काठमाडौं । रुकुमपश्चिकोमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। त्रिवेणी गाउँपालिका–४ खुम्चेरीको भित्री सडकखण्डमा लु.प्र-१-००१त ७८७ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको हो। मृत्यु हुनेमा सल्यानको दार्मा गाउँपालिका-५ का २८ वर्षीय बुद्धिमान खड्का रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिए।
कैलाली कारागारमा झडप हुँदा एक जनाको मृत्यु, ४७ घाइते
धनगढी । कैलाली जिल्ला कारागारमा झडप हुँदा एक जनाको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन् । घटनामा धनगढी–४ का भरत चौधरीको मृत्यु भएको हो । शुक्रबार राति ११ बजेको समयमा झडप भएको थियो । झडपका क्रममा सख्त घाइते भएका चौधरीलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल पुर्याइएको थियो । उनको त्यही मृत्यु भएको […]
वाइबा जी को ‘आगमन’ सार्वजनिक (भिडियोसहित)
किरण पराजुली काठमाडौं – नेपाली हिपहप तथा र्याप संगीतका प्रशंसकका लागि गायक वाइबा जी ले नयाँ गीत ‘आगमन’ सार्वजनिक गरेका छन्। विस्प्ज को संगीत संयोजनमा बनेको यो गीतको भिडियोको निर्देशन रोशन थापाले गरेका हुन्।किड्स प्रोडक्सन मार्फत तयार गरिएको ‘आगमन’ गीतमा कलाकार तथा गीतकार रोहन र मनोजको शब्द र स्वर रहेको छ। गीतको भिडियोमा मोडल सन्तोष थापा र सुस्मा […]
आज जनै पूर्णिमा र रक्षा वन्धन
काठमाडौं– प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनै पूर्णिमा पर्व आज साउन २४ गते शनिवार देशभर नयाँ जनै फेरेर र रक्षा वन्धन (डोरो) बाँधेर मनाइँदै छ । आज जनै पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँधिँदैछ । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको डोरो (रक्षा सूत्र) […]

