Flash Story
बडीमालिका क्षेत्रमा पुग्यो टेलिफोन र इन्टरनेट सेवा, सञ्चारमन्त्री डा. तिमिल्सिनाद्वारा भर्चुअल उद्घाटन
सुदूरपश्चिम जाँदै मन्त्री प्रतिभा रावल, सहकारीदेखि भूमिहीनका समस्या सुन्नेसम्मको कार्यक्रम
नेपालमा पहिलो पटक निजी अस्पतालमा बालिकाको सफल कलेजो प्रत्यारोपण
पशुपति क्षेत्रमा ‘सफागरौँ’ अभियान सम्पन्नचार सोमबारदेखि निरन्तर सञ्चालन भएको अभियानमा ५ सयभन्दा बढी स्वयंसेवक परिचालन
हराएको तीन दिनपछि मृत भेटिए कपिलवस्तुका पूर्वमेयर सिंह
नेपाल फार्मेसी परिषद्को अध्यक्षमा कादिर आलम नियुक्त
लघुवित्त पीडित र सरकारबीचभएको सहमति बारे भ्रम नफैलाउन समितिको अपिल
बाजुरामा वर्षेनि खाद्यान्न अभावको अन्त्य गर्ने
यूके र क्रोसिया पठाइदिने भन्दै १५ लाख ५० हजार ठगी, दुई जना पक्राउ

फिल्म ‘जनै हराएको बाहुन’ बन्यो ‘जनै हराएको मान्छे’

Spread the love

काठमाडौं – नायक विजय बराल केन्द्रीय भूमिकामा रहेको फिल्म ‘जनै हराएको बाहुन’ को प्रदर्शन मिति भदौ ६ लाई तोकिएको थियो ।

‘पूर्णबहादुरको सारङ्गी’पछि यही फिल्ममा विजय शीर्ष भूमिकामा देखिँदै छन् । यो फिल्मको अहिले पोस्ट प्रोडक्सनको काम जारी छ ।

यो फिल्मको नाम घोषणादेखिनै विवादमा परेको थियो । हिन्दू धर्मसँग सम्बन्धित केही व्यक्तिहरुले यो फिल्मको नाममा चासो देखाएका थिए ।

उनीहरुले आफ्नो आस्था र संस्कारलाई नकारात्मक व्यङग्य भएको भन्दै चासो देखाएका थिए । यस विषयमा फिल्म निर्माण पक्षले ध्यानकर्षण भएको बताएको छ ।

निर्माण पक्षले यस फिल्मको नाम परिवर्तन गरेको छ । सोमबार फिल्मको नयाँ पोस्टर सार्वजनिक गर्दै निर्माण पक्षले नाम परिवर्तन गरेको हो । अब यस फिल्मको नयाँ नाम ‘जनै हराएको बाहुन स् सम्बन्धका धागाहरु’ राखिएको छ ।

फिल्मको प्रदर्शनमा बाधा आउने जोखिम रहेको भन्दै नाम परिवर्तन गरिएको निर्माण पक्षको दाबी छ ।

यस फिल्ममा विजयसहित नायिका केकी अधिकारी र मिरुना मगर शीर्ष भूमिकामा छन् । हिमाल न्यौपानेको निर्देशन रहने यो फिल्मको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन् ।

पेपरक्लिपको ब्यानरमा बनेको यस फिल्मका निर्माताहरु कमल न्यौपाने र विमल न्यौपाने हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top