Flash Story
डिडिसीमा व्यापक अनियमितता भएको पूर्व सञ्चालक समिति अध्यक्षको खुलासा
युवतीलाई गोप्य अङ्ग देखाउनेको भिडिओलाई लिएर गृहमन्त्रीको प्रतिक्रिया: आरोपी पक्राउ, पीडितको साहसको प्रशंसा
फिल्डमै बसेर नेपालगञ्ज र सुर्खेत क्षेत्रको विद्युत समस्याको समाधान खोजी
सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा
थाक्रे–२ मा रोपाइँ कार्यक्रम सम्पन्न, परम्परागत खेती संरक्षणमा जोड
मिडियामा आर्थिक नाकाबन्दी, सरकार अधिनायकवाद उन्मुख भएकोे संकेत
निलो प्रेम पढिरहेकी शिक्षा, तर नौलो जीवन टाढिँदै थियो…
चितवनीकी दिया क्षेत्रीले आफ्नै श्रीमानबाट खतरा रहेको भन्दै सुरक्षाको माग
राष्ट्रिय स्वाधीनता खतरामा छ, एकजुट भएर संघर्षको तयारी गरौंः राजेन्द्र पाण्डे

Category: विविध

फिल्डमै बसेर नेपालगञ्ज र सुर्खेत क्षेत्रको विद्युत समस्याको समाधान खोजी

काठमाडौं – नेपालगञ्ज र सुर्खेतलगायत क्षेत्रमा पटक–पटक हुने विद्युत् अवरोध, न्यून भोल्टेज तथा मिटर अभावका गुनासो बढेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले दुई दिनसम्म त्यस क्षेत्रमा बसेर सरोकारवालाहरुसँग समस्याको पहिचान र समाधानका उपायबारे छलफल गर्नुभएको छ ।ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव, नेपाल विद्युत् प्राधिकरणका सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश प्रमुख, वितरण […]

सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा

काठमाडौं। स्वास्थ्य उपचारलाई सबैका लागि सहज र पहुँचयोग्य बनाउने उद्देश्यका साथ किस्ट शिक्षण अस्पताल ले सामाजिक सुरक्षा कोष (एसएसएफ) तथा कर्मचारी सञ्चय कोष (पीएफ) अन्तर्गत आबद्ध सेवाग्राहीहरूका लागि गुणस्तरीय तथा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको जनाएको छ। अस्पतालका अनुसार सामाजिक सुरक्षा कोष वा कर्मचारी सञ्चय कोषका सदस्यहरूले आफूलाई प्राप्त स्वास्थ्य सुविधाको पूर्ण लाभ किस्ट […]

निलो प्रेम पढिरहेकी शिक्षा, तर नौलो जीवन टाढिँदै थियो…

जेन्जी आन्दोलनपछि दलित जे नजी एलायन्स गठन भयो। आन्दोलनका क्रममा देशका विभिन्न ठाउँबाट आएका युवा–युवतीहरूसँग भेटघाट र चिनजान गर्ने अवसर मिल्यो। त्यही क्रममा मेरो पनि शिक्षा सुनारसँग परिचय भएको थियो। उनी सरल, मिलनसार, हँसिली र सपनाले भरिएकी युवती थिइन्।समय बित्दै गयो। महिलाहरूको एउटा कार्यक्रममा केही युवतीहरूको आवश्यकता परेको थियो। मैले शिक्षा, बिन्दा, साम्रागी लगायतलाई कार्यक्रममा […]

चितवनीकी दिया क्षेत्रीले आफ्नै श्रीमानबाट खतरा रहेको भन्दै सुरक्षाको माग

काठमाडौं । चितवन टाडी माइती भएकी ३९ वर्षिय दिया क्षेत्रीले आफ्नै श्रीमानबाट असुरक्षित भएको भन्दै सुरक्षाको माग गरेकी छन् । शुक्रबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी क्षेत्रीले श्रीमान परस्त्रीसँग लागेर ६ महिना अगडि सुन र गरगहना लगेर फरार रहेको बताइन् । सुनसरी जिल्ला चक्रघटी गाउँपालिका ८ स्थायी घर भएका माधव क्षेत्री अर्को महिलासँग […]

