काठमाडौं – अनलाइन सट्टेबाजी तथा क्रिप्टो कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले २२ वर्षीय एक युवकलाई नियन्त्रणमा लिएको छ।प्रहरीका अनुसार सर्लाहीको चन्द्रनगर गाउँपालिका–३ घर भई हाल काठमाडौं महानगरपालिका–३२ बस्दै आएका बिक्की कुमार महतोलाई २०८३ असोज २१ गते साँझ करिब ५ बजे काठमाडौं महानगरपालिका–११, माइतीघरस्थित सडकबाट नियन्त्रणमा लिइएको हो।सडकमा शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा फेला पारेपछि प्रहरीले सोधपुछ […]
बलात्कार मुद्धामा ९ महिनासम्म नपक्रेको अपाङ्गता भएकी महिलाको गुनासो
काठमाडौं : आफूलाई अछामका निर्पबहादुर शाहले बलात्कार गरेको र प्रहरीले ९ महिनासम्म पनि पक्राउ नगरेको पीडित युवतिले आरोप लगाएकी छन् । बिहिबार काठमाडौंको संवाद डबलीमा पत्रकारकार सम्मेलन गरी सो आरोप लगाएकी हुन् । कैलाली घोडाघोडी नगरपालिका १० पहलमानपुरकी एक युवतिले अछाम रामारोशन गाउँपालिका सान्तोडाका निर्पबहादुर शाहले आफूलाई बारम्बार बलात्कार गरेको उनको आरोप छ । ९ […]
कीर्तिपुरबाट २५.१ ग्राम खैरो हेरोइनजस्तो पदार्थसहित ४ जना पक्राउ
काठमाडौं – काठमाडौंको कीर्तिपुरबाट २५.१ ग्राम लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित चार जना पक्राउ परेका छन्। प्रहरीका अनुसार २०८३ असोज १६ गते साँझ करिब ५ बजे कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा लागूऔषध ओसारपसार तथा बिक्री–वितरण भइरहेको सूचनाका आधारमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको टोलीले चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा प्रहरीले २५.१ ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ, डिजिटल तराजु […]
यूके र क्रोसिया पठाइदिने भन्दै १५ लाख ५० हजार ठगी, दुई जना पक्राउ
काठमाडौं – वैदेशिक रोजगारीका लागि आकर्षक आम्दानीको प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनुषाको जनकनन्दिनी गाउँपालिका–२ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–३१ शंखमूल बस्ने २६ वर्षीय रिगबान शेष रहेका छन्। उनले एक जनालाई बेलायत (यूके) पठाइदिने भन्दै ७ लाख रुपैयाँ ठगी गरेको आरोप छ। यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिका–११ […]
५ वटा बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त काठमाडौंबाट पक्राउ
काठमाडौं – पाँच वटा बैंकिङ कसुर मुद्दामा फरार रहेका एक अभियुक्त पक्राउ परेका छन्। पक्राउ पर्नेमा धादिङको ज्वालामुखी गाउँपालिका–३ निवासी ३३ वर्षीय अन्जन भट्ट रहेका छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कागेश्वरी मनोहरा नगरपालिका–७ बाट पक्राउ गरेको हो। अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) रामेश्वर कार्कीका अनुसार भट्टविरुद्ध विभिन्न प्रहरी कार्यालयमा बैंकिङ कसुर […]
युवतीलाई गोप्य अङ्ग देखाउनेको भिडिओलाई लिएर गृहमन्त्रीको प्रतिक्रिया: आरोपी पक्राउ, पीडितको साहसको प्रशंसा
काठमाडौं । ललितपुरको इमाडोलमा एक युवतीमाथि भएको यौन दुर्व्यवहारको घटनापछि गृहमन्त्री सुदन गुरुङले गम्भीर ध्यानाकर्षण जनाउँदै आरोपी पक्राउ परिसकेको जानकारी दिएका छन्। आइतबार साँझ इमाडोलमा हिँडिरहेकी ऋतु खनालमाथि एक पुरुषले अश्लील हर्कत गरेका थिए। पीडितले साहसका साथ आफ्नो मोबाइलबाट घटनाको भिडियो रेकर्ड गरी सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि घटना व्यापक चर्चामा आएको थियो। सोही भिडियोका आधारमा […]
चितवनीकी दिया क्षेत्रीले आफ्नै श्रीमानबाट खतरा रहेको भन्दै सुरक्षाको माग
काठमाडौं । चितवन टाडी माइती भएकी ३९ वर्षिय दिया क्षेत्रीले आफ्नै श्रीमानबाट असुरक्षित भएको भन्दै सुरक्षाको माग गरेकी छन् । शुक्रबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी क्षेत्रीले श्रीमान परस्त्रीसँग लागेर ६ महिना अगडि सुन र गरगहना लगेर फरार रहेको बताइन् । सुनसरी जिल्ला चक्रघटी गाउँपालिका ८ स्थायी घर भएका माधव क्षेत्री अर्को महिलासँग […]
धादिङमा ५१ किलोभन्दा बढी अफिमसहित एक जना पक्राउ
धादिङ – धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं.२ होवाङबाट ठुलो परिणामको लागू औषध अफिमसहित एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा होवाङका वर्ष ३५ को विर बहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो ।शुक्रबार जिल्ला प्रहरी कार्यालय धादिङले पत्रकार सम्मेलन गरी घटनाको बारेमा जानकारी गराएको हो […]
धादिङमा विभत्स घटना छोराले गरे आमाको निर्मम हत्या
धादिङ — धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५, थापा कठेरीमा एक युवाले धारिलो हतियार प्रयोग गरी आफ्नै आमाको विभत्स हत्या गरेका छन्।असोज १९ गते राति करिब ८ बजे अत्यधिक मदिरा र लागुऔषध सेवन गरेका ३० वर्षीय यमबहादुर कँडेलले खुकुरी प्रहार गरी ५५ वर्षीया आमा राममाया कँडेलको हत्या गरेका हुन्। टाउको छुट्टिएको अवस्थामा उनको शव घरको आँगनमा फेला परेको […]
शैक्षिक संस्थाका नक्कली प्रमाणपत्रसहित रुपन्देहीबाट एक भारतीय नागरिक पक्राउ
काठमाडौं । त्रिभुवन विश्वविद्यालय, राष्ट्रिय परीक्षा बोर्ड लगायत संस्थाका ठूलो मात्रामा नक्कली शैक्षिक प्रमाणपत्रहरू सहित एक भारतीय नागरिकलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । रुपन्देहीमा यति ठूलो संख्यामा नक्कली शैक्षिक प्रमाणपत्र बरामद भएको यो पहिलो घटना भएको प्रहरीले जनाएको छ । नेपाल र भारतका विभिन्न शैक्षिक संस्थाका नक्कली शैक्षिक प्रमाणपत्रहरू, स्ट्याम्प, होलोग्राम तथा स्टिकरहरू सहित […]
