Flash Story
जुवा (कौडा) खेलिरहेको अवस्थामा ५ लाख ५२ हजार ३ सय नगद रकम सहित ७ जना मानिसहरू नियन्त्रणमा
संविधान सभा सदस्य सुनिल बाबु पन्तद्वारा लिखित ‘लिङ्गदेखि मानव प्रकृतिसम्म’ पुस्तक सार्वजनिक 
के नेपालमा गरिब भएर जन्मिनु अपराध हो? अस्पतालको ढोकामा रोइरहेका नेपालीको पीडा
मन्त्रिपरिषद्का निर्णय : विभिन्न अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस,
धनी राष्ट्रहरुले गरेको मानवहित विपरित कार्वन उत्सर्जनले भोटेकोशी जस्तो विपत्ति निम्तियोः युवाहरु
३ करोड ३८ लाखभन्दा बढी रकमको अनलाइन सट्टसबाजी तथा क्रिप्टो कारोबारमा संलग्न एक जना मानिस नियन्त्रणमा
बलात्कार मुद्धामा ९ महिनासम्म नपक्रेको अपाङ्गता भएकी महिलाको गुनासो
चोभार–ड्राइपोर्ट सडकमा जोखिमै जोखिम, खाल्डाखुल्डीले दुर्घटनाको त्रास
स्थानीय तहमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालन गर्न नयाँ कार्यविधि

Month: September 2026

सानिमा बैंकमा सुशासनको प्रश्न : सूचना माग्दा कम्पनी सचिवले ‘हातखुट्टा भाँचिदिन्छु’ भनेको शेयरधनीको भनाइ

काठमाडौँ । सानिमा बैंक लिमिटेडको व्यवस्थापन शैली, कर्जा वितरण तथा असुली प्रक्रिया, संस्थागत सुशासन र पारदर्शितामाथि प्रश्न उठिरहेका बेला बैंकका शेयरधनी अङ्कराज भारतले कम्पनी सचिवबाट आफूलाई हातखुट्टा भाँचिदिने धम्की दिएको आरोप लगाएका छन्। बैंकका साधारण शेयरधनी भारतीले आगामी वार्षिक साधारणसभा तथा सञ्चालक निर्वाचनसम्बन्धी आवश्यक जानकारी लिन बैंकका कम्पनी सचिव रुद्र बञ्जारालाई फोन गर्दा आफूलाई धम्की […]

जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार

धादिङको गंगाजमुना गाउँपालिका–५ निवासी २४ वर्षीया ममता तामाङको जटिल प्रसूति समस्या देखिएपछि हवाई उद्धार गरी काठमाडौं ल्याइएको छ। जटिल प्रसूति समस्या सिर्जना भई उनको ज्यान जोखिममा परेको अवस्थामा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत गर्भवती तथा सुत्केरी महिलाका लागि सञ्चालन गरेको हवाई उद्धार कार्यक्रममार्फत तामाङको उद्धार गरिएको […]

मन्त्रिपरिषद्का ६ निर्णय: स्वास्थ्य, कानुन र प्रशासनमा महत्वपूर्ण कदम

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य सेवा सुधारदेखि कानुनी सुधार, वन क्षेत्र उपयोग तथा उच्च तहका कर्मचारीको पदस्थापनसम्मका विभिन्न ६ वटा निर्णय गरेको छ। मन्त्रिपरिषद्ले अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने २०.७ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। त्यस्तै, पूर्व–पश्चिम राजमार्गअन्तर्गतको कमला–ढल्केबर–पथलैया सडकखण्ड, गजार्ङ खोला […]

अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एआईआईबी अध्यक्ष जियायीबीच दोहामा भेटवार्ता

एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन दोहा पुग्नुभएका अर्थमन्त्री एवं एआईआईबीका लागि नेपालका गभर्नर डा.स्वर्णिम वाग्ले र बैंककी अध्यक्ष जोउ जियायी बीच भेटवार्ता भएको छ।कतारको राजधानी दोहामा भएको उक्त भेटमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपालमा एआईआईबीको लगानी विस्तार, प्राकृतिक विपदपछिको पुनर्निर्माण तथा सहुलियतपूर्ण वित्तीय पहुँच विस्तार गर्न बैंककी अध्यक्ष […]

