Flash Story
तत्काल इन्धनको मूल्य नघटाए आयल निगम घेराउ गर्ने जेनजीको चतावनी
अमर्खु माध्यमिक विद्यालयमा नयाँ व्यवस्थापन समिति गठन
लिटल स्टेप सेकेन्डरी स्कूलमा नव वर्ष २०८३ को अवसरमा शुभकामना आदान–प्रदान तथा स्वास्थ्य परीक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न
सभामुख अर्यालको शपथ ग्रहण आजै
श्रम संस्कृति पार्टी र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड
सफाईकर्मीको सम्मानमा हाम्रो साइकल यात्रा र्याली सम्पन्न
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजि २.० को माग
चैत ५ गतेदेखि फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा ‘ २७ औं फ्लोरा एक्स्पो ’ हुने

Month: January 2026

ललितपुरमा निःशुल्क स्वर्णबिन्दु प्राशन कार्यक्रम सञ्चालन

ललितपुर । आयुर्वेदमा वर्णन गरिएको बालबालिकाका लागि अत्यन्त लाभदायक औषधियुक्त थोपा स्वर्णबिन्दु प्राशन कार्यक्रम आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, ललितपुरले सञ्चालन गरिरहेको छ। प्रत्येक महिनाको पुष्य नक्षत्रका दिन नियमित रूपमा खुवाइने स्वर्णबिन्दु प्राशन अन्तर्गत १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई निःशुल्क सेवा प्रदान गरिँदै आएको चिकित्सालयले जनाएको छ। आयुर्वेदिक मान्यताअनुसार नियमित स्वर्णप्राशन गराउँदा बालबालिकाको शारीरिक तथा मानसिक […]

ललितपुरको कपिराङमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

ललितपुर । जनस्वास्थ्य कार्यालय ललितपुरको आयोजनामा सोमबार (माघ १२ गते) महाँकाल गाउँपालिका–६, ठूलादुर्लूङ्गको कपिरामस्थित बागमती आधारभूत विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविरमा २८७ जना सेवाग्राहीले विभिन्न स्वास्थ्य सेवा लिएका थिए, जसमध्ये १३४ जना महिला र १५३ जना पुरुष रहेका जनस्वास्थ्य कार्यालयका कार्यालय प्रमुख खगेश्वर गेलालले जानकारी दिए । शिविरअन्तर्गत परिवार नियोजन सेवातर्फ ३ […]

लघुवित्त तथा वित्तीय शोषणविरुद्ध आम जनता पार्टीको लुम्बिनी प्रदेश स्तरीय संयुक्त बैठक सम्पन्न

बुटवल -भ्रष्टाचारलाई खबरदारी गर्न तथा लघुवित्त र वित्तीय शोषणविरुद्ध एकजुट आवाज निर्माण गर्ने उद्देश्यसहित आम जनता पार्टी ले लुम्बिनी प्रदेश स्तरीय संयुक्त बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। बुटवलमा सम्पन्न उक्त कार्यक्रमको सभा अध्यक्षता बद्री देवान ले गर्नुभएको थियो भने आम जनता पार्टीका अध्यक्ष प्रभु साह प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा संघर्ष […]

जीवित देवी कुमारीको सांस्कृतिक परम्परामाथि आधारित नाटक ‘अग्निचक्षु’ सर्वनाममा मञ्चन हुँदै

काठमाडौँ – विश्वकै एक मात्र जीवित देवी कुमारीको सांस्कृतिक परम्परामा आधारित नाटक ‘अग्निचक्षु’ माघ ११ गतेदेखि २५ गतेसम्म काठमाडौँको कालिकास्थित सर्वनाम थिएटरमा नियमित रूपमा मञ्चन हुने भएको छ। साइलेन्ट एक्टको प्रस्तुति तथा नागरिक कल्याण समाज नेपालको आयोजनामा प्रस्तुत हुन लागेको यो नाटकले नेपाली समाजको सांस्कृतिक पृष्ठभूमिमा आधारित भएर नारी सशक्तीकरण, चेतना र सामाजिक रूपान्तरणको सशक्त […]

