Flash Story
बडीमालिका क्षेत्रमा पुग्यो टेलिफोन र इन्टरनेट सेवा, सञ्चारमन्त्री डा. तिमिल्सिनाद्वारा भर्चुअल उद्घाटन
सुदूरपश्चिम जाँदै मन्त्री प्रतिभा रावल, सहकारीदेखि भूमिहीनका समस्या सुन्नेसम्मको कार्यक्रम
नेपालमा पहिलो पटक निजी अस्पतालमा बालिकाको सफल कलेजो प्रत्यारोपण
पशुपति क्षेत्रमा ‘सफागरौँ’ अभियान सम्पन्नचार सोमबारदेखि निरन्तर सञ्चालन भएको अभियानमा ५ सयभन्दा बढी स्वयंसेवक परिचालन
हराएको तीन दिनपछि मृत भेटिए कपिलवस्तुका पूर्वमेयर सिंह
नेपाल फार्मेसी परिषद्को अध्यक्षमा कादिर आलम नियुक्त
लघुवित्त पीडित र सरकारबीचभएको सहमति बारे भ्रम नफैलाउन समितिको अपिल
बाजुरामा वर्षेनि खाद्यान्न अभावको अन्त्य गर्ने
यूके र क्रोसिया पठाइदिने भन्दै १५ लाख ५० हजार ठगी, दुई जना पक्राउ

Category: समाचार

सामाजिक सद्भाव कायम राख्न रवि लामिछानेले गरे धार्मिक अगुवासँग छलफल

काठमाडौं – सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले धार्मिक अगुवासँग छलफल थालेका छन् । सभापति लामिछानेले शुक्रबार पार्टी संसदीय दल कार्यालयमा मौलाना नरुल हुसेन र मौलाना मोहम्मद खालिदसँग छलफल गरिहेका हुन् । त्यस्तै सभापति लामिछानेले विश्व हिन्दू महासंघका महासचिव रामचन्द्र तिवारी र सचिवालय सदस्य राजुराज फुयालसँग एकसाथ छलफल गरिरहेका छन् […]

सरकार–लघुवित्त पीडित वार्ता निष्कर्षविहीन, आज पुनः छलफल हुने

काठमाडौ – सरकार र आन्दोलनरत् लघुवित्त पीडितबीच बिहीबार भएको पहिलो चरणको वार्ता निष्कर्षमा पुग्न सकेन। सरकारद्वारा वार्ता टोली गठन भएपछि सुरु भएको छलफल सकारात्मक र समाधानउन्मुख रहेको जनाउँदै आज (शुक्रबार) पुनः वार्ता बस्ने सहमति भएको बताइएको छ। यता, लघुवित्त पीडितहरूले सर्वोच्च अदालतको परमादेश कार्यान्वयन नभएको भन्दै मंगलबारदेखि काठमाडौंको माइतीघर मण्डलामा सामूहिक आमरण अनशन जारी राखेका […]

साउन १५ आज: खिर खाएर मनाइँदै परम्परागत पर्व

काठमाडौं – आज साउन १५ गते देशभर खिर खाएर परम्परागत रूपमा मनाइँदै छ। नेपाली समाजमा असार १५ गते दही–च्युरा खाने र साउन १५ गते खिर खाने चलन रहिआएको छ।वर्षायाममा पर्ने साउने झरीका बेला तातो खिर सेवन गर्दा स्वास्थ्यका लागि लाभदायक हुने जनविश्वास छ। दूध, चामल, चिनी तथा मरमसलालगायतका सामग्री मिसाएर बनाइने खिरले शरीरलाई ऊर्जा दिनुका […]

लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समितिद्वारा काठमाडौंमा सामूहिक विरोध

काठमाडौं- लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समितिको आयोजनामा लघुवित्त पीडितहरूले काठमाडौंमा सामूहिक विरोध तथा धर्ना कार्यक्रम गरेका छन्।संघर्ष समितिले लघुवित्त तथा वित्तीय शोषणका कारण हजारौं सर्वसाधारण आर्थिक, सामाजिक तथा मानसिक रूपमा पीडित बनेको भन्दै सरकारसँग तत्काल न्यायको माग गरेको छ। प्रदर्शनका क्रममा पीडितहरूले सम्मानित सर्वोच्च अदालतको परमादेश पूर्ण रूपमा कार्यान्वयन गर्न, विशेष वित्तीय ऐन […]

