Flash Story
भाइटीकामा आर्थिक अभाव भएका दिदीबहिनीलाई कृष्णप्रसाद चालिसेले निःशुल्क फूलमाला र यातायात दिने
जुवा तास खेलिरहेको अवस्थामा ६ लाख भन्दा बढि रकम सहित ९ जना मानिसहरू नियन्त्रणमा
कर्नाली उपेक्षा र उज्यालो पुस्तक’को विमोचन गर्दै प्रचण्डले भने–‘राष्ट्र नै के हुने हो भन्ने अवस्था आएको छ’
रास्वपा सभापति लामिछानेसँग भारतीय विदेश सचिव मिस्रीको शिष्टाचार भेट
खोटेहाङ गाउँपालिका उपाध्यक्ष राईले ११ करोड ठेक्कामा मजदुरहको लाखौं पारिश्रमिक नदिएको गुनासो
६ सय नगद रकम सहित २१ जना मानिसहरू नियन्त्रणमा
अवैध रूपमा पटका जन्य विस्फोटक पदार्थ सहित १ जना मानिस नियन्त्रणमा
पत्रकार नेताहरुले भनेः सरकारको शाहीकालिन अभ्यासले पतनको बाटो रोजेको हो ?
रानाग टुल्कु रिन्चेन रिन्पोछे (डोल्पोबुद्ध)को रसुवा बाढी पीडितलाई राहत

Author: lifekhabar

भाइटीकामा आर्थिक अभाव भएका दिदीबहिनीलाई कृष्णप्रसाद चालिसेले निःशुल्क फूलमाला र यातायात दिने

भरतपुर : चितवनको भरतपुर महानगरपालिका–२४ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति कृष्णप्रसाद चालिसेले भाइटीकाको अवसरमा आर्थिक अभाव भएका दिदीबहिनीका लागि निःशुल्क फूलमाला तथा यातायातको व्यवस्था गर्ने घोषणा गरेका छन्। चालिसेले भाइटीकामा दाजुभाइको गलामा लगाइदिन फूल तथा माला किन्न नसक्ने दिदीबहिनीहरूका लागि निःशुल्क फूल र सयपत्रीको माला वितरण गर्ने जानकारी दिएका हुन्। त्यस्तै, आर्थिक अभाव तथा […]

जुवा तास खेलिरहेको अवस्थामा ६ लाख भन्दा बढि रकम सहित ९ जना मानिसहरू नियन्त्रणमा

काठमाडौं : महानगरपालिका- ४ बालुवाटार स्थित नेपाल हाउस रेष्टुरेन्टमा जुवा तास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त मालीगाउँबाट खटिएको प्रहरी टोली उक्त स्थानमा पुगी चेकजाँच गर्दा जुवा तास खेलिरहेको अवस्थामा निम्न मानिसहरूको साथबाट तास ९ बुक, नगद रु. ६,८५,१९५ ।- (छ लाख पचासी हजार एक सय पन्चानब्बे रुपैयाँ) र मोबाइल थान १० फेला पारी नियन्त्रणमा […]

कर्नाली उपेक्षा र उज्यालो पुस्तक’को विमोचन गर्दै प्रचण्डले भने–‘राष्ट्र नै के हुने हो भन्ने अवस्था आएको छ’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले राष्ट्र नै के हुने हो भन्ने अवस्था आएको बताउँदै नयाँ राष्ट्रिय एकताको परिचय दिने समय आएको बताए । ‘अहिले राष्ट्र नै के हुने भन्ने अवस्था आएको छ, अब नयाँ राष्ट्रिय एकताको खाँचो छ’ उनले भने । शनिबार संवाद डबलीमा डा.दीपेन्द्र रोकाया र मोहनदास मानन्धरद्वारा […]

रास्वपा सभापति लामिछानेसँग भारतीय विदेश सचिव मिस्रीको शिष्टाचार भेट

राष्ट्रियस्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेट गर्नुभएको छ। नेपालको दुईदिने औपचारिक भ्रमणमा आउनुभएका भारतीय विदेश सचिव सभापति लामिछानेसँग शिष्टाचार भेटवार्ता गर्न बूढानीलकण्ठ आउनुभएको थियो। उक्त शिष्टाचार भेटवार्तामा सभापति लामिछानेले आफ्नो विगतमा भएकाे औपचारिक भारत भ्रमणको चर्चा गर्दै आगामी दिनमा दुई मुलुक बीचमा हुन लागेका उच्चस्तरीय भ्रमणहरूको सफलताका लागि शुभकामना दिनुभयो। साथै, उहाँले विकास तथा आर्थिक कूटनीतिमा नेपालले जोड दिइरहेको पनि उल्लेख गर्नुभयो। भेटवार्तामा सभापति लामिछाने र विदेश सचिव मिस्रीबीच नेपाल र भारतबीचको बहुआयामिक सम्बन्धका विषयमा कुराकानी भएको थियो। उहाँहरूले दुई मुलुकबीचको गहिरो सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा पनि छलफल गर्नुभयो।

