Flash Story
जनस्वास्थ्य कार्यालयको मूल्यांकनमा किस्ट शिक्षण अस्पताल प्रथम
गजुरीका २५० बाढी प्रभावित परिवारलाई राहत, अब पुनःस्थापनामा जोड
समाजसेवी पवित्रा गौतमद्वारा छोराको जन्मदिनमा बाढी पिडितका लागि रु. ४३,५०० सहयोग
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
ग्यास अभावकै बीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
कृष्णभीरमा ८ घण्टा सवारी, १६ घण्टा मर्मत गर्न विश्वप्रसाद अर्यालको सुझाव
रसुवाका बाढीपीडितलाई लायन्स क्लबको दोस्रो चरणको राहत, सामग्री पठाउने तयारी
आज जेनजी शहीद दिवस, देशभरि सार्वजनिक बिदा
७ लाखको राहतदेखि सरसफाइ र खोजीमा राष्ट्रिय युवा संघ धादिङ

विज्ञहरूसँग सुझाव लिएर अघि बढ्छु : शिक्षामन्त्री पुन

Spread the love

काठमाडौँ। नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विज्ञहरूसँग सुझाव लिएर अघि बढ्ने बताएका छन् ।

शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट मन्त्री पदको शपथ लिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै पुनले अपर्झट मन्त्री भएकाले अहिले नै धेरै नबोल्ने बताए ।

‘म शिवजी अथवा भगवान भएदिएको भए त्रिनेत्र लगाएर यसो यसो गर्छु भन्ने थिएँ, अब अपर्झट यहाँ आएर मन्त्री भइएको छ, सेवा सुविधा मलाई केही पनि चाहिन्न, म मन्त्रालयमा ओछ्यान लगाएर बस्ने हो,’ उनले भने । उनले भने, ‘मन्त्रालयभित्र किचेन होला, त्यहीँ पकाइ खाने, त्यहीँ सुत्ने ।’

मन्त्रीको जिम्मेवारीमा रहँदा प्राप्त हुने राम्रा सुझाव ग्रहण गरेर सकेसम्म छिटो कार्यान्वयनमा लैजाने उनको भनाइ छ । मन्त्रालयको जिम्मेवारी अनुसार विज्ञान, प्रविधि, नवप्रवर्तन नै आफ्नो प्राथमिकता पर्ने उनले बताए ।

आफूले जिम्मेवारी पाएको मन्त्रालय शिक्षा क्षेत्रसँग पनि जोडिएको तर, शिक्षामा सुधार र परिवर्तनबारे अहिले नै नबोल्ने बताए ।आफू मन्त्री बन्न नचाहेको तर, परिस्थितिले बनाएको उनले बताए ।