Flash Story
लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समितिद्वारा काठमाडौंमा सामूहिक विरोध
कर्णालीका मुख्यमन्त्री कँडेलले दिए राजीनामा
हामीलाई बाँच्न देऊ’ : गोर्खा जिल्ला समितिद्वारा पाँचबुँदे माग सार्वजनिक
‘एउटा सडक प्रयोग गर्दा पूरा शुल्क असुल्नु न्यायोचित होइन’ : वडा अध्यक्ष खतिवडा
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू (सूची)
व्यवसायी शंकर अग्रवाल पक्राउ
लघुवित्त तथा वित्तीय शोषण विरुद्ध संघर्ष समितिले साउन १२ देखि माइतीघरमा कडा आन्दोलन गर्ने
कीर्तिपुरमा आगलागी भएको कारबाट एक जनाको शव निकालियो
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

Category: समाज

जन्मदर्ता नभएका विद्यार्थीलाई एसइई फाराम भर्न दिनुपर्छ : सांसद मदनकुमारी साह

काठमाडौँ। जन्मदर्ता नभएका विद्यार्थीलाई पनि माध्यमिक शिक्षा परीक्षा ९एसइई० परीक्षा फाराम भर्न पाउने व्यवस्था गर्न सांसद मदनकुमारी साह ‘गरिमा’ले सरकारको ध्यानार्कषण गराएका छन् । राष्ट्रियसभा सदस्य साहले बुवाआमाको पहिचान नभएका करिब २५ हजार विद्यार्थीको जन्मदर्ताको प्रमाणपत्र नभएका कारण एसइईको फाराम भर्न नपाएको सभाअध्यक्षमार्फत सरकारको ध्यानर्कषण गराएकी हुन् । सभाको आजको बैठकमा शून्य समयमा बोल्दै सांसद […]

कृषिलाई आत्मनिर्भर बनाउने यस्तो छ सरकारको तयारी

काठमाडौँ । सरकारले कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउने र थप व्यवस्थित गर्ने लक्ष्यका साथ कृषकको पहिचान र वर्गीकरणका आधारमा किसान परिचयपत्रको व्यवस्था गर्ने भएको छ । आगामी तीन वर्षभित्र सबै किसानलाई परिचयपत्र दिइनेछ । त्यसका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालय र प्रदेशको कृषि क्षेत्र हेर्ने मन्त्रालय र स्थानीय तहले आवश्यक काम गर्नेछन् । खाद्य प्रणाली […]

बुढानीलकण्ठमा मोटरसाइकल र स्कुटर ठोक्किंदा दुई जनाको मृत्यु

काठमाडौं । बुढानीलकण्ठ नगरपालिका-७ स्पेसलचोकस्थित सडकमा मोटरसाइकल र स्कुटर ठोक्किंदा दुई जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । बागमती प्रदेश ०२-०४१ प ६८१९ को स्कुटर र प्रदेश ३-०२-००२ प ५७२ को मोटरसाइकल आइतबार राति पौने २ बजेतिर ठोक्किएका थिए । दुर्घटनामा सिरहाको जन्दह घर भएका करिब २९ वर्षीय भोला थापा र […]

मनोहरा बस्ती हटाउँदा स्थिति तनावग्रस्त

काठमाडौं। काठमाडौंको मनोहरा जग्गा एकीकृत आयोजना क्षेत्रमा सुकुम्वासी बस्ती हटाउने क्रममा ढुंगामुढा हुँदा तनाव सिर्जना भएको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र काठमाडौँ महानगरपालिकाले बस्तीका संरचनामा डोजर चलाउँदा बस्तीका बासिन्दाले ढुंगामुढा गरेका छन्, जसबाट केही नगर प्रहरी घाइते भएका छन् । सरकारी जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउन खोज्दा झडपको स्थिति उत्पन्न […]

मनोहरा किनारको सुकुम्बासी बस्तीमा चल्यो महानगरको डोजर

काठमाडौं । मनोहरा नदी किनार काठमाडौंमा रहेको सुकुम्वासी बस्तीमा महानगरपालिकाले डोजर चलाएको छ । शुक्रबार काठमाडौं महानगरीय प्रहरीको टोलीले सुकुम्वासी बस्तीमा डोजर चलाएको हो । महानगरपालिकाले त्यहाँ निर्माण गरिएको नयाँ भौतिक संरचना हटाएको छ ।

सरकारले कति तोक्यो नागढुङ्गा सुरुङमार्गको उपभोग दस्तुर…

काठमाडौं । सरकारले नागढुङ्गा सुरुङमार्गको उपभोग दस्तुर तोकेको छ । साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले कार र भ्यानहरूको काठमाडौँ आउँदा ६५ रुपैयाँ र जाँदा ६० रुपैयाँ दस्तुर तोकिएको छ । यस्तै भारी उपकरणको काठमाडौँ आउँदा ६०० र जाँदा २५० दस्तुर तोकिएको उनले बताए । सुरुङमार्गबाट मोटरसाइकल भने चलाउन पाइँदैन । यस्तै मिनी बसरट्रकको काठमाडौँ […]

रसुवागढी सडकखण्डमा वर्षासँगै आएको बाढीले पुन: क्षति

काठमाडौं । वर्षासँगै आएको बाढी र पहिरोले गल्छी, त्रिशूली, मैलुङ, स्याफ्रुबेसी, रसुवागढी सडकखण्डमा फेरि क्षति पुर्‍याएको छ । २४ असारमा आएको बाढीले क्षतविक्षत भएको यो सडकखण्ड यही साउन १४ गते फेरि आएको बाढीले थप क्षति पुर्‍याएको थियो । मर्मतको काम चलिरहेका बेला हिजो र आजको वर्षासँगैको बाढीपहिरोले पुन: सडक भत्काएको हो । रेडियो लाङटाङका अनुसार […]

पहिरोले जोमसोम–कोरला सडक अवरुद्ध

काठमाडौं । जोमसोम–कोरला सडकअन्तर्गत वारागुङ– मुक्तिक्षेत्र छुसाङ खण्ड लेदोसहितको पहिरो खसेपछि आज बिहानदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ । सडक विभागसँगको समन्वयमा पहिरो पन्छाउन प्रहरी टोली परिचालन गरीएको छ ।

Back To Top