खोटेहाङ गाउँपालिका उपाध्यक्ष राईले ११ करोड ठेक्कामा मजदुरहको लाखौं पारिश्रमिक नदिएको गुनासो

काठमाडौ : ओखलढुङ्गाको मोलुङ गाउँपालिकामा निर्माणाधीन प्रशासनिक भवनमा काम गरेबापतको पारिश्रमिक नपाएको भन्दै खोटाङको खोटेहाङ गाउँपालिका–८ निवासी दिनेश थापाले निष्पक्ष छानबिन र न्यायको माग गरेका छन् । बिहिबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी खोटेहाङ गाउँपालिका उपाध्यक्ष रुपेश राईले ११ करोडको ठेक्कामा मजदुरहरुको पारिश्रमिक ठगि गरेको पीडित थापाले आरोप लगाएका हुन् । थापाका अनुसार […]

६ सय नगद रकम सहित २१ जना मानिसहरू नियन्त्रणमा

काठमाडौं, : बुढानिलकण्ठ नगरपालिका- ४ पासिकोट स्थित दुईतले टिनको टहरा भाडामा लिई बस्ने जिल्ला नुवाकोट बेलकोटगढी नगरपालिका- ४ घर भएको वर्ष ४१ कि प्रतिभा तिमल्सिनाको कोठा भित्र जुवा तास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा पुगी चेकजाँच गर्दा जुवा तास (कौडा) खेलिरहेको अवस्थामा कौडा ३३ थान, तास […]

अवैध रूपमा पटका जन्य विस्फोटक पदार्थ सहित १ जना मानिस नियन्त्रणमा

काठमाडौं : महानगरपालिका- ६ तिनचुली चोक स्थित एक घरमा देश भारत घर भइ काठमाडौं महानगरपालिका- ६ तिनचुली बस्ने वर्ष २९ को रमन कुमार पटेलले अवैध रुपमा पटका संचय गरी राखेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा पुगी चेकजाँच गर्दा निम्न परिमाणमा अवैध रुपमा पटका जन्य विस्फोटक पदार्थ र तिहारमा भाइ […]

पत्रकार नेताहरुले भनेः सरकारको शाहीकालिन अभ्यासले पतनको बाटो रोजेको हो ?

काठमाडौं । पत्रकारमाथि धरपकड र संचारगृहमा प्रहरीको प्रवेश वर्तमान सरकारको गैरसंविधानिक कदम भएको भन्दै पत्रकार नेताहरुले आक्रोश व्यक्त गरेका छन् । शनिबार काठमाडौंको संवाद डबलीमा भएको अन्तरक्रियामा उनिहरुले प्रेसमाथिको प्रहारले सरकारले शाहीकालिन झल्को दिएको र उसले पतनको बाटो रोजेकोसमेत बताए । नेपाल प्रेस युनियनका महासचिव दिलिप पौडेलले वर्तमान सरकारको प्रेस स्वतन्त्रतामाथि सिधासिधा हस्तक्षेपले लोकतन्त्रको घाँटी […]