राष्ट्रिय स्वाधीनता खतरामा छ, एकजुट भएर संघर्षको तयारी गरौंः राजेन्द्र पाण्डे

काठमाडौं । नेकपाका नेता राजेन्द्र पाण्डेले सरकारको जनविरोधी गति र राष्ट्रिय स्वाधीनताको रक्षार्थ राजनीतिक दलहरु एकसाथ संघर्षको तयारीमा जुट्न आह्वान गरेका छन् । शनिवार राजधानीको संवाद डबलीमा भएको कार्यक्रममा पाण्डेले ठुलो बलिदानबाट आएको व्यवस्था र सरकारको गैर कानुनी हर्कत जनताका लागि चुनौती बनेकोसमेत जिकिर गरेका छन् । ४९औं जुगेडी किसान संघर्ष दिवस तथा ३५ औँ […]

नेपालको मौलिक संस्कार–संस्कृतिमाथि विदेशी हस्तक्षेप रोक्नुपर्छः ओम पाथीभरा माता

काठमाडौं । नेपालमा वैदिक सनातनी संस्कार र संस्कृतिको अपव्याख्या गरी प्रहार भएकोले त्यसमा जागरणको खाँचो रहेकोमा वक्ताहरुले जोड दिएका छन् । आइतबार राजधानीको संवाद डबलीमा ‘ॐ पाथीभरा नेपाल आमा’ले पत्रकार सम्मेलनको आयोजना गरी वैदिक सनातन सबैको संरक्षक भएकोसमेत दबी गरेका छन् । पाथीभराकी कर्ता पुस्तादेवि तामाङले नेपाल वैदिक सनातनको उद्गम स्थल भएको र यहाँको मौलिक […]

असार १९ गते धादिङमा ‘छैटौं नेत्रावती डबजोङ्ग गाउँपालिका स्तरीय हस्तलेखन प्रतियोगिता’ हुने

निराज रानाभाट, धादिङ । धादिङको नेत्रावती डबजोङ्ग गाउँपालिका -१, मार्पाकमा अवस्थित श्री निरञ्जना माध्यमिक विद्यालयमा असार १९ गते ‘छैटौं नेत्रावती डबजोङ्ग गाउँपालिका स्तरीय हस्तलेखन प्रतियोगिता – २०८२ ’ आयोजना हुने भएको छ । उक्त प्रतियोगिता निरञ्जना भूतपूर्व शिक्षक तथा विद्यार्थी छात्रवृत्ति कोष २०५६ को संरक्षणमा र श्री निरञ्जना माध्यमिक विद्यालयको संयोजकमा, मार्पाक सामुदायिक क्लबको आयोजनामा […]

रास्वपा महामन्त्रीमा विपिन आचार्य निर्वाचित

काठमाडौं – रास्वपाको महामन्त्रीमा विपिन आचार्य निर्वाचित भएका छन् । उनले ६७३ मत प्राप्त गरे । उनी यसअघि रास्वपाको सहमहामन्त्री हुन् ।

रास्वपा सहमहामन्त्रीमा ढकाल, डाँगी र शाह निर्वाचित

काठमाडौं – रास्वपाको सहमहामन्त्री पदमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । आज सम्पन्न निर्वाचनबाट उनीहरू सहमहामन्त्री पदमा निर्वाचित भएका हुन् ।

जीडब्लुएम ओरा ५ ईभी नेपालमा सार्वजनिक, एक पटकको चार्जमा ५२० किमीसम्म चल्ने

काठमाडौं– ग्रेट वाल मोटर (जीडब्लुएम) अन्तर्गतको प्रिमियम विद्युतीय एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक गरिएको छ । काठमाडौंस्थित द प्लाजामा आयोजित कार्यक्रममा गाडी सार्वजनिक गरिएको हो । चीन र थाइल्यान्डपछि नेपाललाई ओरा ५ ईभीको अन्तर्राष्ट्रिय विस्तारका महत्त्वपूर्ण बजारका रूपमा छनोट गरिएको कम्पनीले जनाएको छ ।  कम्पनीका अनुसार यो गाडीमा आधुनिक प्रविधि, आकर्षक डिजाइन, उच्च सुरक्षा […]

Back To Top