काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा नेपाली कांग्रेसका सांसद श्याम घिमिरे र राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठबीच बहस भएको छ । रास्वपा सांसद श्रेष्ठले बैठकमा १६ असारको उपसमितिको प्रतिवेदन पास गर्न किन रोकियो, कसले रोक्यो भनेर प्रश्न गर्दा बीचमा कांग्रेस सांसद घिमिरेले मैले बोल्न पाउनु पर्छ भनेर प्रतिवाद गरेका थिए । […]
भारतमा लगि मिर्गौला चोरेको आरोपमा चारजना पक्राउ
काठमाडौं । भारतमा लगेर मिर्गौला चोरेको आरोपमा चार जना पक्राउ परेका छन्। मानव बेचबिखन अनुसन्धान ब्युरोले मिर्गौला निकालेको आरोप लागेका चारजनामध्ये तीन जनालाई मानव तस्करीमा म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगेको छ। सिन्धुलीका ३७ वर्षीय खिलबहादुर भुजेलको मिर्गौला चोरी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ३ जनालाई संगठित अपराध र मानव तस्करीमा म्याद थपका लागि […]
सडकबाट ठूलो क्रान्ति नभएसम्म मुलुकमा विकास हुुँदैन-अध्यक्ष दाहाल
काठमाडौं — माओवादी अध्यक्ष पुष्पकमल दाहालले मुलुकमा अर्को सडक क्रान्ति आवश्यक रहेको उल्लेख गर्दै आफूले त्यसको नेतृत्व गर्ने बताएका छन् । अखिल क्रान्तिकारीले आयोजना गरेको शैक्षिक संवाद कार्यक्रममा दाहाल अर्को ठूलो क्रान्ति नभएसम्म मुलुकमा विकास नहुने बताएका हुुन् ।।‘संघीय लोकतान्त्रिक गणतन्त्र, समावेसिता स्थापना भए पनि म नयाँ आन्दोलनको नेतृत्व गर्छु भनेर जनतामाझ गएको छु,’ उनले […]
कमला पोख्रेल र शर्मिला गुरुङको ‘ बाला जोबान ’तीज गीत सार्वजनिक
काठमाडौं । चर्चित गायिका शर्मिला गुरुङ र कमला पोख्रेलको आवाजमा ‘ बाला जोबान ’ बोलको तीज गीत आज सार्वजनिक भएको छ । उक्त गीतमा कोरस आवाजमा भिमकला गुरुङ र टिका गुरुङ रहेका छन् । उक्त गीतको शब्द रेम गुरुङको रहेको छ भने संगीत गायिका शर्मिला गुरुङको नै रहेको छ । त्यसैगरी, उक्त गीतको भिडियो निर्देशन […]
भारतीय विदेश सचिव मिश्री नेपाल भ्रमणमा आउँदै
काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री नेपाल भ्रमणमा आउँदै छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुुसार उनी आगामी भदौ १ गते काठमाडौं आउन लागेका हुुन् । नेपाल बसाइको क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री आरजु राणा देउवा लगायतलाई भेट्ने तय भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणको तयारीका सन्दर्भमा विदेश […]
कालीगण्डकीमा बेपत्ता आमा–छोराको खोजी कार्य जारी
काठमाडौं ।कालीगण्डकी नदीमा आमा–छोरा बेपत्ता भएको आशंकामा सशस्त्र प्रहरीले खोजी कार्य जारी राखेको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुुुसार साउन २१ गते साँझ कालीगण्डकीमा आमा–छोरा बेपत्ता भएको आशंकामा खोजी कार्य जारी राखिएको जानकारी हो । स्याङजाको गल्याङ नगरपालिका–५ सेतिवेणीस्थित कालीगण्डकी नदीको किनारमा रहेको प्रतिक्षालयमा महिलाले बोक्ने झोला, चप्पल, मोबाइल र बच्चाको […]
आज फलफूल तथा तरकारीको मूल्य कति ?हेर्नुहोस्
काठमाडौं – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नप्रकार छन् । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो २६, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ३९, आलु रातो प्रतिकिलो ४९, आलु रातो (भारतीय) प्रतिकिलो ३८, […]
कमला पोख्रेल र शर्मिला गुरुङको आवाज रहेको ‘ बाला जोबान ’ बोलको तीज गीत सार्वजनिक ( भिडियो सहित )
काठमाडौं – चर्चित गायिका कमला पोख्रेल र शर्मिला गुरुङको आवाजमा रहेको ‘ बाला जोबान ’ बोलको तीज गीत आज सार्वजनिक सार्वजनिक गरिएको छ । उक्त गीतमा भिमकला गुरुङ र टिका गुरुङको कोरस आवाज रहेको छ । उक्त गीतमा रेम गुरुङको शब्द र स्वयम् गायिका शर्मिला गुरुङको संगीत रहेको छ । त्यसैगरी, उक्त गीतको भिडियो निर्देशन […]

