानीको संवाद डबलीमा भएको बिमोचन कार्यक्रमा समिक्षकहरुले नेपाली कम्युनिस्ट आन्दोलनलाई वैचारिक मार्गदर्शनका लागि यी पुस्तकहरु महत्वपूर्ण सामग्री हुनेसमेत बताए । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल प्रवक्ता हेमन्त प्रकाश ओली ‘सुदर्शन’ले पूर्ण सिंहको नवऔपनिवेशिक दलाल पुँजीवादले नेपाली […]

Back To Top