कर्णालीका मुख्यमन्त्री कँडेलले दिए राजीनामा

सुर्खेत – कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले राजीनामा दिएका छन् । शनिबार बसेको प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै उनले राजीनामा घोषणा गरेका हुन् । गत असार ३२ गते काँग्रेस र नेकपाका १६ सांसदले मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव प्रदेश सभामा दर्ता गराएका थिए । शनिबार दिउँसो तीन बजे मुख्यमन्त्रीले प्रदेशसभामा अविश्वास प्रस्तावमाथि छलफल गर्ने प्रयोजनका लागि बैठक आह्वान […]

हामीलाई बाँच्न देऊ’ : गोर्खा जिल्ला समितिद्वारा पाँचबुँदे माग सार्वजनिक

गोर्खा — गोर्खा जिल्ला समितिले ‘हामीलाई बाँच्न देऊ (Let Us Live)’ भन्ने नारासहित सरकारसमक्ष पाँचबुँदे माग सार्वजनिक गरेको छ।गोर्खा जिल्ला संयोजक मिठू परियारका अनुसार सार्वजनिक गरिएको मागपत्रमा हुँदै तिर्ने नागरिकलाई वैकल्पिक व्यवस्था तथा रोजगारीको सुनिश्चितता गर्न, सुशीला कार्की नेतृत्वमा सरकारसँग भएको १२ बुँदे सम्झौता कार्यान्वयन गर्न, कोरोना महामारीका बेला वित्तीय संस्थाले लिएको चक्रवृद्धि ब्याज तथा […]

‘एउटा सडक प्रयोग गर्दा पूरा शुल्क असुल्नु न्यायोचित होइन’ : वडा अध्यक्ष खतिवडा

धादिङ। थाक्रे गाउँपालिका–७ का वडा अध्यक्ष युवराज खतिवडाले साविक तसर्पु र भुमेस्थान गाविस क्षेत्रमा कच्ची सडक उपभोग गरेबापत उठाइँदै आएको शुल्क कानुनी, पारदर्शी र न्यायोचित हुनुपर्ने बताएका छन्। उनले सार्वजनिक धारणा व्यक्त गर्दै तसर्पु–आग्राखोला ग्रामीण सडक मात्र प्रयोग गर्ने, महादेवबेसी झुलुङ्गे पुल–भुमेस्थान ग्रामीण सडक मात्र प्रयोग गर्ने तथा दुवै सडक प्रयोग गर्ने सवारीका लागि छुट्टाछुट्टै […]

यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू (सूची)

काठमाडौं – मन्त्रिपरिषद्  शिक्षा र स्वास्थ्यमा लिंदै आएको समता शुल्क खारेज गर्ने औपचारिक निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।  आर्थिक वर्ष २०८३/८४ को बजेटमा घोषणा गरिएको उक्त शुल्क साउन १ गतेदेखि कार्यान्वयनमा आएको थियो । सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले बुधबार दिउँसो बसेका मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू […]

व्यवसायी शंकर अग्रवाल पक्राउ

काठमाडौं – व्यवसायी शंकर अग्रवाल पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरी (सीआईबी)ले बुधबार डिल्लीबजारबाट उनलाई पक्राउ गरेको हो । शंकर ग्रुपका अध्यक्षसमेत रहेका उनी बैंक कसुरसम्बन्धी मुद्दामा फरार थिए ।  उनलाई अदालत बुझाउने तयारी भइरहेको सीआईबीका प्रमुख तथा एआईजी उमाप्रसाद चतुर्बेदीले जानकारी दिए ।

लघुवित्त तथा वित्तीय शोषण विरुद्ध संघर्ष समितिले साउन १२ देखि माइतीघरमा कडा आन्दोलन गर्ने

काठमाडौँ – लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समितिले साउन १२ देखि माइतीघरमा कडा आन्दोलन गर्नेकाठमाडौं। लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति, नेपालले आफ्ना मागहरू सम्बोधन नभएको भन्दै साउन १२ गतेदेखि काठमाडौंको माइतीघर मण्डलामा सामूहिक आमरण अनशन तथा विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ।समितिले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा सर्वोच्च अदालतको असहमति सहितको प्रतिवेदन […]

Back To Top