काठमाडौँ। अर्को आइतबारदेखि सांकेतिक रुपमा सर्वोच्च अदालतले आफ्नो सेवा सुरु गर्ने भएको छ । सर्वोच्च अदालतले आइतबारदेखि बन्दी प्रत्यक्षीकरणको मुद्दा दर्ता र सुनुवाइ निवेदनहरु हेर्न थाल्ने जनाएको हो । बिहीबार प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले एक विज्ञप्ति जारी गर्दै बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता र सुनुवाइ गर्ने जानकारी दिएका हुन्। ‘यस अदालतमा आइतबारदेखि बन्दी प्रत्यक्षीकरणका निवेदनको […]
संवैधानिक दायरामा देशलाई निकास दिन प्रयास गर्दैछु : राष्ट्रपति
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक दायरामा रहेर निकास दिनका लागि आफूले प्रयास गरिरहेको बताएका छन् । उनले एक वक्तव्य जारी गरेर उनले यस्तो बताएका छन् । ‘देशको अहिलेको विषम परिस्थितिमा मुलुकलाई संवैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ र मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर म विचार विमर्श एवं हर […]
जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३४ पुग्यो
काठमाडौँ। जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३४ पुगेको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरण अनुसार देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार, मृतकको संख्या ३४ पुगेको हो । त्यस्तै, देशभर विभिन्न अस्पतालमा १ हजार ३६८ जना घाइते उपचाररत छन् । जसमध्ये ३२१ जना अस्पतालमा उपचाररत छन् । हालसम्म ९४९ जना डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा। […]
संविधानकै प्रक्रियाबाट आन्दोलनको उपलब्धि खोज्न पर्छ : गगन थापा
काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले संविधानकै प्रक्रियाबाट आन्दोलनको उपलब्धि खोज्न आह्वान गरेका छन् । एक भिडियो सन्देश सार्वजनिक गर्दै उनले जेनजी आन्दोलनमा भएको सरकारी दमन र हत्याप्रति दुःख व्यक्त गर्दै क्षमायचना पनि गरे । जेनजी आन्दोलनले उठाएका मुद्धाहरुलाई आफूले सम्मान गर्ने भन्दै नेता थापाले आन्दोलन सफल भएको र अब त्यसबाट आउने प्रक्रियाका लागि […]
गौर कारागारबाट भागेका ५२ कैदीबन्दी पक्राउ
काठमाडौँ। रौतहट कारागारबाट भागेका कैदीहरुलाई प्रहरीले पक्राउ गर्न थालेको छ । मंगलबार राति हुलहुज्जत गरेर गौर कारगारबाट भागेकामध्ये ५२ जनालाई प्रहरीले नियन्त्रणमा लिएर पुनस् कारागार पठाएको छ । कुल २९१ कैदिबन्दी रहेको गौर कारागारमा २४ जना बाहेक सबै कारागार तोडफोड गरी भागेका थिए । भागेका मध्ये ३५ जनालाई सुरक्षाकर्मीले रौतहटका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको प्रमुख […]
अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्न राष्ट्र बैंकको निर्देशन
काठमाडौँ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई अत्यावश्यक सेवा सञ्चालन गर्न निर्देशन दिएको छ । बिहीबार राष्ट्र बैंकले विज्ञप्ति जारी गर्दै नेपाली सेनाले बिहीबार जारी गरेको विज्ञप्ति बमोजिम आवतजावत हुनेगरी आफ्ना संवेदनशील प्रणाली सञ्चालन गरी अत्यावश्यक बैंकिङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा प्रदान गर्न निर्देशन दिएको हो । अन्य प्रणालीको हकमा भने रिमोट एक्सेसमार्फत् सञ्चालन […]
नयाँ सरकारको नेतृत्वका लागि जंगीअड्डामा आज निर्णायक वार्ता
काठमाडौँ। अन्तरिम सरकारको नेतृत्वका लागि नेपाली सेनाको समन्वयमा राष्ट्रपति रामचन्द्र पौडेल र जेनजी युवा प्रतिनिधिहरुबीच आज निर्णायक छलफल हुने भएको छ । जेनजी प्रतिनिधिहरुले अन्तरिम सरकारको नयाँ प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम टुंगो लगाइसकेकाले त्यसलाई आजको छलफलले औपचारिकता दिने छ । नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानन्यायाधीश अशोकराज सिग्देलले जेनजी प्रतिनिधिहरुसँग […]
संविधान र संसदीय प्रक्रियाबाट निकास खोज्न प्रचण्डको अपिल
काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वार्थ समूहहरूको सेवामा गठबन्धन सरकार तल्लीन भएकै कारण जनताको आक्रोशले चरम रूप लिएको बताएका छन् । आज एक विज्ञप्ति जारी गर्दै उनले भनेका छन्– ‘सुशासनको डरले आजभन्दा १४ महिनाअघि कांग्रेस र एमालेले मध्यरातमा सुरु गरेको असंवैधानिक र अप्राकृतिक गठबन्धनको पटाक्षेप दुःखद रुपमा तपाई हाम्रासामु देखिएको छ। भ्रष्टाचारविरुद्ध […]
त्रिविको पठनपाठन कात्तिक ११ गतेसम्म बन्द
काठमाडौँ। त्रिभुवन विश्व विद्यालयले कात्तिक ११ गतेसम्म पठनपाठन बन्द गरेको छ । मुलुकको असामान्य परिस्थितिलाई मध्यनजर गर्दै कात्तिक ११ गतेसम्मका लागि सम्पूर्ण पठनपाठन स्थगित गरिएको आज त्रिभुवन विश्वविद्यालय रजिस्ट्रारको कार्यालयले सूचना जारी गरेर जनाएको हो । रजिस्ट्रारको कार्यालय प्रमुख लिली थापा क्षेत्रीले निकालेको सूचनामा हिउँदे बिदाबाट कटौती गर्नेगरि कात्तिक ११ गतेसम्मका बिदाहरू मिलाइएको जनाइएको छ […]

