Flash Story
लुम्बिनी प्रदेशका लघुवित्त पीडितको सरकारलाई चेतावनी
लघुवित्त पीडितको चेतावनी : सर्वोच्चको फैसला कार्यान्वयन नभए आन्दोलन
राष्ट्रिय जेनजी–नागरिक अभियानले भन्योः बालेन सरकारमाथि हाम्रो निगरानी
लघुवित्तहरुले पीडितलाई थप संकटमा पार्न षड्यन्त्र गरेः अध्यक्ष ज्ञवाली
धादिङमा ५१ किलोभन्दा बढी अफिमसहित एक जना पक्राउ
रोशा श्रेष्ठ : सामाजिक सेवा, सुशासन र भ्रष्टाचारविरुद्ध निरन्तर सक्रियता
रास्वपा कीर्तिपुर–२ को प्रथम वडा अधिवेशन सम्पन्न, नयाँ समिति निर्विरोध चयन
किष्ट किड्नी ट्रान्सप्लान्ट सेन्टरद्वारा २०० सफल मिर्गौला प्रत्यारोपण
रोशा श्रेष्ठ : सामाजिक सेवा, स्वास्थ्य र उद्यमशीलतामा सक्रिय नेतृत्व

Category: राजनीति

कृषिमन्त्री अधिकारीले दिए सरकारबाट राजीनामा

काठमाडौँ। कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै मन्त्री अधिकारीले सोमबारको आन्दोलनमा भएको दमन, हत्या र बल प्रयोगले तानाशाही व्यवस्थातर्फ उन्मुख भएको भन्दै उनले सो घटनाप्रति क्षमा याचना गर्दै राजीनामा दिएको बताएका हुन् । उनले लेखेका छन्, ʻलोकतन्त्रमा प्रश्न सोध्नु र शान्तिपूर्ण विरोध गर्नु नागरिकको […]

विपक्षी दलले माग्यो प्रधानमन्त्रीको राजीनामा

काठमाडौँ। प्रचण्डले डाकेको विपक्षी दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको छ । हिजोको घटनाको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने निष्कर्ष निकालेको माओवादीका उपमहासचिव वर्षमान पुनले जानकारी दिए । प्रधानमन्त्रीले मार्गप्रशस्त गर्दै युवाहरूको मागलाई सम्बोधन गरी समस्याको समाधान गर्नुपर्ने उनको भनाइ छ ।

स्थिति थप बिग्रन नदिन सरकारले कदम चालोस् : प्रचण्ड

कठमाडौँ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबार जेन–जी पुस्ताको प्रदर्शनका क्रममा भएको घटनाप्रति दुःख व्यक्त गरेका छन्। ‘आजको दुःखद घटनाले मलाई स्तब्ध र गम्भीर बनाएको छ। प्रहरीको गोली लागेर मृत्यु भएका युवाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। घाइतेहरूको शीघ्र स्वास्थलाभको कामना गर्छु,’ अध्यक्ष प्रचण्डले सामाजिक सञ्जाल फेसबुकमार्फत् भनेका छन्। अध्यक्ष प्रचण्डले जेनजीले […]

दबाब र प्रभावमा नपरी निष्पक्ष काम गर्छु : सभापति खतिवडा

काठमाडौँ। संसदीय सुनुवाइ समिति (संयुक्त)का सभापति रामहरि खतिवडाले आफूले कसैको दबाब र प्रभावमा नपरी निष्पक्ष ढंगले काम गर्ने बताएका छन् । सिंहदरबारमा पद तथा गोपनियताको शपथ लिएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति खतिवडाले आफू राज्य व्यवस्था समिति सभापति हुँदाखेरि पनि उल्लेख्य काम गरेको बताए । ‘म राज्य व्यवस्था समिति सभापति हुँदा पनि सम्झन लायक र उल्लेख्य […]