रानाग टुल्कु रिन्चेन रिन्पोछे (डोल्पोबुद्ध)को रसुवा बाढी पीडितलाई राहत

काठमाडौं  रानाग टुल्कु रिन्चेन रिन्पोछे (डोल्पोबुद्ध)को नेतृत्वको टोलीले रसुवा बाढी पीडितलाई राहत वितरण गरको छ । रिन्पोछेसहितको टोली हालै बाढी प्रभावित क्षेत्र रसुवामा पुगि अत्यावश्यक खाद्यन्न तथा शैक्षिक सामग्रि वितरण गरेको समाजसेवी इन्द्र रोकायाले बताएका छन् । समाजसेवी तथा बौद्ध धर्मगुरु रानाग टुल्कु रिन्पोछे (डोल्पोबुद्ध) रसुवा बाढी पीडितको दुःखमा मलम लगाउन पुगेको स्थानीयले बताएका छन् ।   गत भदौ १० गते भोटेकोसी नदिमा आएको रसुवा बाढीले ठुलो जनधनको क्षती भएको थियो । सो विपद्मा हजारौंले ज्यान गुमाउनुका साथै, हजारौं पीडितलाई अहिलेसम्म पनि सरकारले उचित व्यवस्थापन गर्ननसक्दा घरबार विहिन नै भएका छन् । सो क्षेत्रमा बालबालिकाको शैक्षिक अवस्था अन्यौलतामा गुज्रिएको छ ।  डोल्पोबुद्धले बाढी गएको पहिलो हप्तामा नै ५ लाख भन्दा बढीको राहत पहिलो चरणमा वितरण गरिसकेका थिए । त्यसैगरी दोश्रो चरणमा पनि सरकारले उद्दार गरेर काठमाडौं ल्याएका नागरिकलाई लत्ताकपडा वितरण गरेका थिए । बुधबार तेस्रो चरणको राहत कार्यक्रम रसुवा जिल्लाको कालिका गाउँपालिका –१ वडाको सेतिभूमि मा.वि मा ६ सय घरपरिवारलाई खाद्यान्न र ३ सय ३५ बढी विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । त्यसैगरी कालिका गाउँपालिका–२ स्थित ग्रिन गार्डेन बोडिङ स्कूलका ३२ जना बालबालिकालाइ झोला, कापी र कलमलागायतका शैक्षिक सामग्री वितरण गरिएको गुरु डोल्पोबुद्धले जनाए । साथै रिन्पोछेले नेपालको सुख, शान्ति र समृद्धिको कामना गर्दै प्रार्थना गर्नुहुने सम्पूर्ण महानुभावहरूप्रति प्रेम, करुणा र सहयोगका हातहरू फैलाउँदै विपद् प्रभावित समुदायमा आशा जगाउन एकजुट हुन आह्वान गरे । यो अभियानमा स्नो ल्याण्ड रानाक स्कुल, नेपाल बोनबुद्धिष्ट महासंघ र कालिका गाउँपालिका–१, लगायतले आर्थिक तथा भौतिक सहयोग रहेको बताइएको छ । कालिका गाउँपालिका–१ का अध्यक्ष दावा लामाले सहयोगका लागि गुरु डोल्पोबुद्धलाई धन्यवाद दिदैं संघ र प्रदेश सरकारबाट नगद लगायत अन्य राहत अपेक्षित नपाएकोले सबै सहयोगी दाता, संघ–संस्था र सहयोगि मनहरुलाई अझै सहयोगको अपेक्षा रहेको बताए ।

मलेखुमा अस्थायी पन्टुन पुल बनेपछि संघीय सांसदहरूको भूमिकामाथि प्रश्न, धादिङका जनताको आक्रोश

धादिङ:लामो समयदेखि आवागमनमा समस्या भोग्दै आएका धादिङका जनताले पटक–पटक सास्ती खेप्नुपर्दा पनि संघीय सरकारको पर्याप्त ध्यान नपुगेको भन्दै स्थानीयस्तरमा असन्तुष्टि बढेको छ। धादिङका नागरिकले लामो समयसम्म भोग्नुपरेको यातायात तथा आवागमनको समस्याका बीच स्थानीय सरकारको आफ्नै पहलमा मलेखुमा अस्थायी पन्टुन पुल निर्माण भएपछि संघीय सांसदहरूको भूमिकामाथि गम्भीर प्रश्न उठेको छ। गोर्खा र नुवाकोटमा पुल निर्माणका कामले प्राथमिकता पाउँदा धादिङका जनताले भने किन लामो समयसम्म यति ठूलो सास्ती भोग्नुपर्‍यो? धादिङबाट निर्वाचित संघीय सांसदहरूले जनताको समस्यालाई संघीय सरकारसमक्ष प्रभावकारी रूपमा किन उठाउन सकेनन्? अहिले धादिङवासीले यस्ता प्रश्न गरिरहेका छन्। जनताको दैनिक जीवन, आवागमन र सहजतालाई प्रत्यक्ष असर पार्ने विषयमा समेत समयमै पहल हुन नसक्नु दुःखद पक्ष हो। चुनावका बेला जनतामाझ पुग्ने जनप्रतिनिधिहरू संकटका बेला जनताको समस्या समाधान गर्न कति जिम्मेवार बने भन्ने प्रश्न अहिले स्वाभाविक रूपमा उठेको छ। राजनीतिक दल र पार्टीभन्दा माथि उठेर जनताको दुःख, समस्या र संकटलाई बुझ्दै आफ्नै पहलमा राहत तथा आवागमनको विकल्प खोज्ने स्थानीय तहका प्रमुखहरूको प्रयास भने प्रशंसनीय छ। जनतालाई भाषण होइन, संकटका बेला काम चाहिन्छ। आश्वासन होइन, परिणाम चाहिन्छ। मलेखुमा अस्थायी पन्टुन पुल निर्माणका लागि पहल गर्ने स्थानीय तहका प्रमुख तथा सम्बन्धित सबैप्रति हार्दिक सम्मान र धन्यवाद। धादिङका जनतालाई सधैँ आश्वासन र भ्रममा राखेर हुँदैन। जनताको धैर्यको पनि सीमा हुन्छ। अब सम्बन्धित संघीय निकाय र जनप्रतिनिधिहरूले जवाफदेहिता देखाउँदै दीर्घकालीन समाधानका लागि तत्काल पहल गर्न आवश्यक भएको कुरा वेग बहादुर लगुन ले बताए का छन

Back To Top