सुर्खेत : देशभर फैलिएका लघुवित्त वित्तीय संस्थाहरूबाट पीडित नेपाली जनसमुदायमाथि सरकारले सुरक्षा बल परिचालन गरेको भन्दै लघुवित्त तथा वित्तीय शोषण विरुद्ध संघर्ष समितिले गम्भीर आपत्ति जनाएको छ। लघुवित्त बैंकर्स संघले गृह मन्त्रालयमा दिएको निवेदनपछि गृह मन्त्रालयले २०८२ साउन ९ गतेको पत्रमार्फत शान्ति सुरक्षा सुनिश्चित गर्न सशस्त्र प्रहरी र ७७ वटै जिल्ला प्रशासनलाई निर्देशन दिएको थियो। […]
कौडिको भाउमा हुने लिलामी रोक्न मन्त्रीसमक्ष पुगे मनिराम ज्ञवाली
काठमाडौं – देशभर लघुवित्त, सहकारी, बैंक तथा मिटरब्याजी महाजनहरूले सर्वसाधारणलाई चर्को ब्याजमा ऋण दिएर लाखौंको सम्पत्ति हजारमा र करोडौं मूल्यको जग्गा लाखमै लिलाम गरिरहेको अवस्थाप्रति तीव्र विरोध भइरहेको छ। यसै सन्दर्भमा आज लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति नेपालका अध्यक्ष मनिराम ज्ञवाली, संरक्षक अगस्त अधिकारी, ताहिर खान, सोनाम लामा र सरू दहालको टोलीले भूमि […]
काठमाडौँ चक्रपथमा भव्य बोलबम मोटरसाइकल र्याली सम्पन्न
अर्चना झाललितपुर (गोदावरी) – ओम बोलबम काँवरिया सङ्घको आयोजनामा शनिबार काठमाडौँ उपत्यकाको चक्रपथमा भव्य बोलबम मोटरसाइकल र्याली सम्पन्न छ। भक्तिभाव, अनुशासन र शिव महिमा प्रचार गर्ने उद्देश्यले आयोजित यस र्यालीको उद्घाटन डि.डि.आई. बैंक्वेट, बुद्धनगर काठमाडौँ–१० मा ओम बोल बम काँवरिया सङ्घका अध्यक्ष राम औतार पण्डित र प्रमुख अतिथि नेपाली कांग्रेसका पूर्व वन तथा वातावरण मन्त्री […]
पूर्वराष्ट्रपति भण्डारीले भोलि पत्रकार सम्मेलन गर्ने
काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भोलि (शुक्रबार) पत्रकार सम्मेलन आयोजना गर्ने भएकी छिन् । शुक्रबार दिउँसो ३ बजे कार्की बैंन्क्वेटमा पत्रकार सम्मेलन आयोजना गरिएको उनी निकट एक नेताले बताए । केन्द्रीय कमिटी बैठकले उनलाई सक्रिय राजनीतिमा आउनका लागि रोक लगाउने निर्णय गरेको थियो ।
लघुवित्त पीडितका लागि काठमाडौंमा घरबासको तयारी, संघर्ष जारी रहने रोमन थापाको घोषणा
काठमाडौं – देशभर लघुवित्त, सहकारी, बैंक तथा मिटरब्याज पीडितहरूका लागि संघीय राजधानी काठमाडौंमा स्थायी घरबासको पहल सुरु गरिएको छ। हालसम्म पाँच सयभन्दा बढी विस्थापित घरपरिवारलाई पुनःस्थापनाका लागि तयारी भइरहेको लुम्बिनी प्रदेश प्युठानका राष्ट्रिय स्वयंसेवक रोमन थापाले बताएका छन्। उनका अनुसार दशौँ वर्ष लागे पनि वित्तीय शोषणविरुद्धको संघर्ष आफ्नो परिवारसहित काठमाडौंमै निरन्तर गर्न सकियोस् भनेर जमिन […]
लघुवित्तको ऋण तिर्न नसक्दा घर उठिवास— संघर्ष समितिको दबाबमा लालपुर्जा फुकुवा
भैरहवा — लघुवित्तको ऋण तिर्न नसक्दा घरजग्गा उठिवासमा परेको र आर्थिक संकटका कारण दुई महिलामा मानसिक तनाब भएपछि पीडित परिवारको सहयोगका लागि लघुवित्त पीडित संघर्ष समिति सक्रिय भएको छ। रुपन्देहीको एक परिवारले स्वाभिमान लघुवित्त बाट रु १ लाख २० हजार रुपैयाँ ऋण लिएका थिए। तर समयमा तिर्न नसक्दा स्वाभिमान लघुवित्तले उनीहरूको घरजग्गा कब्जामा लिएर लालपुर्जा […]
काठमाडौँमा बिहानैदेखि वर्षा, कहाँ कहाँ छ ‘भारी वर्षा?’ हेर्नुहोस्
काठमाडौँ- हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास तथा पूर्वमा सरदरभन्दा केही दक्षिणतर्फ अवस्थित छ। जसको प्रभावले हाल मधेश र बागमती प्रदेश लगायत देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। बागमती प्रदेशका केही स्थानहरूमा, कोशी प्रदेशका थोरै स्थानहरूमा […]
थाक्रे-८ स्थित महाङ्कालेश्वरी माविमा खेलकुद र शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न
धादिङ : थाक्रे गाउँपालिका वडा नं ८ मा अवस्थित श्री महाङ्कालेश्वरी माध्यमिक विद्यालयमा खेलकुदका सामग्री, खेलाडीहरूका लागि ड्रेस, स्टेशनरीलगायत शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ। एसओडी नेपालका अध्यक्ष ज्ञान प्रसाद श्रेष्ठको विशेष पहलमा र ओम साईबाबा अस्पताल तथा ईजि बहुउद्देश्यीय कृषि तथा पशुपन्छी फार्मका सञ्चालक दयाराम कार्कीको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा […]
लघुवित्त पीडित संघर्षमा, सरकारसँग वार्ताको माग
काठमाडौं :देशभरका लघुवित्त ऋण पीडितहरूले सरकारसँग समस्या समाधानको माग गर्दै काठमाडौंमा आन्दोलन चर्काएका छन्। संघर्ष समितिका अनुसार, ऋणका नाममा लघुवित्तहरूले गरेको आर्थिक र सामाजिक शोषण अन्त्य गर्न पटक–पटक माग गर्दा पनि सरकारले चासो नदेखाएको भन्दै उनीहरूले आन्दोलनलाई थप कडा बनाउने चेतावनी दिएका छन्। गत चैत ९ देखि सुरु भएको आन्दोलनमा अहिले पनि दैनिक धर्ना र […]
श्री मिल्स विद्यालयका १३ पूर्वगुरु काठमाडौंमा सम्मानित
काठमाडौं : श्री मिल्स माध्यमिक विद्यालय, रानी, बिराटनगरका १३ जना पूर्व गुरुजनहरूलाई गुरु पूर्णिमाको उपलक्ष्यमा काठमाडौंमा एक भव्य समारोहबीच सम्मान गरिएको छ। बिराटनगर मिल्स एरिया समाज काठमाडौं (बिमिसका) को आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।बिमिसका अध्यक्ष रवि कुँवरको सभापतित्वमा काठमाडौंको होटल रोयल एयरपोर्ट मा सम्पन्न कार्यक्रममा विद्यालयमा योगदान पुर्याएका गुरुहरूलाई रुद्राक्षमाला र पुष्पगुच्छा अर्पण गरी […]

