Flash Story
जुवा (कौडा) खेलिरहेको अवस्थामा ५ लाख ५२ हजार ३ सय नगद रकम सहित ७ जना मानिसहरू नियन्त्रणमा
संविधान सभा सदस्य सुनिल बाबु पन्तद्वारा लिखित ‘लिङ्गदेखि मानव प्रकृतिसम्म’ पुस्तक सार्वजनिक 
के नेपालमा गरिब भएर जन्मिनु अपराध हो? अस्पतालको ढोकामा रोइरहेका नेपालीको पीडा
मन्त्रिपरिषद्का निर्णय : विभिन्न अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस,
धनी राष्ट्रहरुले गरेको मानवहित विपरित कार्वन उत्सर्जनले भोटेकोशी जस्तो विपत्ति निम्तियोः युवाहरु
३ करोड ३८ लाखभन्दा बढी रकमको अनलाइन सट्टसबाजी तथा क्रिप्टो कारोबारमा संलग्न एक जना मानिस नियन्त्रणमा
बलात्कार मुद्धामा ९ महिनासम्म नपक्रेको अपाङ्गता भएकी महिलाको गुनासो
चोभार–ड्राइपोर्ट सडकमा जोखिमै जोखिम, खाल्डाखुल्डीले दुर्घटनाको त्रास
स्थानीय तहमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालन गर्न नयाँ कार्यविधि

Category: स्वास्थ्य-जीवनशैली

अखिल (क्रान्तिकारी)ले गर्‍यो रक्तदान

काठमाडौं : रेडक्रस ब्लड बैंकमा देखिएको रगत अभावलाई ध्यानमा राख्दै नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) केन्द्रीय समितिले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। प्रदर्शनीमार्गस्थित रेडक्रस ब्लड बैंकमा आइतबार आयोजित  कार्यक्रममा संगठनका नेता–कार्यकर्ता तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो। रगत अभावका कारण उपचाररत बिरामीलाई आवश्यक रगत उपलब्ध गराउन समस्या भइरहेको अवस्थालाई ध्यानमा राख्दै रक्तदान कार्यक्रम आयोजना गरिएको संगठनले जनाएको छ। कार्यक्रममा सहभागीहरूले रक्तदान गर्दै मानवीय सेवामा योगदान गरेका थिए। रक्तदानले आकस्मिक उपचार, शल्यक्रिया तथा अन्य स्वास्थ्य उपचारका क्रममा आवश्यक पर्ने रगत व्यवस्थापनमा सहयोग पुग्ने आयोजकको अपेक्षा छ। अखिल (क्रान्तिकारी)का केन्द्रीय कार्यालय सचिव सर्जन पाण्डेका अनुसार ब्लड बैंकमा देखिएको रगत अभावलाई मध्यनजर गर्दै कार्यक्रम आयोजना गरिएको हो। उनले विद्यार्थी तथा युवाहरूलाई सामाजिक तथा मानवीय सेवाका अभियानमा जोडिन आग्रह गरे। अखिल (क्रान्तिकारी)ले विद्यार्थीका शैक्षिक तथा राजनीतिक मुद्दासँगै सामाजिक सरोकारका विषयमा समेत सक्रिय भूमिका निर्वाह गर्दै आएको जनाएको छ। संगठनले आगामी दिनमा पनि यस्ता सामाजिक तथा मानवीय सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने बताएको छ।

नेपाल फार्मेसी परिषद्को अध्यक्षमा कादिर आलम नियुक्त

काठमाडौं – सरकारले नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलमलाई नियुक्त गरेको छ । नवनियुक्त अध्यक्ष आलमले बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । परिषद्को अध्यक्ष नियुक्तिका लागि आवेदन दिएका उम्मेदवारमध्ये छनोट प्रक्रियापछि आलमलाई अध्यक्षमा नियुक्त गरिएको हो। शपथ ग्रहणपछि मन्त्री मेहताले नेपाल फार्मेसी परिषद्लाई थप […]

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर । ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण सम्पन्न गरेको छ। बाँकेको कोहलपुर निवासी ५९ वर्षीय एक पुरुषलाई उनकी ३७ वर्षीया छोरीले कलेजो दान गरेपछि सफल शल्यक्रियामार्फत नयाँ जीवन प्राप्त भएको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार वि.सं. २०८३ असार १५ गते सम्पन्न भएको प्रत्यारोपण सफल […]

सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा

काठमाडौं। स्वास्थ्य उपचारलाई सबैका लागि सहज र पहुँचयोग्य बनाउने उद्देश्यका साथ किस्ट शिक्षण अस्पताल ले सामाजिक सुरक्षा कोष (एसएसएफ) तथा कर्मचारी सञ्चय कोष (पीएफ) अन्तर्गत आबद्ध सेवाग्राहीहरूका लागि गुणस्तरीय तथा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको जनाएको छ। अस्पतालका अनुसार सामाजिक सुरक्षा कोष वा कर्मचारी सञ्चय कोषका सदस्यहरूले आफूलाई प्राप्त स्वास्थ्य सुविधाको पूर्ण लाभ किस्ट […]

स्वास्थ्य मन्त्रालय भित्रै डेङ्गुको जोखिम

काठमाडौं : देशको स्वास्थ्यसम्बन्धी नीतिनिर्माण र जनस्वास्थ्य सुरक्षाको मुख्य निकाय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय  आफैँ डेंगुका कारण जोखिममा परेको देखिएको छ। मन्त्रालय परिसरमै ढल ट्यांकीहरू खुला अवस्थामा रहनु, फोहोर पानी थुप्रिनु र प्लास्टिकका बोतल र कागजहरु  त्यहीँ पानीमा हुनुले डेंगु संक्रमणको सम्भावना अत्यन्तै उच्च बनाएको छ। मन्त्रालयको प्राङ्गणभित्रै रहेका ढल ट्यांकी र नालीहरूमा पानी जमेर लामखुट्टे […]

Back To Top