काठमाडौँ। सागर डिष्टिलरीको आईपीओमा आवेदन दिने आइतबार अन्तिम दिन रहेको छ । भदौ ३० गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आइतबार अन्तिम दिन रहेको हो । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले कुल ११ लाख ९० हजार ६४० कित्ता […]
७ दिनका लागि आज बैंकिङ प्रणालीबाट ७० अर्ब खिच्दै राष्ट्र बैंक
काठमाडौँ। बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ७० अर्ब रुपैयाँ झिक्न लागेको छ । बैंक तथा वित्तीय संस्थामा तरलता धेरै भएपछि केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत ७ दिनका लागि उक्त रकम झिक्न लागेको हो । यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ […]
सानिमा बैंकको लाभांश घोषणा
काठमाडौँ। सानिमा बैंकले आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्ताव घोषणा गरेको छ। बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। जसअनुसार बैंकले हाल कायम चुक्तापुँजी १३ अर्ब ५८ करोड १५ लाख २५ हजार ४१४.३३ रुपैयाँको कुल ७.३६८५ प्रतिशतले हुन आउने १ अर्ब ७ लाख […]
चालू आवको बजेट पुनरावलोकन गर्ने बागमती सरकारको निर्णय
काठमाडौँ। बागमती प्रदेश सरकारले चालू आर्थिक वर्ष २०८२/८३ को लागि विनियोजित बजेट पुनरावलोकन गर्ने भएको छ । बजेट पुनरावलोकनको लागि आज शुक्रबार हेटौँडामा बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले अध्ययनका लागि स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ । वर्तमान स्थितिको विषम परिस्थितिमा बजेटको पनि अभाव हुने देखिएको, प्रदेश भरको प्रशासनिक पुर्नसंरचनाको लागि थप आर्थिक भार पर्ने भएको […]
लुम्बिनी विकास कोष र लुम्बिनी केबलकारबीच सम्झौता
काठमाडौँ। लुम्बिनी विकास कोष र लुम्बिनी केबलकार लि. बीच पर्यटन प्रवद्र्धनका लागि सम्झौता भएको छ ।सम्झौता पत्रमा लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य र लुम्बिनी केबलकारका अपरेसन म्यानेजसर डिएन कायस्थले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार लुम्बिनी भ्रमणमा आउने स्वदेशी तथा विदेशी अति विशिष्ट पाहुना (भीभीआईपी) लाई लुम्बिनी केबलकार यात्रा मार्फत बसन्तपुर हिल स्टेशन […]
जनेजी आन्दोलनमा मृत्यु भएकालाई शहीद घोषणा, मृतकका परिवारलाई १० लाख राहत
काठमाडौँ। सरकारले जनेजी आन्दोलनका क्रममा मृत्यु भएकाहरूलाई शहीद घोषणा गरेको छ । साथै घाइतेको निःशुल्क उपचार र मृत्यु भएकाहरूको परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको मुख्यसचिव एकनारायण अर्यालले जानकारी दिए । उनका अनुसार नयाँ सरकारलाई सरकारी सेवा प्रवाह चुनौतीका रूपमा रहेको छ । ‘धेरैजसो सरकारी कार्यालयहरू अधिकांश ड्यामेज भएको अवस्था छ’, मुख्यसचिव […]
राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
काठमाडौँ। नेपाल राष्ट्र बैंकले रु एक अर्ब २० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकको उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्नु परेकाले इच्छुक बैंक तथा वित्तीय संस्थालाई सहभागिताका लागि आग्रह गरेको छ । केन्द्रीय बैंकले यही भदौ ३० गतेभित्र निवेदन दिन आग्रह गरेको छ । […]
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ। नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको मूल्य ७०० रुपैयाँ घट्दै तोलामा १ लाख १५ हजार १०० रुपैयाँ कायम भएको हो । शुक्रबार भने छापावाल सुनको मूल्य तोलामा १ लाख १५ हजार ७०० रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य भने बढेको छ […]
आजदेखि सुकिला नोट वितरण हुने
काठमाडौँ। नेपाल राष्ट्र बैंकले दशैंको लागि आज आइतबारदेखि सुकिला नोट वितरण गर्ने भएको छ । हरेक वर्ष दसैँका लागि नयाँ नोट साट्दै आएको नेपाल राष्ट्र बैङ्कले गत वर्षदेखि सुकिला नोट मात्र दिने भएको हो । आजदेखि सर्वसाधारणले नेपाल राष्ट्र बैंकको कार्यलय र वाणिज्य बैंकका तोकिएका शाखा कार्यलयबाट सुकिला नोट साट्न सक्नेछन्।अघिल्लो वर्षदेखि सुकिला नोट बाँड्न […]
सुनको मूल्यमा नयाँ रेकर्ड, आज कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ। नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सार्वजनिक गरेको मूल्यसूची अनुसार छापावाल सुन तोलामा २ लाख १५ हजार ८०० रुपैयाँ पुगेको छ । सोही सुन प्रति १० ग्रामकै १ लाख ८५ हजार १५ रुपैयाँ पुगेको छ । यसअघि बिहीबार छापावाल सुन तोलामा २ लाख १४ हजार ७०० […]

