Flash Story
७ लाखको राहतदेखि सरसफाइ र खोजीमा राष्ट्रिय युवा संघ धादिङ
बाढीपीडितको उद्धारमा खटिएका स्काउट स्वयंसेवकलाई लायन्सको सहयोग
नुवाकोटमा समाजसेवी दयाराम कार्कीको राहत तथा उद्धार अभियान सातौँ दिनमा
बाढीको कहर र राहतमा लायन्स
सुमित्रा के.सी.को नेतृत्व यात्रा निरन्तर, रिजन चेयरपर्सनको जिम्मेवारीमा
पाँचौँ दिन पनि बाढीपीडितकै बीचमा दयाराम कार्की, राहत र उद्धारमा निरन्तर सक्रिय
थाक्रे गाउँपालिकाले बाढीपहिरो पीडितलाई ५० हजार राहतदेखि राहत कोषमा १० लाखसम्म सहयोग गर्ने
लायन्स क्लबद्वारा प्रधानमन्त्री उद्धार कोषमा १ करोड १ लाख ११ हजार १११ रुपैयाँ सहयोग
बडीमालिका क्षेत्रमा पुग्यो टेलिफोन र इन्टरनेट सेवा, सञ्चारमन्त्री डा. तिमिल्सिनाद्वारा भर्चुअल उद्घाटन

Day: September 9, 2025

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले दिए राजीनामा

काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पदबाट राजीनामा दिएका छन् । देशको पछिल्लो घटनाक्रमले सरकारमा बस्ने परिस्थिति नभएको भन्दै उनले राजीनामा दिएका हुन् । सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारीबाट अलग हुने निर्णय लिएको जानकारी गराउन चाहन्छु।’ उनले निहत्था छोराछोरी पुस्ताको रगत बगिरहेको दृस्यको साक्षी बन्न नसकेको बताउँदै उनले […]

नक्सालस्थित हिल्टन होटलमा आगजनी

काठमाडौँ । राजधानीको नक्सालस्थित हिल्टठन होटलमा प्रदर्शनकारीले आगजनी गरेका छन् । मंगलबार दिउँसो प्रदर्शनकारीले आगजनी गरेका हु्न् ।

अनिश्चितकालीन यातायात बन्दको घोषणा

काठमाडौँ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले देशव्यापी रूपमा अनिश्चित कालीन सार्वजनिक तथा ढुवानी यातायात सेवा बन्द गर्ने घोषणा गरेको छ । महासङ्घले भदौ २३ गते ‘जेन जि’ समूहले आयोजना गरेको शान्तिपूर्ण प्रदर्शनमा सरकारको दमनका कारण १९ जना विद्यार्थीको मृत्यु भएको र देशभर जनजीवन प्रभावित भई कर्फ्यु लगाइएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै शान्ति सुरक्षाको प्रत्याभूति […]

रास्वपा सांसद असीम शाहले दिए सांसद पदबाट राजीनामा

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद असीम शाहले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएका छन् । जेनजीको प्रदर्शनमा सरकारले बर्बर दमन गरेको भन्दै उनले त्यसको विरोध र जेनजीको समर्थनमा राजीनामा दिएको बताएका छन् । ‘मलाई सांसद पदमा बसिरहन मनले दिँदै दिएन,’ उनले अनलाइनखबरसँग भने । उनले विज्ञप्ति निकालेर संसद् सदस्य पदबाट राजीनामा बुझाएको जानकारी गराएका छन् । […]

एमाले नेता रघुवीर महासेठको घरमा ढुंगामुढा

काठमाडौँ। नेकपा एमालेका सचिव रघुवीर महासेठको जनकपुरस्थित घरमा प्रदर्शनकारीले ढुङ्गामुढा गरेका छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ९ भरमपुरीस्थित रहेको नेता महासेठको घरमाथि प्रदर्शनकारीहरूले ढुङ्गामुढा गरेका हुन् । जेनजीहरूले गरेको प्रदर्शनको दोस्रो दिन प्रदर्शनकारीहरूले राजनीतिक दलका नेताहरूको निजी निवास र सरकारी कार्यालयहरूलाई लक्षित गरी ढुंगामुढा एवं आगजनीहरू गरिरहेका छन् । यसअघि काठमाडौंमा प्रदर्शनकारीहरूले नेकपा माओवादी […]

कृषिमन्त्री अधिकारीले दिए सरकारबाट राजीनामा

काठमाडौँ। कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै मन्त्री अधिकारीले सोमबारको आन्दोलनमा भएको दमन, हत्या र बल प्रयोगले तानाशाही व्यवस्थातर्फ उन्मुख भएको भन्दै उनले सो घटनाप्रति क्षमा याचना गर्दै राजीनामा दिएको बताएका हुन् । उनले लेखेका छन्, ʻलोकतन्त्रमा प्रश्न सोध्नु र शान्तिपूर्ण विरोध गर्नु नागरिकको […]

विपक्षी दलले माग्यो प्रधानमन्त्रीको राजीनामा

काठमाडौँ। प्रचण्डले डाकेको विपक्षी दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको छ । हिजोको घटनाको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने निष्कर्ष निकालेको माओवादीका उपमहासचिव वर्षमान पुनले जानकारी दिए । प्रधानमन्त्रीले मार्गप्रशस्त गर्दै युवाहरूको मागलाई सम्बोधन गरी समस्याको समाधान गर्नुपर्ने उनको भनाइ छ ।

सञ्चारमन्त्री गुरुङको निवासमा प्रदर्शनकारीको आगजनी

काठमाडौँ। सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा प्रदर्शनकारीले आगजानी गरेका छन् । प्रहरी स्रोतका अनुसार ललितपुरको सुनाकोठीस्थित गुरुङको निवासमा पुगेका आन्दोलनकारीले ढुंगामुढा र आगजनी गरेका हुन् ।

Back To Top