काठमाडौँ। नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले अध्यक्षबाट राजीनामा दिएका छन् । उनले बुधबार काठमाडौंमा बसेको पार्टी केन्द्रीय समिति बैठकमा राजीनामा पेश गरेका हुन् । बैठकले केन्द्रीय समिति भंग गरेर विशेष महाधिवेशनमा जाने निर्णय गरेको छ । साथै, महाधिवेशनका लागि आयोजक कमिटी पनि गठन गरिएको छ । आयोजक कमिटीको संयोजकका रुपमा […]
तोकिएकै मितिमा निर्वाचन गराउन सरकारलाई माओवादी केन्द्रको ध्यानाकर्षण
काठमाडौँ। नेकपा (माओवादी केन्द्र)ले तोकिएकै समयमा निर्वाचन गराउन सरकारको ध्यानाकर्षण गराएको छ । माओवादीको बुधबार बसेको स्थायी कमिटीको बैठकले उक्त ध्यानाकर्षण गराउने निर्णय गरेको हो । माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले तोकिएकै समयमा निर्वाचन गराउन सरकारको ध्यानाकर्षण गराउने र पार्टीको तर्फबाट आवश्यक भूमिका खेल्ने निर्णय गरेको जानकारी दिए । उनले जीएनजीलगायत लोकतन्त्र, अग्रगमन […]
प्रदेश संरचना खारेज हुँदैन : अर्थमन्त्री खनाल
काठमाडौँ। अर्थमन्त्री रामेश्वर खनालले प्रदेश संरचना खारेज गर्ने कुनै सम्भावना नरहेको बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग सङ्क्षिप्त कुरा गर्दै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका अर्थमन्त्री खनालले वर्तमान सरकार संविधानअनुसार सञ्चालन भएकाले प्रदेश खारेज गर्नेसम्बन्धी कुनै सोच नरहेको स्पष्ट पारे । एक प्रश्नको जवाफमा मन्त्री खनालले अहिलेको अवस्थामा रु एक हजार […]
राष्ट्रपतिबाट मतदाता नामावलीसम्बन्धी अध्यादेश जारी
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका छन् । उनले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा आज उक्त अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
मन्त्री र सरकारी कर्मचारीलाई अत्यावश्यकबाहेक विदेश भ्रमणमा रोक
काठमाडौँ। सरकारले मन्त्री तथा सरकारी कर्मचारीहरूलाई अत्यावश्यकबाहेक विदेश भ्रमणमा रोक लगाएको छ । सरकारले खर्च घटाउने योजना बनाउँदै मन्त्रिपरिषद् बैठकबाटै यस्तो निर्णय गरेको हो । अर्थ मन्त्रालयका अनुसार सरकार प्रदेश, स्थानीय तह, संस्थान, प्रतिष्ठान र निकायको खर्चमा अत्यावश्यक अवस्थामा बाहेक विदेश भ्रमणमा रोक लगाइएको हो । सरकारको प्रतिनिधित्व सम्बन्धित निकायबाट हुनसक्ने अवस्था भए सम्बन्धित नियोगलाई […]
झापा इनर्जीको आईपीओ बाँडफाँड
काठमाडौँ। झापा इनर्जी लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । धितोपत्र बिक्री प्रबन्धक हिमालयन क्यापिटलको कार्यालयमा आज बिहान सर्वसाधारणका लागि निष्कासन गरिएको आईपीओको बाँडफाँड सम्पन्न भएको हो । कम्पनीले भदौ २० गतेदेखि २४ गतेसम्म सर्वसाधारणलाई शेयर बिक्रीका लागि आईपीओ निष्कासन गरेको थियो । उक्त अवधिमा कम्पनीको आईपीओमा १८ लाख ६८ हजार १४१ आवेदकबाट २ करोड […]
पदाधिकारीको स्वकीय सचिव सुविधा खारेज
काठमाडौँ। सरकारले सांसद र राजनीतिक पदाधिकारीको स्वकीय सचिवको सुविधा खारेज गरेको छ । मन्त्रिपरिषद्को निर्णयपछि अर्थ मन्त्रालयले सोमबार जानकारी दिँदै यस्तो सुविधा तत्काल खारेज गरिएको जनाएको हो । मन्त्रालयका अनुसार अब सांसदसहित अन्य राजनीतिक पदाधिकारीहरूले स्वकीय सचिव राख्न पाउने छैनन् । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रदेश प्रमुख तथा नेपाल सरकार र प्रदेश […]
शान्ति सुरक्षा, अमनचयन कायम गर्न कसैसँग सम्झौता हुँदैन : प्रहरी
काठमाडौँ। मोरङका प्रहरी उपरीक्षक कवित कटवालले शान्ति सुरक्षा, अमनचयन कायम गर्ने सन्दर्भमा कोहीकसैसँग सम्झौता नगरिने बताएका छन्। मोरङ जिल्लामा सरुवा भएपछि आजस्थित सञ्चारकर्मीसँगको भेटघाटमा प्रहरी उपरीक्षक कटवाल जिल्लामा अमनचयन कायम गरी आमनागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे। समाजमा हुन सक्ने चारी, डकैती, तस्करीलगायत आपराधिक क्रियाकलाप पूर्णरूपमा नियन्त्रण गर्ने, कुनै किसिमको गैह्रकानुनी कामकारवाही हुन […]
१ घण्टामा नारायणघाट पुग्ने आधुनिक द्रुतमार्ग निर्माण सुरु गरौँ : जनार्दन शर्मा
काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले पृथ्वी राजमार्ग र मुग्लिङ नारायणगढ सडकले अब मुलुकको यातायात चाप धान्न नसक्ने बताएका छन् । ठाउँ ठाउँमा पहिरो खस्ने, खोलाले तान्ने जस्ता समस्याले हरेक वर्ष जनधनको ठुलो क्षति भएकाले विकल्पमा नारायणगढ पुग्ने आधुनिक द्रुतमार्ग निर्माण सुरु गर्न सुझाएका छन् । बुधबार सामाजिक सञ्जालमा शर्माले लेखेका छन्– ‘ठाउँ–ठाउँमा पहिरो […]
सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुदैँछ कारोबार ?
काठमाडौँ। नेपाली बजारमा बुधबार पनि सुनको मूल्य बढेर हाल सम्मकै उच्च भएको छ । आज सुनको मूल्य प्रतितोला १३ सय रुपौयाँले बढेर नयाँ रेकर्ड कायम गरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्य २ लाख २३ हजार रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, मंगलबार यसको मूल्य २ लाख २१ हजार ७ […]

