ललितपुर । न्यायिक प्रक्रियामा विश्वास गर्ने लोकतान्त्रिक राज्य व्यवस्थामा चित्त नबुझेको पक्षले माथिल्लो अदालतको ढोका ढक्ढक्याउनु अस्वाभाविक होइन । यही संवैधानिक अधिकार प्रयोग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनसमेत जोडिएको मुद्दामा विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गर्यो । यसलाई लिएर नगरबासीबीच अनावश्यक भ्रम फैलिन नदिन नगरप्रमुख महर्जनले स्पष्ट र […]
दलित तथा सीमान्तकृत बालबालिकाको लागि शैक्षिक तथा टियुसन व्यवस्थापन सामग्रीहरु सहयोग
पर्सा – बोधिसत्वा बिहार बुढानिलकण्ठ, काठमाडौंको सहयोग तथा डाक्टर पियारतन महर्जनको सहजीकरण र पिसफोर दलितस फाउन्डेसन नेपाल, पर्साको सहकार्यमा पर्सा जिल्लाको एक हजार दलित तथा सीमान्तकृत बालबालिकाको लागि शैक्षिक तथा टियुसन व्यवस्थापन सामग्रीहरु सहयोग गरिएको छ। पर्सा जिल्लामा अहिले पनि दलित बालबालिकाहरु विद्यालय छोडने दर बढी रहेकोे छ, अभिभावकहरु प्रायः ज्यालादारी , मजदुरी गर्ने गर्दछ्न। […]
शहीद डा. कुल्दिप झाको ७५औँ सहादत दिवस भव्य रूपमा सम्पन्न
आदर्श यादव विराटनगर – नेपाल –भारत सीमा क्षेत्रमा पर्ने नो मेन्स लेन्ड जोग्बनीमा डा. कुल्दिप झाको ७५औँ सहादत दिवस समारोह भव्य रूपमा सम्पन्न भएको छ। शहीद डा. कुल्दिप झाको स्मरण तथा सम्मानस्वरूप आयोजना गरिएको उक्त कार्यक्रममा नेपाल र भारत दुवै देशका राजनीतिक, सामाजिक तथा बुद्धिजीवी व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि भारतको अररिया […]
Gen Z 2.0 को पहल: स्वदेशमै रोजगारी सिर्जनामा युवा जागरण
काठमाडौँ । Gen Z 2.0 को आयोजनामा पौष ५ गते उद्योग, वाणिज्य तथा आपूर्तिसँग सम्बन्धित सचेत कर्तव्यबोध र जिम्मेवार पहल विषयक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको मूल सन्देश “हामी हाम्रो देश आफैँ बनाउँछौं, हामी आफ्नै क्षमतामा रोजगारी सिर्जना गर्छौं” रहेको थियो। कार्यक्रममा बोल्दै Gen Z 2.0 का प्रवक्ता अबिन लिम्बूले युवाहरू निराशामा होइन, उत्पादन र […]
जेनजीपछि वित्तीय पीडितले मागे गर्भनर पौडेलको राजिनामा
काठमाडौं । जेनजीपछि लघुवित्त तथा मिटरब्याज पीडितले पनि राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलको राजिनामा मागेका छन् । शुक्रबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गरी पुष ७ गतेदेखि राजधानी केन्द्रीत आन्दोलनको घोषणासमेत गरेको छ । ‘लघुवित्त तथा वित्तिय शोषण विरुद्धको संघर्ष समित नेपाल’ र ‘मिटर ब्याजविरुद्ध किसान मजदुर आन्दोलन’ मिलेर बनेको ‘संयुक्त जनअधिकार आन्दोलन नेपाल’ले पुष […]
शिक्षाको गुणस्तर सुधारका लागि युवा पहल
बिरेन्द्रनगर- आजबाट बिरेन्द्रनगरमा Gen Z 2.0 Karnali को नेतृत्वमा शिक्षा गुणस्तर सुधार पहल औपचारिक रूपमा सुरु भएको छ। वडा नं. १ श्री दीपमाला आधारभुत बिद्यालय बाट सुरु गर्दै आज हामीले पहिलो अवलोकन तथा अनुगमन भ्रमण सम्पन्न गर्यौं। यो भ्रमण कुनै दोष खोज्न होइन, वास्तविक अवस्था बुझ्न, सही जानकारी र तथ्यांक संकलन गर्न तथा आगामी दिनमा […]
सरल नेपालको आयोजनामा पुष २८ गते ‘ अनलाइन सार्वजनिक वक्तृत्वकला ’ सम्पन्न गरिने
निराज रानाभाट, नवलपुर – ‘ युवा बोले राष्ट्र बोल्छ ’ भन्ने दृष्टिकोण तथा ‘ स्पष्ट, आत्मविश्वासी र जिम्मेवार युवा पुस्ता उत्पन्न गर्ने राष्ट्रिय अभियान ’ भन्ने उद्देश्यले लुम्बिनी प्रदेशमा पर्ने नवलपुर जिल्लाको देवचुली नगरपालिका -१७, पिप्रहरमा रहेको पिप्रहर सामुदायिक होमस्टेमा राष्ट्रिय स्तरको ‘ अनलाइन सार्वजनिक वक्तृत्वकला ’ को सम्पन्न पुष २८ गते, सोमबार गरिने भएको […]
कुनै पनि नागरिक आवासविहीन रहन्नन् : विजय कँडेल
काठमाडौं – उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य विजय कँडेलले बिपन्न तथा आवासविहीन नागरिकका लागि सुरु गरिएको आवास कार्यक्रमलाई आफूले व्यक्तिगत रूपमा नेतृत्व गर्दै अघि बढाइरहेको बताएका छन्। कँडेलका अनुसार यो अभियान आफ्नो प्रमुख प्राथमिकता हो।“हाम्रो क्षेत्रका कुनै पनि नागरिक आवासविहीन रहून् भन्ने हामी कहिल्यै चाहँदैनौँ। सबै आवास–विहीन नागरिकको तथ्यांक स्थानीय तह, वडा, समुदाय र स्वयंसेवी […]
गोदावरी वडा कार्यालयको आयोजनामा पर्यटन प्रवर्द्धनका लागि पदयात्रा सम्पन्न
ललितपुर । गोदावरी नगरपालिका वडा न ३ को आयोजनामा शनिबार बृहत गोदावरी पदयात्रा कार्यक्रम सम्पन्न भएको छ । गोदावरी क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने अभिप्रायले वडा नं. ३ को आयोजनामा “घुमौं गोदावरी, रमाओैं दिनभरि” भन्ने नाराका साथ गोदावरी पदयात्रा आयोजना गरिएको वडा अध्यक्ष सानुराज (राज) घिमिरेले जानकारी गराउनुभयो।“गोदावरी पदयात्रामा उपत्यका भित्रका विभिन्न पालिकाहरुका संघ संस्था, वडा […]
९ वर्षका एक बालकसहित नौ जना नेपाली र विदेशी पर्यटक अलपत्र
धादिङ । अत्यधिक हिमपातका कारण मनाङस्थित तिलिचो बेस क्याम्पमा ९ वर्षका एक बालकसहित नौ जना नेपाली र विदेशी पर्यटक अलपत्र परेका छन् । निरन्तर हिमपातका कारण बाटो बन्द हुँदा उनीहरू चारैतिर हिउँले घेऱिएको अवस्थामा फसेका हुन् । तिलिचो बेस क्याम्पमा रहेका रेशु अधिकारी र असोक बस्नेतका अनुसार, तीमध्ये १ जना ९ बर्षिय बालक सहित नौ […]

