Flash Story

Author: lifekhabar

तीन मन्त्रीले गरे क्षतिग्रस्त सङ्घीय संसद् भवनको अनुगमन

काठमाडौँ। जेनजी प्रदर्शनका क्रममा आगजनीबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको मन्त्रीहरूले अनुगमन गरेका छन् । गत भदौ २३ र २४ गते काठमाडौँ लगायत देशभर जेनजी प्रदर्शनका क्रममा आगजनीबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको बुधबार अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, भौतिक तथा शहरी विकासमन्त्री कुलमान घिसिङ र गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले नयाँ बानेश्वरस्थित संसद् भवनको अनुगमन गरेका हुन्। […]

लुम्बिनी विकास कोष र लुम्बिनी केबलकारबीच सम्झौता

काठमाडौँ। लुम्बिनी विकास कोष र लुम्बिनी केबलकार लि. बीच पर्यटन प्रवद्र्धनका लागि सम्झौता भएको छ ।सम्झौता पत्रमा लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य र लुम्बिनी केबलकारका अपरेसन म्यानेजसर डिएन कायस्थले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार लुम्बिनी भ्रमणमा आउने स्वदेशी तथा विदेशी अति विशिष्ट पाहुना (भीभीआईपी) लाई लुम्बिनी केबलकार यात्रा मार्फत बसन्तपुर हिल स्टेशन […]

कोटेश्वरको भाटभटेनीमा पनि भेटियो शव

काठमाडौं – कोटेश्वरको भाटभटेनी सुपरमार्केटमा पनि डढेको अवस्थामा एउटा शव भेटिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराले बुधबार एक शव डढेको अवस्थामा भेटिएको बताए । शरीर पूरै जलेको अवस्थामा शव भेटिएकाले त्यसको पहिचान हुन सकेको छैन । योसँगै जेनजी प्रदर्शनको क्रममा मृत्यु हुनेहरूको संख्या ७४ पुगेको छ । यसअघि ७३ […]

निलकण्ठ–१२ मा बाढीले भत्काएको सडक स्थानीयले गरे आफैं मर्मत

धादिङ : निलकण्ठ नगरपालिका–१२ स्थित डुडे दोभान क्षेत्रमा आएको बाढीले क्षति पुर्‍याएको सडक लामो समयसम्म मर्मत नहुँदा स्थानीय बासिन्दाले आफैं रकम संकलन गरी मर्मत गरेका छन्। साउन ३२ गतेको बाढीले सडक भत्काएपछि १२ र १३ नम्बर वडाका बासिन्दाले बारम्बार नगरपालिका कार्यालयलाई ध्यानाकर्षण गराए पनि कुनै सुनुवाइ भएन। आवागमनमा कठिनाइ बढेपछि स्थानीयले आफ्नै पहलमा बाइकसम्म चल्न […]

मुलुकभरिबाट ३ हजार ७२३ कैदीबन्दी पक्राउ

काठमाडौँ। यही भदौ २३ र २४ गते जेनजी प्रदर्शनपछि सिर्जित परिस्थितिका कारण देशभरका विभिन्न कारागारबाट भागेकामध्ये तीन हजार ७२३ कैदीबन्दी पक्राउ परेका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले आज मध्याह्नसम्ममा तीन हजार ७२३ कैदीबन्दी पक्राउ गरी कारागामा ल्याइएको जनाउँदै अझै १० हजार ३२० कैदीबन्दी फरार रहेकाले आवश्यक सर्तकता अपनाउन […]

चितवन कारागारमा २३५ कैदीबन्दी फर्किए

काठमाडौँ। कारागार कार्यालय चितवनबाट फरार कैदीबन्दीमध्ये २३५ जना कारागारको सम्पर्कमा आएका छन्। गत बिहीबार सबै कैदीबन्दीको परिवार तथा आफन्तलाई सम्पर्क गरिएको थियो । सम्पर्क गरिएका कैदीबन्दी कारागार फर्कन थालेका हुन् । कार्यालयका प्रमुख रविन्द्रप्रसाद ढुङ्गानाका अनुसार अहिलेसम्म २३५ जना कैदीबन्दी कारागार फर्किएका छन्। उनले भने, ‘बुधबार बिहान ७४० जना कैदी कारागरबाट फरार भएका थिए।’ कारागारमा […]

फिल्म हल भोलिबाट खुल्ने

काठमाडौँ। जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिका कारण बन्द भएका फिल्म हल भोलि (सोमबार) बाट खुल्ने भएका छन् । नेपाल चलचित्र सङ्घको आइतबार बसेको बैठकले सो निर्णय गरेको हो । फिल्म हल सोमबार खोल्ने निर्णय गरेको चलचित्र सङ्घका अध्यक्ष नरेन्द्र महर्जनले जानकारी दिए । ‘भोलिबाट सबै फिल्म हल नियमित खोल्ने निर्णय भएको छ’, महर्जनले भने‘हल बन्द […]

जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ७२ पुग्यो

काठमाडौँ। जेनजी आन्दोलनको क्रममा मृत्यु हुनेको संख्या ७२ पुगेको छ । प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण कार्यक्रममा मुख्य सचिव एकनारायण अर्यालले सो जानकारी दिएका हुन् । आन्दोलनमा प्रदर्शनकारी ५९ जना, कैदीबन्दी १० जना र सुरक्षाकर्मी ३ जना गरी ७२ जनाको ज्यान गएको मुख्य सचिव अर्यालले बताए । उनका अनुसार १३४ जना प्रदर्शनकारी र ५७ जना […]

योजनावद्ध षडयन्त्रको आशंका छ : प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले सबै कुराहरु सिध्याएर देशलाई शून्यतामा पुर्‍याइएको टिप्पणी गरेकी छन् । आज पदभार ग्रहणपछि बोल्दै कार्कीले यो घटना योजननावद्ध षडयन्त्र हो कि भन्ने आफूलाई आशंका रहेको बताइन् । उनले भनिन्, ‘२७ घन्टाको आन्दोलनबाट जनधनको व्यापक क्षति भएको छ । सबै सरकारी विवरणहरू जलेर नष्ट भएका छन् । नेपाली नै भएर यो काम […]

जनेजी आन्दोलनमा मृत्यु भएकालाई शहीद घोषणा, मृतकका परिवारलाई १० लाख राहत

काठमाडौँ। सरकारले जनेजी आन्दोलनका क्रममा मृत्यु भएकाहरूलाई शहीद घोषणा गरेको छ । साथै घाइतेको निःशुल्क उपचार र मृत्यु भएकाहरूको परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको मुख्यसचिव एकनारायण अर्यालले जानकारी दिए । उनका अनुसार नयाँ सरकारलाई सरकारी सेवा प्रवाह चुनौतीका रूपमा रहेको छ । ‘धेरैजसो सरकारी कार्यालयहरू अधिकांश ड्यामेज भएको अवस्था छ’, मुख्यसचिव […]

Back To Top