काठमाडौँ। दसैं, तिहारलगायतका चाडपर्व नजिकिँदै जाँदा काठमाडौं उपत्यकाबाट घर फर्कने यात्रुको चाप तीव्र बढेको छ। पछिल्ला ५ दिनमा मात्रै १ लाख ८९ हजार २१८ यात्रु उपत्यका छाडेका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज १ गतेदेखि ५ गतेसम्म २९ हजार ३६० सार्वजनिक सवारीसाधन प्रयोग गरी यात्रुहरू बाहिरिएका हुन्। प्रहरी नायब उपरीक्षक लोकेन्द्रसिंह गुरुले अध्ययन, […]
गण्डकी : कारागारबाट भागेका ७३४ कैदीबन्दी फर्किए, अझै कति फरार ?
काठमाडौँ। गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा यहाँका विभिन्न कारागारबाट भागेका ११ सय ९५ कैदीबन्दीमध्ये आइतबारसम्ममा ७३४ कैदीबन्दी कारागार फर्किएका छन्। ४६१ कैदीबन्दी अझै फरार अवस्थामा रहेको गण्डकी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए। उनका अनुसार कारागार कार्यालय, कास्कीबाट भागेका ७७३ कैदीबन्दीमध्ये ३८१, तनहुँ कारागारबाट भागेका […]
सामाजिक सुरक्षा परिचयपत्र नवीकरणको समयावधि बढ्यो
काठमाडौँ। सरकारले सामाजिक सुरक्षा परिचयपत्र नवीकरणका लागि समयावधि बढाएको छ । यसअघि सामाजिक सुरक्षा परिचयपत्र भदौ मसान्तभित्र नवीकरण गरिसक्नुपर्ने व्यवस्था रहेकामा त्यसलाई संशोधन गरी समयावधि बढाएर असोज मसान्त कायम गरिएको हो । सामाजिक सुरक्षा ९तेस्रो संशोधन० नियमावली, २०८२ मार्फत् सरकारले यस्तो व्यवस्था ल्याएको हो । संशोधित नियमावली राजपत्रमा प्रकाशित भइसकेको छ । ‘सामाजिक सुरक्षा नियमावली, […]
दशैंमा सर्वोच्च अदालतमा बन्दीको रिट सुनुवाइ हुने
काठमाडौँ। सर्वोच्च अदालतमा दशैं बिदामा बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ गर्न बिहान ११ः०० बजेदेखि अपराह्न ३ः०० बजेसम्म अदालत खुला रहने भएको छ । दशैं अवधिमा घटस्थापना, विजयादशमी, कोजाग्रत पूर्णिमा र शनिबारको दिनबाहेक अन्य दिनहरूमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ हुने सर्वोच्च अदालत प्रशासनले जनाएको छ । अदालतको सूचनामा भनिएको छ, “न्याय प्रशासन ऐन, २०७३ को दफा २६ […]
घृणाजन्य अभिव्यक्ति बन्द गर्न नेताहरूलाई मानव अधिकार आयोगको ध्यानाकर्षण
काठमाडौँ। राष्ट्रिय मानव अधिकार आयोगले विभिन्न क्षेत्रका व्यक्तिहरूबाट घृणाजन्य अभिव्यक्ति आएको भन्दै ध्यानाकर्षण गराएको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै आयोगले केही व्यक्ति, समूह र दलका नेताहरूबाट विभिन्न कोणबाट घृणाजन्य अभिव्यक्ति आएको र यस प्रकारका कार्यबाट हिंसात्मक कार्यलाई थप बल पुग्न जाने अवस्थाप्रति ध्यानाकर्षण गराएको हो । ‘विकसित परिस्थितिप्रति आफ्नो धारणा राख्न पाउने एवम् […]
तारकेश्वरबाट माछापोखरी आउँदै गरेको बस दुर्घटना, २० जना घाइते
काठमाडौँ। काठमाडौँको तारकेश्वरबाट माछापोखरी आउँदै गरेको बस दुर्घटनामा परेको छ । बा ५ ख ५० नम्बरको बस आज बिहान दुर्घटना परेको हो। दुर्घटनामा २० जना भन्दा बढी घाइते भएका छन् । माछापोखरी बाइपासको उकालो चोकमा उक्त गाडी दुर्घटना परेको हो। स्थानीयका अनुसार बाइकलाई जोगाउन खोज्दा भन्दा उक्त गाडी मुख्य सडकमा पल्टिएको हो।
जेनजी प्रदर्शनमा कारागार तोडेर भागेका ८ हजार कैदीबन्दी अझै फरार
काठमाडौँ। जेनजी आन्दोलनको क्रममा २४ भदौमा कारागार तोडफोड गरेरका भागेका मध्ये अझै ८ हजार भन्दा बढी कैदीबन्दीहरू फरार रहेका छन् । कारागार व्यवस्थापन विभागको तथ्यांकअनुसार अझै पनि ८ हजार ३७५ कैदीबन्दीहरू फरार छन् । कारागारतर्फ ७ हजार ७५३ र सुधारगृह तर्फ ६२२ गरी ८ हजार ३५७ कैदीबन्दी अझै फरार रहेको विभागले बताएको छ । देशभरका […]
स्मार्ट लाइसेन्सको डेटा सुरक्षित : यातायात व्यवस्था विभाग
काठमाडौँ। जेन जेड आन्दोलनका क्रममा मीन भवनस्थित यातायात व्यवस्था विभागमा आगजनी हुँदा पनि स्मार्ट लाइसेन्सको डेटा भने सुरक्षित रहेको कर्मचारीहरूले बताएका छन् । ब्याकअपमा रहेको डेटा रिकभर गरेर सेवा सुरु गर्न सकिने अवस्थामा रहेको कर्मचारीहरूको भनाइ छ । २३ र २४ भदौमा जेन जेड आन्दोलन चर्किँदा संसद् भवनभन्दा पूर्वतर्फ रहेको यातायात व्यवस्था विभागको कार्यालयमा पनि […]
तीन मन्त्रीले गरे क्षतिग्रस्त सङ्घीय संसद् भवनको अनुगमन
काठमाडौँ। जेनजी प्रदर्शनका क्रममा आगजनीबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको मन्त्रीहरूले अनुगमन गरेका छन् । गत भदौ २३ र २४ गते काठमाडौँ लगायत देशभर जेनजी प्रदर्शनका क्रममा आगजनीबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको बुधबार अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, भौतिक तथा शहरी विकासमन्त्री कुलमान घिसिङ र गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले नयाँ बानेश्वरस्थित संसद् भवनको अनुगमन गरेका हुन्। […]
निलकण्ठ–१२ मा बाढीले भत्काएको सडक स्थानीयले गरे आफैं मर्मत
धादिङ : निलकण्ठ नगरपालिका–१२ स्थित डुडे दोभान क्षेत्रमा आएको बाढीले क्षति पुर्याएको सडक लामो समयसम्म मर्मत नहुँदा स्थानीय बासिन्दाले आफैं रकम संकलन गरी मर्मत गरेका छन्। साउन ३२ गतेको बाढीले सडक भत्काएपछि १२ र १३ नम्बर वडाका बासिन्दाले बारम्बार नगरपालिका कार्यालयलाई ध्यानाकर्षण गराए पनि कुनै सुनुवाइ भएन। आवागमनमा कठिनाइ बढेपछि स्थानीयले आफ्नै पहलमा बाइकसम्म चल्न […]

