काठमाडौँ। नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले सिंहदरबारमा पुगेर पदभार ग्रहण गरेकी छन्। केहीबेरअघि सिंहदरबारमा पुगेर उनले पदभार ग्रहण गरेकी हुन्। त्यसअघि कार्कीले लौनचौरमा पुगेर सहिदको प्रतिमामा माल्यार्पण गरेकी थिइन्। जेनजी आन्दोलनको बलमा गएको शुक्रबार साँझ नयाँ प्रधानमन्त्रीमा शपथग्रहण गरेकी कार्कीले आजै सानो आकारको मन्त्रिपरिषद् बनाउने तयारी छ। आन्दोलनको क्रममा भदौ २४ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय […]
जेनजी आन्दोलनमा मारिनेको संख्या ५५ पुग्यो
काठमाडौँ। जेनजी आन्दोलनमा मारिनेको संख्या ५५ पुगेको छ। यही भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा घाइते भएका थप चार जनाको पनि मुत्यु भएको नेपाल प्रहरीका प्रवक्ता विनोद घिमिरेले जानकारी दिएका छन्। आन्दोलनमा जेनजी युवा, प्रहरी, कैदी र सर्वसाधारण गरेर कुल ५५ जनाको मृत्यु भएको हो। जेनजीतर्फ २१ जना, कैदी नौजना, नेपाल प्रहरीका सहायक […]
राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
काठमाडौँ। नेपाल राष्ट्र बैंकले रु एक अर्ब २० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकको उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्नु परेकाले इच्छुक बैंक तथा वित्तीय संस्थालाई सहभागिताका लागि आग्रह गरेको छ । केन्द्रीय बैंकले यही भदौ ३० गतेभित्र निवेदन दिन आग्रह गरेको छ । […]
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ। नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको मूल्य ७०० रुपैयाँ घट्दै तोलामा १ लाख १५ हजार १०० रुपैयाँ कायम भएको हो । शुक्रबार भने छापावाल सुनको मूल्य तोलामा १ लाख १५ हजार ७०० रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य भने बढेको छ […]
आजदेखि सुकिला नोट वितरण हुने
काठमाडौँ। नेपाल राष्ट्र बैंकले दशैंको लागि आज आइतबारदेखि सुकिला नोट वितरण गर्ने भएको छ । हरेक वर्ष दसैँका लागि नयाँ नोट साट्दै आएको नेपाल राष्ट्र बैङ्कले गत वर्षदेखि सुकिला नोट मात्र दिने भएको हो । आजदेखि सर्वसाधारणले नेपाल राष्ट्र बैंकको कार्यलय र वाणिज्य बैंकका तोकिएका शाखा कार्यलयबाट सुकिला नोट साट्न सक्नेछन्।अघिल्लो वर्षदेखि सुकिला नोट बाँड्न […]
नयाँ प्रधानमन्त्रीको शपथ ९ बजे
अन्तरिम सरकारका नयाँ प्रधानमन्त्री सुशीला कार्कीले आजै शपथ लिने भएकी छिन् । राष्ट्रपतिले आज राति राष्ट्रपति भवन शीतल निवासमा राति ९ बजे नयाँ प्रधानमन्त्री सुशीला कार्कीलाई शपथ गराउने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरलेलले बताए । उनले भने, ‘पहिला राष्ट्रपतिज्यूले अन्तरिम सरकारको नयाँ प्रधानमन्त्रीज्यलाई नियुक्त गर्नुहुन्छ।अनि नयाँ प्रधानमन्त्री ज्यूले मन्त्रिपरिषदको काम अगाडि बढाउनु हुन्छ।’
आपराधिक गतिविधि भएमा टोल फ्रि नं १११४ मा जानकारी गराउन सशस्त्र प्रहरीको अनुरोध
काठमाडौँ। सशस्त्र प्रहरी बल, नेपालले आपराधिक गतिविधि भएको पाइएमा आफ्नो टोल फ्रि नं १११४ वा अन्य सुरक्षा निकायमा तुरुन्त जानकारी गराई सहयोग गर्न अनुरोध गरेको छ । प्रधान कार्यालयले शुक्रबार विज्ञप्ति जारी गर्दै हालको विषम परिस्थिति सामान्यीकरण हुँदै जाने क्रममा केही व्यक्ति वा समूहले विभिन्न आपराधिक गतिविधि गर्नसक्ने भन्दै त्यस्तो भएमा वा भएको देखेमा खरब […]
जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो
काठमाडौँ। जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुगेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले मृतकको संख्या ५१ पुगेको बताए । जसमा काठमाडौं उपत्यकामा मृतक भएकादेखि अन्य जिल्लाहरुको पनि जोडिएको छ । तीन प्रहरी, एक भारतीय महिलासहित ५१ जनाको मृत्यु भएको प्रहरीले बताएको छ। पहिलो दिनको प्रदर्शनको क्रममा मृत्यु हुनेको संख्या २१ […]
हामी सच्चिनेछौं, झन् बलियो भएर उठ्नेछौं : गगन थापा
काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भदौ २३ को घटना अकल्पनीय भएको भन्दै पार्टीका तर्फबाट माफी मागेका छन् । साथै उनले नेपाली कांग्रेसको अनुहारमा दाग लागेकाले ऐना पुछेर नहुने भन्दै कांग्रेसका अनुहार दाग पुछ्नु पर्ने बताएका हुन् । पार्टीको पुनर्गठन पनि अनिवार्य रहेको बताएका छन् । मत प्राप्त गर्ने र विश्वास प्राप्त गर्ने फरक–फरक रहेकाले […]
शितल निवासको वार्ता समय २ बजेलाई सारियो
काठमाडौँ। अन्तरिम सरकार गठनबारे छलफल गर्न बिहान ९ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा बोलाइएको वार्ता सरेको छ । राष्ट्रपति कार्यालयले आन्तरिक तयारीका लागि भन्दै बिहान ९ बजेलाई बोलाइएको वार्ता दिउँसो दुई बजेलाई सारेको हो । अन्तरिम सरकार गठनका लागि बिहीबारदेखि राष्ट्रपति पौडेलले राजनीतिक दल, संविधानविद्, कानुनविद् र जेनजी प्रतिनिधिहरूसँग वार्ता गरिरहेका छन् । अन्तरिम सरकारको […]

