Flash Story

Category: समाचार

चितवनको ज्योतिनगरमा भदौ १० गते ‘ तीज विशेष साँस्कृतिक कार्यक्रम – २०८२ एवं खुल्ला तीज नृत्य प्रतियोगिता ’ हुने

निराज रानाभाट, चितवन – सरिता इभेन्ट्सले नारीहरुको महान चाड हरितालिका तीजको दिनमा ‘ शिक्षा, सिप र श्रमलाई सम्मान, नारी उद्यमशीलता हाम्रो अभियान ’ भन्ने मूल नाराका साथ ‘ तीज विशेष साँस्कृतिक कार्यक्रम – २०८२ एवं खुल्ला तीज नृत्य प्रतियोगिता ’ गर्ने भएको छ । चितवनको भरतपुर महानगरपालिका – २६, ज्योतिनगर हाटबजार परिषरमा भदौ १० गते, […]

जन्मदर्ता नभएका विद्यार्थीलाई एसइई फाराम भर्न दिनुपर्छ : सांसद मदनकुमारी साह

काठमाडौँ। जन्मदर्ता नभएका विद्यार्थीलाई पनि माध्यमिक शिक्षा परीक्षा ९एसइई० परीक्षा फाराम भर्न पाउने व्यवस्था गर्न सांसद मदनकुमारी साह ‘गरिमा’ले सरकारको ध्यानार्कषण गराएका छन् । राष्ट्रियसभा सदस्य साहले बुवाआमाको पहिचान नभएका करिब २५ हजार विद्यार्थीको जन्मदर्ताको प्रमाणपत्र नभएका कारण एसइईको फाराम भर्न नपाएको सभाअध्यक्षमार्फत सरकारको ध्यानर्कषण गराएकी हुन् । सभाको आजको बैठकमा शून्य समयमा बोल्दै सांसद […]

उपसभामुखविरुद्ध कुनै प्रस्ताव दर्ता गर्ने निर्णय छैन : महेश बर्तौला

काठमाडौं। नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले सत्ता गठबन्धनले उपसभामुख इन्दिरा राना मगरविरुद्ध कुनै प्रस्ताव दर्ता गर्ने तयारी नगरेको दाबी गरेका छन् । मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले उपसभामुखले पद अनुकूलको आचरण नगरेको भन्दै उनीविरुद्ध प्रस्ताव दर्ता गर्न खोजिएको भनेर आएका समाचार यथार्थ नभएको दाबी गरे । यद्यपि, उनले उपसभामुख रानाको भूमिकालाई लिएर संसदमा […]

कृषिलाई आत्मनिर्भर बनाउने यस्तो छ सरकारको तयारी

काठमाडौँ । सरकारले कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउने र थप व्यवस्थित गर्ने लक्ष्यका साथ कृषकको पहिचान र वर्गीकरणका आधारमा किसान परिचयपत्रको व्यवस्था गर्ने भएको छ । आगामी तीन वर्षभित्र सबै किसानलाई परिचयपत्र दिइनेछ । त्यसका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालय र प्रदेशको कृषि क्षेत्र हेर्ने मन्त्रालय र स्थानीय तहले आवश्यक काम गर्नेछन् । खाद्य प्रणाली […]

हाइकिङ ६१ औं श्रृङ्खलामा अस्तामको नौमती बाजापार्क र धिताल गाउँको प्रवद्र्धन

कास्की । हाइकर्स क्लब नेपालको आयोजनामा आयोजित हाईकिङ भाग ६१ को श्रृङखलामा कास्कीको धिताल गाउँ र अस्तामको नौमती बाजापार्कको प्रवद्र्धन गरिएको छ ।साउनको अन्तिम शनिबार कास्कीको पोखरा महानगरपालिका -९, दरबारथोकमा भेला भई हेमजाको सुइखेतसम्म बसमा, त्यसपछि पैदल हेम्जाकोट सामुदायिक होमस्टे हुदै धिताल होमस्टेमा पुग्दा संचालन विशाल पौडेलले पुष्पगुच्छाले स्वागत गरेका थिए ।हाइकिङ समूह धितालबाट, अस्तामको […]

राजनीतिक दल खोल्ने प्रसाईंको घोषणा

काठमाडौँ। मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजनीतिक दल खोल्ने घोषणा गरेका छन्। सोमबार पत्रकार सम्मेलन गर्दै प्रसाईंले राजनीतिक दल खोल्ने घोषणा गरेका हुन्। ‘म लगायत हाम्रो अभियान र अभियानका साथीहरूले राजनीतिक दल खोली दलमा संलग्न हुने अठोट गरेका छौं। त्यसकारण मैले राजनीतिक शक्ति निर्माणका दल गठन गर्ने निश्चय गरेको छु’ प्रसाईंले भने। दुई साताअघि मात्रै डिल्लीबजार […]

जलवायु परिवर्तनले ल्याएको सङ्कटलाई मिलेर पार लगाऔँ : राष्ट्रपति पौडेल

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले दुई अर्ब भन्दा बढी मानिसका लागि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जीवनयापनमा योगदान पुर्‍याएको नेपालको जैविक विविधता संकटमा रहेको बताएका छन् । सोमबार काठमाडौंमा हिन्दूकुश हिमालय संसदीय सम्मेलनलाई सम्बोधन गर्दै उनले अहिले नेपालसहित हिन्दुकूश हिमालय देशहरू संकटासन्न अवस्थामा रहेको भन्दै सबै मिलेर यसलाई पार लगाउनुपर्ने बताए । ‘हामी सबै संकटासन्न अवस्थामा छौँ […]

सुनको मूल्य ८०० रुपैयाँ बढ्यो

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा ८०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा १ लाख १ लाख ९५ हजार ५०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार बढेर तोलामा १ लाख ९६ हजार ३०० रुपैयाँ कायम भएको हो । यस्तै चाँदीको मूल्य पनि बढेको छ । आइतबार तोलामा […]

विपिन जोशीको शीघ्र रिहाइ हाम्रो जिम्मेवारी : प्रधानमन्त्री ओली

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले हमास समूहले बन्धक बनाएका नेपाली नागरिक विपिन जोशीको शीघ्र रिहाइका लागि सरकारले उच्च प्राथमिकताका साथ पहल गरिरहेको बताएका छन्। उनका अनुसार, इजरायलस्थित नेपाली दूतावासको समन्वयमा विपिनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशीले हालै इजरायलका राष्ट्रपति आइज्याक हेर्जोग र संसद् अध्यक्ष अमिर ओहानासँग भेट गरी विपिनको रिहाइका लागि आग्रह गरेका […]

चर्चित गीतकार प्रेमविनोद नन्दनको ९१ वर्षको उमेरमा निधन

काठमाडौं । चर्चित गीतकार एवं साहित्यकार प्रेमविनोद नन्दनको ९१ वर्षको उमेरमा निधन भएको छ । मोफसलमा बसेर साहित्य सिर्जना गर्दै आएका नन्दनको आइतबार राति चितवन मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको हो । लामो समयदेखि श्वासप्रश्वासलगायतका रोगबाट नन्दन पीडित थिए । केही समययता उनी थला परेर हिँड्डुल गर्नसमेत सक्दैनथे । नारायणी कला मन्दिरका पूर्वअध्यक्ष तथा […]

Back To Top