Flash Story

Author: lifekhabar

सामूहिक बलात्कारको आरोपमा धनुषाका एक वकिल पक्राउ

काठमाडौं । सामूहिक बलात्कारको घटनामा संलग्न भएको आरोपमा धनुषाका एक वकिल पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाका अधिवक्ता प्रमोद कुमार राय छन् । उनलाई शुक्रबार काठमाडौंको तीनकुने क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । उनलाई शनिबार धनुषा ल्याइएको छ । आज धनुषा जिल्ला अदालतमा पेस गरेर म्याद थप गरिने तयारी रहेको […]

विराटनगरमा राधाकृष्ण रथयात्रा निकालिदै

काठमाडौं । विराटनगरमा कृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने राधाकृष्ण रथयात्रा आज निकालिदैछ । रथयात्रा दिउँसो ३ बजेबाट सुरु हुने र रथले बजार क्षेत्रको ९ किलोमिटर यात्रा तय गर्नेछ । ५८ औं संस्करणको रथयात्रा विराटनगर–१ को राधाकृष्ण मन्दिरबाट सुरु भइ तीनपैनी, मेनरोड, ट्राफिक चोक, महेन्द्र चोक, रोड शेष चोक हुँदै बरगाछी भएर पुनः मन्दिरमा पुगेर समापन हुनेछ […]

सप्तरीमा करेन्ट लागेर श्रीमान श्रीमतीको मृत्यु

काठमाडौं । सप्तरीमा करेन्ट लागेर श्रीमान श्रीमतीको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनरुप नगरपालिका–५ पिपराका ५० वर्षीय बद्रि सरदार र उनकी ४५ वर्षीया पत्नी विमला देवी सरदार रहेका छन् । शनिबार ८ बजे आफ्नै खेतमा काम सकेर घर फर्कने क्रममा जंगली जानवरबाट धानबाली जोगाउन स्थानीय महेन्द्र सरदारले लगाएको बारमा करेन्ट लागेर दुवैजनाको घटनास्थलमै मृत्यु […]

लामिछानेलाई रुपन्देहिबाट आज दिउँसो काठमाडौं ल्याइँदै

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेलाई रुपन्देही कारागारबाट सरुवा गरेर आज दिउँसो काठमाडौं ल्याइँदै छ । उनले गत जेठमै नख्खु कारागारमा सरुवाका लागि निवेदन दिएका थिए । जसमा अदालतले समेत अनुमति दिए पनि गृह प्रशासनले रोकेको थियो । बुटवलको सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि लामिछाने गत चैत २५ देखि रुपन्देही कारगारमा थिए । राष्ट्रिय […]

आज श्रीकृष्ण जन्माष्टमी, कृष्ण मन्दिरमा श्रद्धालुहरूको भीड

काठमाडौँ । आज श्रीकृष्ण जन्माष्टमी देशभर भगवान श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदैछ । । ललितपुरको पाटनको कृष्ण मन्दिरमा बिहानैदेखि पूजा गर्नेहरूको लामो लाइन लागेको छ । हिन्दु धर्मावलम्बीले भक्तियोग, ज्ञानयोग र कर्मयोगका प्रणेता भगवान् श्रीकृष्णको पूजा–अर्चना गरी श्रद्धा भक्तिपूर्वक श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने प्रचलन छ । आजको दिन देशभरिका कृष्णमन्दिरमा भगवान श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नुका […]

चक्रे मिलन एक लाख १० हजार धरौटीमा छुटे

काठमाडौं । चक्रे मिलन भनिने मिलन गुरुङ एक लाख १० हजार रुपैयाँ धरौटीमा छुटेका छन् । गुरुङविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दायर भएको थियो । शुक्रबार भक्तपुर जिल्ला अदालतका न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । उनीमाथि ०८१ भदौमा मनिष रायमाझीलाई कुटपिट गरी घाइते अवस्थामा छाडेर भागेको अभियोग लागेको थियो […]

मनोहरा बस्ती हटाउँदा स्थिति तनावग्रस्त

काठमाडौं। काठमाडौंको मनोहरा जग्गा एकीकृत आयोजना क्षेत्रमा सुकुम्वासी बस्ती हटाउने क्रममा ढुंगामुढा हुँदा तनाव सिर्जना भएको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र काठमाडौँ महानगरपालिकाले बस्तीका संरचनामा डोजर चलाउँदा बस्तीका बासिन्दाले ढुंगामुढा गरेका छन्, जसबाट केही नगर प्रहरी घाइते भएका छन् । सरकारी जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउन खोज्दा झडपको स्थिति उत्पन्न […]

मनोहरा किनारको सुकुम्बासी बस्तीमा चल्यो महानगरको डोजर

काठमाडौं । मनोहरा नदी किनार काठमाडौंमा रहेको सुकुम्वासी बस्तीमा महानगरपालिकाले डोजर चलाएको छ । शुक्रबार काठमाडौं महानगरीय प्रहरीको टोलीले सुकुम्वासी बस्तीमा डोजर चलाएको हो । महानगरपालिकाले त्यहाँ निर्माण गरिएको नयाँ भौतिक संरचना हटाएको छ ।

समावेशी लोकतन्त्र बनाउन कांग्रेस दृढ छ- देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको नेतृत्वमा प्राप्त गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक र समावेशीताको प्रभावकारी कार्यान्वयनमा आफूहरू दृढ रहेको बताएका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा सभापति देउवाले संविधान संशोधन गरेर अझै समावेशी लोकतन्त्र बनाउन कांग्रेस दृढ रहेको बताए । “नेपाली कांग्रेसको नेतृत्वमा प्राप्त भएका ऐतिहासिक उपलब्धिहरू गणतन्त्र, संघीयता, […]

भदौ १४ गते ‘ राष्ट्रिय लाखे नाच प्रदर्शनी साँस्कृतिक तथा सम्मान कार्यक्रम २०८२ ’ हुने

निराज रानाभाट, काठमाडौं । नेपाल सांस्कृतिक कला मन्दिर, मच्छेगाउँको आयोजना र चन्द्रागिरि नगरपालिकाको विशेष सहयोगमा ‘ आफ्नो ठाउँको मौलिक कला र संस्कृति साटासाट गरौं ’ भन्ने मूल नाराका साथ ‘ राष्ट्रिय लाखे नाच प्रदर्शनी साँस्कृतिक तथा सम्मान कार्यक्रम – २०८२ ’ हुने भएको हो । राजधानी काठमाडौंको चन्द्रागिरि नगरपालिका -९, मच्छेगाउँस्थित भलिबल ग्राउण्डमा भदौ १४ […]

Back To Top