सर्लाहीका भागनारायण महतो र उनकी पत्नी उमाकुमारी महतो यतिबेला न्यायको खोजीमा काठमाडौंको माइतीघर मण्डलामा धर्ना बसिरहेका छन्। वैदेशिक रोजगारीका क्रममा बहराइनमा कडा मेहनत गरेर कमाएको रकम र आफ्नो जग्गासमेत गुमाएको दाबी गर्दै उनीहरू राज्यसँग न्याय मागिरहेका हुन्। अनलाइनखबरमा प्रकाशित समाचारका अनुसार भागनारायण महतो विदेशमा गाडी पुछ्ने काम गरेर कमाएको रकम घर पठाउँदै आएका थिए। सोही […]
काठमाडौंमा पहिलोपटक ‘गौविज्ञान कथा’ कार्यक्रम आयोजना हुँदै
काठमाडौं — नेपालमा पहिलोपटक ‘गौविज्ञान कथा’ शीर्षकको विशेष कार्यक्रम आयोजना हुने भएको छ। गौसंरक्षण अभियान नेपालद्वारा आयोजित उक्त कार्यक्रममा गाईसँग सम्बन्धित आध्यात्मिक, परम्परागत तथा स्वास्थ्यसम्बन्धी विषयमा विस्तृत जानकारी प्रदान गरिने जनाइएको छ।कार्यक्रम पशुपतिनाथ मन्दिर (दक्षिण ढोका) नजिक रहेको सुमार्ग स्मृति भवनमा आयोजना हुने छ। साथै महोत्तरीको गोशाला बजारस्थित गोशाला उद्योग वाणिज्य संघको सभाहलमा पनि समानान्तर […]
सहकारी पीडितको बचत फिर्ता गराउन मन्त्रालयको सक्रियता, महान्यायाधिवक्ता र सीआईबी प्रमुखसँग मन्त्रीको छलफल
काठमाडौँ – सहकारीका बचतकर्ताको निक्षेप फिर्ता गर्ने तयारी गरिरहेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले विभिन्न पक्षसँग चरणबद्ध छलफल गरेको छ । समस्याग्रस्त सहकारी संस्थाबाट रकम असुली गरी पीडित बचतकर्ताको निक्षेप फिर्ता गर्ने विषयमा केन्द्रित रहेर बुधवार बिहान चार्टर्ड एकाउन्टेन्टहरुसँग छलफल गर्नुभएको थियो । लगत्तै महान्यायाधिवक्ता डा.नारायणदत्त कँडेल र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख एआईजी […]
तत्काल इन्धनको मूल्य नघटाए आयल निगम घेराउ गर्ने जेनजीको चतावनी
काठमाडौं – राष्ट्रि जेनजी नगरिक अभियानले नेपाल आयाल निगम र सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको छ । शनिवार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गरी पेट्रोलियम पदार्थमा भएको चरम मूल्य वृद्धिलाई नघटाए आयल निगमलाई घेर्ने चेतावनी दिएको छ । राष्ट्रि जेनजी नगरिक अभियानका संयोजक सुनिल सिंहले पेट्रोलियम पदार्थको मूल्य २४ घण्टाभित्र समायोन नगरे आयल निगभ घेराउ […]
अमर्खु माध्यमिक विद्यालयमा नयाँ व्यवस्थापन समिति गठन
धादिङ — धादिङ जिल्लाको थाक्रे गाउँपालिका वडा नम्बर ३ मा रहेको श्री अमर्खु माध्यमिक विद्यालयमा आयोजित अभिभावक भेला तथा विविध कार्यक्रमका अवसरमा विद्यालय व्यवस्थापन समिति पुनर्गठन गरिएको छ।नवगठित विद्यालय व्यवस्थापन समितिमा डम्बर तामाङ अध्यक्षमा चयन भएका छन् भने सदस्यहरूमा दिनेश बस्नेत, सुष्मा पुरी, सुनमाया तामाङ, प्रकाश अर्याल र नानी तामाङ रहेका छन्।विद्यालयका प्रधानाध्यापक भगवती तमौली […]
लिटल स्टेप सेकेन्डरी स्कूलमा नव वर्ष २०८३ को अवसरमा शुभकामना आदान–प्रदान तथा स्वास्थ्य परीक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न
पोखरा — नव वर्ष २०८३ को अवसर पारेर लिटल स्टेप सेकेन्डरी स्कूलद्वारा आयोजना गरिएको शुभकामना आदान–प्रदान तथा स्वास्थ्य परीक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। विद्यालयको ग्राण्ड हलमा आयोजित उक्त कार्यक्रममा ३०० भन्दा बढी विद्यार्थी, शिक्षक, अभिभावक तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।कार्यक्रम संस्थापक अध्यक्ष शेर बहादुर गुरुङको अध्यक्षतामा तथा संस्थापक प्रिन्सिपल पाम्फा गुरुङको विशेष […]
सभामुख अर्यालको शपथ ग्रहण आजै
काठमाडौं – सभामुख डोल प्रसाद (डीपी) अर्यालको शपथ ग्रहण आजै हुने भएको छ । उनले आज दिउँसो साढे २ बजे शपथ ग्रहण गर्नेछन् । शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख अर्याललाई पद तथा गोपनीयताको शपथग्रहण गराउने कार्यक्रम छ । त्यसपछि उनी आजै कार्यकक्ष पुगेर पदभार ग्रहण गर्नेछन् । गत शुक्रबार सभामुख पदमा मनोनयन दर्ता गर्ने […]
श्रम संस्कृति पार्टी र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काठमाडौं । ६ वटा राष्ट्रिय पार्टीमध्ये दुई वटा पार्टीले प्रमुख सचेतकको सुविधा नपाउने भएका छन् । जसमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र श्रम संस्कृति पार्टी रहेको छ । संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ अनुसार १० जना सदस्य रहेको दलले प्रमुख सचेतकको सुविधा पाउँछन् । यसको परिभाषा खण्डमा भनिएको छ, ‘दलको […]
रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड
काठमाडौं । ग्लोबल रिसाइक्लिङ डे २०२६ विविध कार्यक्रमका साथ सफलतापूर्वक सम्पन्न भएको छ। बुधवार ललितपुरमा दिगो फोहर व्यवस्थापन, पुनःप्रयोग तथा सर्कुलर अर्थतन्त्रको प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजित कार्यक्रम “डोन्ट थिङ्क वेस्ट—थिङ्क अपर्चुनिटी” भन्ने अन्तर्राष्ट्रिय नारामा केन्द्रित थियो।क्रिएसन नेपालद्वारा ग्रीनशिफ्ट परियोजनाअन्तर्गत आयोजना गरिएको उक्त कार्यक्रमले फोहरलाई समस्याका रूपमा मात्र नभई अवसरका रूपमा हेर्नुपर्ने सन्देश प्रवाह गरेको आयोजकले […]
सफाईकर्मीको सम्मानमा हाम्रो साइकल यात्रा र्याली सम्पन्न
काठमाडौं – फोहोरमैला संकलनकर्मी तथा कवाडी संकलन गर्ने संकलनकर्ताको सम्मानमा क्रिएसन नेपालले हाम्रो साइकल यात्रा र्याली कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ । क्रिएसन नेपालका अध्यक्ष अरुणा कार्कीले झण्डा फहराउँदै साइकला र्यालीको उद्घाटन गर्दै उनले भने, यो केवल साइकल यात्रा होइन, हामीले वातवारण तथा पर्यावरण संरक्षण र पृथ्वीको सुरक्षाका लागि निस्वार्थ भावले योगदान पुरयाई रहेका […]

