Flash Story
७ लाखको राहतदेखि सरसफाइ र खोजीमा राष्ट्रिय युवा संघ धादिङ
बाढीपीडितको उद्धारमा खटिएका स्काउट स्वयंसेवकलाई लायन्सको सहयोग
नुवाकोटमा समाजसेवी दयाराम कार्कीको राहत तथा उद्धार अभियान सातौँ दिनमा
बाढीको कहर र राहतमा लायन्स
सुमित्रा के.सी.को नेतृत्व यात्रा निरन्तर, रिजन चेयरपर्सनको जिम्मेवारीमा
पाँचौँ दिन पनि बाढीपीडितकै बीचमा दयाराम कार्की, राहत र उद्धारमा निरन्तर सक्रिय
थाक्रे गाउँपालिकाले बाढीपहिरो पीडितलाई ५० हजार राहतदेखि राहत कोषमा १० लाखसम्म सहयोग गर्ने
लायन्स क्लबद्वारा प्रधानमन्त्री उद्धार कोषमा १ करोड १ लाख ११ हजार १११ रुपैयाँ सहयोग
बडीमालिका क्षेत्रमा पुग्यो टेलिफोन र इन्टरनेट सेवा, सञ्चारमन्त्री डा. तिमिल्सिनाद्वारा भर्चुअल उद्घाटन

भारतको पूर्वी राज्य आसाममा बाढी आतंक

Spread the love

काठमाडौं : भारतको पूर्वी राज्य आसाममा बितेको केही दिनदेखि भइरहेको भारी वर्षाका कारण कैयौं क्षेत्रमा बाढी आएको छ । आसाम राज्य विपद् व्यवस्थापन प्राधिकरणले ३१ मे को साँझ प्रकाशित एक प्रतिवेदन अनुसार बाढीका कारण आसामका १२ जिल्लाका १७५ गाउँ डुबानमा परेका छन् ।

बीबीसी हिन्दीका अनुसार आसामको लखीमपुर जिल्लामा बाढीका कारण धेरै स्थानीयवासीहरूले आफ्ना घर छोडेर उचाइ भएका स्थानमा अस्थायी टेन्ट गाडी बसोबास गरिरहेका छन् ।

बाढीबाट सबैभन्दा बढी प्रभावित लखीमपुर जिल्ला भएको छ। जिल्ला प्रशासनले लखीमपुरमा दसभन्दा बढी राहत शिविरहरू सञ्चालन गरेको छ । भारी वर्षाका कारण आसामको राजधानी गुवाहाटीमा आएको बाढीले स्थानीय बासिन्दाहरूलाई पनि सास्ती दिएको छ ।

बाढीका कारण सडक र रेल यातायात सेवा गम्भीर रूपमा प्रभावित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top