काठमाडौं –‘Save the Nation Media’ले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी सनातन यात्राका लागि नयाँ पुस्तासहितको राष्ट्रिय सहमति र सर्वपक्षीय सर्वदलीय सरकार गठनको माग गरेको छ। नेपाल पत्रकार भवन, कमलादीमा आयोजित पत्रकार सम्मेलनमा संस्थाका प्रेस सल्लाहकार मेघराज कुवरले नेपाली जनताको एकता र सनातन मूल्य–मान्यतामा आधारित राष्ट्रिय सहमतिको आवश्यकता औंल्याए। कार्यक्रमको संयोजन यवराज आचार्यले गरेका थिए भने […]
कागतिहारसँगै तिहारको शुभारम्भ
काठमाडौं — शुभ समाचार र उज्यालो खुशीका साथ पाँच दिनसम्म मनाइने तिहार पर्व आज कागतिहारबाट सुरु भएको छ। नेपालीहरू बिहानै उठी घरको छत, आँगन र बार्दलीमा कागलाई मीठा परिकार अर्पण गरी यसको सुरुवात गर्छन्। कागतिहारको दिनलाई सन्देशवाहक पक्षी कागको पूजा गर्ने दिनका रूपमा मनाइन्छ। जनविश्वास अनुसार कागलाई यमराजको दूत मानिन्छ, त्यसैले यसदिन कागलाई आदरपूर्वक भोजन […]
जेन्जी शहीद परिवारद्वारा सरकारसँग ३ वटा मन्त्रालयको माग, पूरा नगरे संघर्षको चेतावनी
काठमाडौं – जेन्जी सहिद परिवारले सरकार समक्ष तीनवटा मन्त्रालयको माग गरेका छन् । बिहिबार राजधानीको संवाद डबलीमा सहिद परिवार संघर्ष समितिले पत्रकार सम्मेलनको आयोजना गरी सहिदको रगतबाट बनेको सरकारले आफूहरुलाई नै वेवास्ता गरेकाले खबरदारीका लागि भएपनि आफूहरुको उपस्थिति क्याविनेटमा जरुरी भएको बताएका हुन् । सहिद श्रीयाम चौलागाईका बुबा गणेश चौलागाईले प्रधानमन्त्री शुसिला कार्कीदेखि विभिन्न जेन्जे […]
ट्रायल सेन्टर छनौट प्रक्रियमा भ्रष्टाचर भयो, टेण्डर रद्द गरिनुपर्छः संघ
काठमाडौं – मिलेमतोमा चलखेल गरी गरिएको ट्रायल सेन्टर छनौट सम्बन्धी आह्वानको टेण्डर रद्द गर्न ड्राइभिङ्ग स्कूल संघले माग गरेका छ । बहिबार राजधानीको संवाद डबलीमा संघले पत्रकार संमेलनको आयोजना गरी श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेश अन्तरगत कभ्रेपलाञ्चोक यातायत व्यवस्था कार्यालयले नियम विपरित टेण्डर सूचन जारी गरेकोे आरोपसमेत लगाएको छ ।ड्राइभिङ स्कूल संघ नेपालका […]
कृषि–जैविक विविधता : चितवनका किसान जलवायु अनुकूल खेतीतर्फ मोडिँदै
चितवन – बिहानको हुस्सु मक्केको खेतमाथि हल्का सर्लक्क छ। किसान सिताराम पराजुली हातमा डोरि र धागो लिएर टमाटर बारिमा धागो बुन्न र टमाटरको पात काट्न व्यस्त छन्। केही वर्षअघि यो खेतमा केवल धान र तोरि मात्र हुन्थ्यो। तर अहिले धान र तोरिसँगै टमाटर,फर्सी, सिमि लगायतका तरकारी र फलफूलमा स्थानीय मेवा, लिचि र आँपका बोटहरू पनि […]
असोज २९ गतेदेखि ललितपुरमा ‘ १८ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी ’ हुने