सामाजिक सञ्जाल बन्द गरेर मात्र समस्या समाधान हुँदैन : सांसद केसी

काठमाडौँ। नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सामाजिक सञ्जाल बन्द गर्नु समस्याको समाधान नभएको बताएका छन्। पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै केसीले सामाजिक सञ्जाल अहिले नेपाली जनताको ‘दुःखसुखको साथी’ बनेको बताएका हुन् । उनले यसलाई राजनीतिक विषयको रूपमा मात्र हेर्नु उचित नभएको भन्दै यसले विपद्को समयमा सूचना आदानप्रदान […]

एमालेलाई एकल बहुमत ल्याउन कसैले रोक्न सक्दैन : प्रधानमन्त्री

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी ओलीले ०८४ को चुनावमा एकल बहुमत ल्याउने बताएका छन् । पार्टीको दोस्रो विधान महाधिवेशनलाई सम्बोधन गर्दै कम्तीमा एकल बहुमत ल्याउने गरी लाग्न पार्टीपंक्तिलाई निर्देशन दिए । उनले भने, ‘हामी जनताको बीचमा सक्रियतापूर्वक गयौँ भने, हाम्रा सम्पूर्ण पार्टी र जनवर्गीय संगठनका कमिटी र कार्यकर्ताहरू परिचालन गरेर गयौँ भने बहुमत ल्याउनबाट कसैले […]

भारतमा पनि चीनसँग जस्तै अडान राख्छौं : अमृतबहादुर राई

काठमाडौँ। परराष्ट्र सचिव अमृतबहादुर राईले लिपुलेक–लिम्पियाधुराका सन्दर्भमा भारतसँग पनि चीनकोजस्तै अडान राख्ने बताएका छन्। चीनको पाँच दिने भ्रमणका सन्दर्भमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सचिव राईले नेपालले आफ्ना प्राथमिकता र अडान भारतसँग पनि राख्ने बताएका हुन्। चीन–भारतका बीचमा हालैमात्र नेपाली भूमि लिपुलेक भएर व्यापार सुरू गर्ने सहमति भएको थियो। त्यसबारे प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो […]

निजामती कर्मचारीको अवकाश उमेर ५८ वर्ष नै कायम गर्ने सहमति

काठमाडौँ। अन्ततः सरकार र सत्तापक्ष यस वर्षदेखि निजामती कर्मचारीको अवकाश उमेर ५९ वर्ष कायम गर्नुपर्ने अडानबाट पछि हटेका छन् । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको मङ्गलवार बिहान बसेको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले समितिमा यस अघि सहमति भइसकेको विधेयक पारित भएको वर्षमा ५८ वर्षमा अवकाश उमेर राख्नेमा सरकार तयार भएको जानकारी गराएकी […]

ललितपुर महानगरप्रमुख महर्जन ‘एक्सिलेन्स अर्वान गभर्नेन्स अवार्ड’बाट सम्मानित

काठमाडौँ। ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन ‘एक्सिलेन्स अर्वान गभर्नेन्स अवार्ड’बाट सम्मानित भएका छन् । सिजन मिडियाको १७औँ वार्षिकोत्सवका अवसरमा यहाँ आयोजित एसियाली मुलुकमा विभिन्न पेसामा उत्कृष्ट काम गरिरहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तित्वको सम्मान कार्यक्रममा आधुनिक विकास र सांस्कृतिक संरक्षणबीच सन्तुलन कायम गर्न नेतृत्व गरेकाले महर्जनलाई उक्त अवार्ड प्रदान गरिएको हो । ललितपुरलाई बस्न योग्य सम्पदामैत्री […]

मन्त्रिपरिषद् बैठकका २४ निर्णय सार्वजनिक

काठमाडौँ। मन्त्रिपरिषद्को भदौ १३ गते बसेको बैठकका २४ निर्णय सार्वजनिक भएका छन् । सोमबार पत्रकार सम्मेलन गरेर सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले निर्णय सार्वजनिक गरेका हुन् । जसअनुसार विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत जनकपुरका न्यायाधीश सुदर्शन भट्टलाई तोकिएको छ । यस्तै सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका […]

Back To Top