वित्तीय शोषणविरुद्धको आवाज बोकेर राजनीतिमा मानसिङ बिक

सल्यान — सल्यान क्षेत्र नम्बर १ मा आगामी प्रतिनिधि सभा निर्वाचनको सरगर्मी बढ्दै गएको छ। यसै क्रममा यस क्षेत्रबाट मोबाइल चिन्हका उम्मेदवारका रूपमा मानसिङ बिक चुनावी मैदानमा उत्रिएका छन्। मानसिङ बिक लघुवित्त तथा वित्तीय शोषणबाट पीडित जनताको आवाज बोकेर राजनीतिमा प्रवेश गरेका नेता हुन्। उनी “ऋणमुक्त जनता, ऋणमुक्त देश” भन्ने स्पष्ट दृष्टिकोणका साथ आर्थिक न्याय, […]

‘छौरा’ शब्दको अपमानपछि मधेश आक्रोशित, नस्लीय सोच विरुद्ध बहिष्कार चर्कियो

अर्चना झा ललितपुर : नेकपा एमालेका नेता महेश बस्नेतले काठमाडौं महानगरपालिकाका पुर्व मेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहको अभिव्यक्तिलाई व्यङ्ग्य गर्दै ‘कुकुरको छाउरा’ भन्ने टिप्पणी गरेपछि मधेशमा तीव्र आलोचना सुरु भएको छ। उक्त अभिव्यक्तिलाई मैथिली भाषा, संस्कृति र मधेशी पहिचानमाथिको गम्भीर अपमानका रूपमा व्याख्या गर्दै सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म विरोध चर्किएको हो। […]

धादिङ क्षेत्र नं. १ मा कृष्ण रिजाललाई नेपाली कांग्रेसको टिकट

धादिङ — प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत प्रत्यक्ष तर्फ धादिङ जिल्ला प्रतिनिधि सभा क्षेत्र नं. १ मा नेपाली कांग्रेसले युवा नेता कृष्ण रिजाललाई उम्मेदवारका रूपमा अघि सारेको छ।नेपाली कांग्रेसका प्रष्ट वक्ता तथा स्पष्ट कार्ययोजनाका साथ राजनीतिमा सक्रिय कृष्ण रिजाल नेपाल तरुण दलका केन्द्रीय सदस्य, पूर्व क्षेत्रीय सभापति एवं महासमिति सदस्यसमेत हुन्। लामो समयदेखि पार्टी […]

चितवनको एग्रोटेक प्रदर्शनीमा नेपालमै पहिलोपटक भ्याकुम फ्रिज ड्रायर प्रविधि सार्वजनिक

चितवन । कृषि तथा खाद्य प्रशोधन क्षेत्रमा नयाँ सम्भावना बोकेको लायोफिलाइजेसन प्रविधिमा आधारित भ्याकुम फ्रिज ड्रायर नेपालमा पहिलोपटक सार्वजनिक गरिएको छ। उक्त अत्याधुनिक प्रविधि आर.एम. एग्रोटेक प्रा.लि. ले भारतको अग्रणी कम्पनी आइस मेक रेफ्रिजरेसन लिमिटेड अन्तर्गतको ड्राइमेक ब्रान्डमार्फत चितवनको भरतपुरस्थित चितवन एक्स्पो सेन्टरमा जारी आठौँ नेपाल एग्रोटेक अन्तर्राष्ट्रिय प्रदर्शनीमा प्रस्तुत गरेको हो। माघ २ देखि […]

होम सहकारीको १७औँ वार्षिक साधारण सभा सम्पन्न

ललितपुर । होम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७औँ वार्षिक साधारण सभा बुधबार ललितपुरमा सम्पन्न भएको छ । संस्थाका जेष्ठ सदस्य सानुबाबु महर्जनको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभामा संस्थाको वर्तमान अवस्था, आगामी कार्यदिशा तथा आर्थिक चुनौतीबारे गहन छलफल गरिएको छ । संस्थाका अध्यक्ष मुकुन्द महर्जनको अध्यक्षतामा सम्पन्न सभामा अध्यक्ष महर्जनले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै […]

वडा अध्यक्षको कडा कदम, स्वास्थ्य शाखामा तालाबन्दी”

धादिङ – थाक्रे गाउँपालिकाको स्वास्थ्य शाखामा तालाबन्दी गरिएको छ।विगतका वर्षमा ७०–८० जना सम्म सुत्केरी हुने थाक्रे–६ स्थित महादेवबेसी स्वास्थ्य चौकीमा लामो समयदेखि नर्सिङ कर्मचारी नपठाइँदा बर्थिङ सेवा गम्भीर रूपमा प्रभावित भएको भन्दै तालाबन्दी गरिएको हो।थाक्रे गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष तथा महादेवबेसी स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष हीरा बहादुर थापा (राजेन्द्र) ले स्वास्थ्य शाखाले […]

Back To Top