निराज रानाभाट, ललितपुर – आउँदै गरेको शुभ दीपावली ( तिहार ) तथा छठ पर्वलाई लक्षित गरी फ्लोरिकल्चर एशोसिएशन नेपाल ( फ्यान ) को आयोजनामा गोदावरी पुष्प मेला तथा प्रदर्शनी गर्न लागिएको छ । गोदावरी फूलको व्यवसायीक विकास, विस्तार तथा प्रवर्द्धन गर्ने उदेश्यले ‘ रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि ’ भन्ने मूल नाराका साथ […]
लघुवित्त शोषणविरुद्ध संघर्ष समितिको चेतावनी, आय–व्यय विवरण सार्वजनिक
काठमाडौं – लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समितिले लघुवित्त संस्थामार्फत भइरहेको उच्च ब्याजदर र असुलीको नाममा सर्वसाधारणमाथि भइरहेको शोषण तत्काल अन्त्य गर्न सरकारसँग माग गरेको छ। समितिले २०८२ भदौ १४ गते जारी गरेको प्रेस विज्ञप्तिमा ऋणभारका कारण आत्महत्या गर्नुपर्ने अवस्था सिर्जना भएकोप्रति चिन्ता व्यक्त गर्दै तत्काल समाधान खोज्न सरकारलाई आग्रह गरेको छ। विज्ञप्तिमा राजनीतिक अस्थिरता, […]
नेपाल पत्रकार महासंघ ललितपुर शाखाको ‘ मार्गदर्शक पुस्तक ’ विमोचन हुँदै
निराज रानाभाट, ललितपुर – नेपाल पत्रकार महासंघ ललितपुर शाखाले इतिहास नेतृत्वको, कथा महासंघको समेटेर तयार पारेको ‘ मार्गदर्शक पुस्तक ’ विमोचन हुँदै छ । पत्रकारिता क्षेत्रमा संलग्न महासंघ ललितपुर शाखाका पूर्व अध्यक्ष, कार्य समिति, केन्द्रीय पार्सद समेटिएको यस पुस्तकमा संस्थाको गतिविधि र यात्रालाई उजागर गर्ने उद्देश्यले प्रकाशन गर्न लागिएको हो । यसमा ललितपुर शाखाको स्थापना […]
चितवनको ज्योतिनगरमा भदौ १० गते ‘ तीज विशेष साँस्कृतिक कार्यक्रम – २०८२ एवं खुल्ला तीज नृत्य प्रतियोगिता ’ हुने
निराज रानाभाट, चितवन – सरिता इभेन्ट्सले नारीहरुको महान चाड हरितालिका तीजको दिनमा ‘ शिक्षा, सिप र श्रमलाई सम्मान, नारी उद्यमशीलता हाम्रो अभियान ’ भन्ने मूल नाराका साथ ‘ तीज विशेष साँस्कृतिक कार्यक्रम – २०८२ एवं खुल्ला तीज नृत्य प्रतियोगिता ’ गर्ने भएको छ । चितवनको भरतपुर महानगरपालिका – २६, ज्योतिनगर हाटबजार परिषरमा भदौ १० गते, […]
भदौ १४ गते ‘ राष्ट्रिय लाखे नाच प्रदर्शनी साँस्कृतिक तथा सम्मान कार्यक्रम २०८२ ’ हुने
निराज रानाभाट, काठमाडौं । नेपाल सांस्कृतिक कला मन्दिर, मच्छेगाउँको आयोजना र चन्द्रागिरि नगरपालिकाको विशेष सहयोगमा ‘ आफ्नो ठाउँको मौलिक कला र संस्कृति साटासाट गरौं ’ भन्ने मूल नाराका साथ ‘ राष्ट्रिय लाखे नाच प्रदर्शनी साँस्कृतिक तथा सम्मान कार्यक्रम – २०८२ ’ हुने भएको हो । राजधानी काठमाडौंको चन्द्रागिरि नगरपालिका -९, मच्छेगाउँस्थित भलिबल ग्राउण्डमा भदौ १४ […]

