Flash Story
लुम्बिनी प्रदेशका लघुवित्त पीडितको सरकारलाई चेतावनी
लघुवित्त पीडितको चेतावनी : सर्वोच्चको फैसला कार्यान्वयन नभए आन्दोलन
राष्ट्रिय जेनजी–नागरिक अभियानले भन्योः बालेन सरकारमाथि हाम्रो निगरानी
लघुवित्तहरुले पीडितलाई थप संकटमा पार्न षड्यन्त्र गरेः अध्यक्ष ज्ञवाली
धादिङमा ५१ किलोभन्दा बढी अफिमसहित एक जना पक्राउ
रोशा श्रेष्ठ : सामाजिक सेवा, सुशासन र भ्रष्टाचारविरुद्ध निरन्तर सक्रियता
रास्वपा कीर्तिपुर–२ को प्रथम वडा अधिवेशन सम्पन्न, नयाँ समिति निर्विरोध चयन
किष्ट किड्नी ट्रान्सप्लान्ट सेन्टरद्वारा २०० सफल मिर्गौला प्रत्यारोपण
रोशा श्रेष्ठ : सामाजिक सेवा, स्वास्थ्य र उद्यमशीलतामा सक्रिय नेतृत्व

Category: राजनीति

सहिद परिवार र घाइतेलाई रोजगारीको व्यवस्था गरिने : उद्योगमन्त्री सिन्हा

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हाले सहिद परिवार र घाइतेलाई रोजगारीको व्यवस्था गरिने निर्णय गरेका छन् । उनले सोमबार मन्त्रालयमा पदभार ग्रहण गर्दै यस्तो निर्णय गरेका हुन् । साथै सरकारी निकामा फर्निचर लगायत निर्माण सामग्री स्वदेशी प्रयोग गर्ने निर्णय गरेका छन् । यसैगरी अत्यावश्यक बाहेक अरू विषयमा कार्यालय धाउनु नपर्ने गरी अनलाइन […]

विज्ञहरूसँग सुझाव लिएर अघि बढ्छु : शिक्षामन्त्री पुन

काठमाडौँ। नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विज्ञहरूसँग सुझाव लिएर अघि बढ्ने बताएका छन् । शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट मन्त्री पदको शपथ लिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै पुनले अपर्झट मन्त्री भएकाले अहिले नै धेरै नबोल्ने बताए । ‘म शिवजी अथवा भगवान भएदिएको भए त्रिनेत्र लगाएर यसो यसो गर्छु भन्ने थिएँ, अब अपर्झट यहाँ आएर […]

नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौँ। नवनियुक्त मन्त्रीहरूले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहका बिच चार जना नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन् । शपथ लिने मन्त्रीहरुमा महावीर पुन, अनिल सिन्हा, मदन परियार र जगदीश खरेल रहेका छन् । सिन्हाले कानुन, न्याय तथा संसदीय मामिला, उद्योग वाणिज्य तथा आपूर्ति र […]

नवनियुक्त पाँच मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिँदै

काठमाडौँ। नवनियुक्त पाँच मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई दिउँसो २ बजे पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठक र त्यसपछिको छलफलपछि प्रधानमन्त्री सुशीला कार्कीले महावीर पुन, अनिल सिन्हा, मदन परियार, संगिता मिश्र र जगदिश खरेललाई मन्त्रीमा नियुक्त गरेकी छन् । प्रधानमन्त्री कार्कीले […]

विद्युत् बक्यौता उठाउने ऊर्जा मन्त्रीको निर्णय कार्यान्वयन गर्छौँ : हितेन्द्रदेव शाक्य

काठमाडौँ। अर्बौँ बाँकी विद्युत् बक्यौता उठाउन नेपाल विद्युत् प्राधिकरणको बोर्ड बैठक डाक्ने तयारी गरेको छ । कुलमान घिसिङले ऊर्जा मन्त्रीको कार्यभार सम्हाल्दै गर्दा विद्युत् बक्यौता उठाउनेसम्बन्धी पहिलो निर्णय गरेका थिए । सोही निर्णयलाई कार्यान्वयनमा लैजानका लागि चाँडै बोर्ड बैठक डाक्ने तयारी भएको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए । उनका अनुसार सोमवाररमंगलवार नै बैठक बसेर […]

लामो समयदेखि जीर्ण अवस्थामा रहेका आयोजना राख्न हुँदैन : मन्त्री घिसिङ

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले ठेक्का सम्झौता भएका तर लामो समयदेखि काम नभई जीर्ण अवस्थामा रहेका आयोजना राख्न नहुने धारणा राखेका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घका प्रतिनिधिसँग आज भएको भेटवार्तामा उनले काम नगरेर वर्षौंसम्म आयोजना अलपत्र पार्ने निर्माण व्यवसायीसँगको ठेक्का तोडिने प्रष्ट पारे । उनले […]

राष्ट्रपतिबाट नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । उनले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएको उक्त विधेयक नेपालको संविधानबमोजिम आइतबार प्रमाणीकरण गरिएको । राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

लोकसेवा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

काठमाडौँ। लोकसेवा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरिएको छ । राष्ट्रपतिको कार्यालयमा आयोजित कार्यक्रममा नेपालको संविधानको धारा २९४ बमोजिम लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीले आयोगको आर्थिक वर्ष २०८१–०८२ को वार्षिक प्रतिवेदन पेस गरेका हुन् ।

सङ्घीय संसद् भवन आगामी पुसभित्रै सम्पन्न गर्नुपर्छ : कुलमान घिसिङ

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकासमन्त्री कुलमान घिसिङले सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन जसरी पनि आगामी पुसभित्रै सम्पन्न गर्नुपर्ने बताएका छन् । सहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देल, विशेष भवन निर्माण आयोजना तथा समन्वय कार्यालय, आयोजनाका परामर्शदाता र निर्माण व्यवसायीसँग आज भवन निर्माणबारे छलफल गर्दै उहाँले पुसमै निर्माणसम्पन्न गर्नेगरी काम […]

संविधान दिवसले नेपालीको आकांक्षा पूरा गर्न एकजुट हुने प्रेरणा मिलोस् : राष्ट्रपति पौडेल

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न सबैलाई एकजुट हुन प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् । उनले संविधानको मर्म र भावनालाई व्यवहारमा रुपान्तरण गर्न मन, वचन र कर्मले समर्पित भई आ–आफ्नो तर्फबाट इमान्दार र प्रभावकारी प्रयास जारी राख्न सबैमा आह्वान […]

Back To Top