मन्त्रालयको जिम्मेवारी विस्तारअनुसार कानुनी तादात्म्यता कायम गर्न विधेयक

काठमाडौँ । नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०८३ बमोजिम महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको नाम परिवर्तन भई महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय कायम भएपछि मन्त्रालयको कार्यक्षेत्रसमेत विस्तार भएको सरकारले जनाएको छ। प्रतिनिधिसभामा विधेयकमाथिको छलफलका क्रममा सरकारले साविक मन्त्रालयले गर्दै आएका कार्यका अतिरिक्त योगदानमा आधारित सामाजिक सुरक्षा तथा गैरयोगदानमूलक सामाजिक […]

सांगीतिक यात्रा विस्तार गर्दै रिया खत्रीले सार्वजनिक गरिन् ‘युके शहर’

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा प्रवेश गरेको करिब तीन वर्षमै आफ्नो छुट्टै पहिचान बनाउन सफल गायिका तथा मोडल रिया खत्रीले नयाँ सांगीतिक प्रस्तुति ‘युके शहर’ सार्वजनिक गरेकी छन्। शुक्रबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा ‘युके शहर’को विमोचन गरिएको हो। गीत अहिले रिया खत्रीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक भइसकेको छ। ‘युके शहर’मा रिया खत्री र गायक क्रिश […]

प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी हुन न्यूयोर्क पुग्नुभएका प्रधानमन्त्री शाहले महासभालाई सम्बोधन गर्नुअघि राष्ट्रसंघ मुख्यालयमा स्थानीय समयअनुसार साँझ ६:३० बजे (नेपाली समयअनुसार शुक्रबार बिहान ४:१५ बजे) महासचिव गुटेरेससँग भेट गर्नुभएको हो ।महासचिव गुटेरेसले भोटेकोशी विपद्मा भएको जनधनको क्षतिप्रति […]

‘जलवायु मुद्दामा विश्वले आँखा चिम्लिए हामीले भन्दा ठूलो विनाश भोग्नेछ’ : परराष्ट्रमन्त्री शिशिर खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनको मुद्दामा विश्व समुदायले बेवास्ता गरे नेपालजस्ता मुलुकले अझ ठूलो विनाशको सामना गर्नुपर्ने बताएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजित जलवायुसम्बन्धी उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै मन्त्री खनालले जलवायु परिवर्तनमा नेपालको योगदान न्यून भए पनि त्यसको असर भने गम्भीर रूपमा भोगिरहेको बताए। उनका अनुसार नेपालको करिब ४६ प्रतिशत भूभाग वनले ढाकिएको […]

असोज ७ गतेसम्म राजस्व सङ्कलन २ खर्ब २ अर्ब

काठमाडौं – चालु आर्थिक वर्ष २०८३/८४ को असोज ७ गतेसम्म सरकारले २ खर्ब २ अर्ब ७२ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ।राजस्व व्यवस्थापन सूचना प्रणाली (RMIS) का अनुसार सरकारले चालु आर्थिक वर्षमा १५ खर्ब ८० अर्ब ३२ करोड रुपैयाँ वार्षिक राजस्व सङ्कलनको लक्ष्य राखेको छ। असोजसम्मका लागि भने ३ खर्ब ३० अर्ब २२ करोड रुपैयाँ […]

बाढी प्रभावितको संरक्षण र पुनर्स्थापनामा सरकारको विशेष प्राथमिकता, मन्त्री सिता बादी

काठमाडौं – महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले बाढी प्रभावित नागरिकको राहत, उद्धार, संरक्षण तथा दीर्घकालीन पुनर्स्थापनालाई सरकारले प्राथमिकताका साथ अघि बढाइरहेको बताउनुभएको छ। प्रतिनिधि सभामा सम्बोधन गर्दै उहाँले विशेष संरक्षण आवश्यक पर्ने महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा गर्भवती र सुत्केरी महिलाको संरक्षणमा विशेष ध्यान दिइएको […]

Back To Top