काठमान्डौँ। निर्वाचन आयोग आज बैठक बस्दैछ । आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार आजको बैठकले मतदाता नामावली संकलन खुलाउने निर्णय हुनेछ । सरकारले बुधबार मतदाता नामावली खुलाउने उद्देश्यसहित अध्यादेश ल्याएको थियो । उक्त अध्यादेशको कार्यान्वयन गर्दै आयोगले आज दिउँसो बैठक बसेर मतदाता नामावली संकलन सुरु गर्ने विषयमा औपचारिक निर्णय गर्नेछ । आयोगले तयारी अनुसार कातिक […]
प्राधिकरणले आवश्यक थप उडान अनुमतिका लागि सहजीकरण गर्ने
काठमान्डौँ। दसैँ, तिहार, छठलगायतका चाडपर्वमा यात्रुहरूको चापलाई व्यवस्थापन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले वायुसेवा कम्पनीलाई आवश्यक थप उडान अनुमतिका लागि सहजीकरण गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र प्राधिकरणका पदाधिकारीसहित सरोकारवालाको उपस्थितिमा बुधबार सिनामंगलस्थित प्राधिकरणको केन्द्रीय कार्यालयमा बसेको छलफलमा यस्तो निर्णय गरिएको हो । छलफलमा सहभागी वायुसेवा कम्पनीहरूले स्वीकृत अधिकतम भाडादरभन्दा […]
प्रधानमन्त्री कार्कीले आज राष्ट्रको नाममा सम्बोधन गर्ने
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन्। प्रधानमन्त्री निकट स्रोतका अनुसार उनले आज साँझ ६ बजे विशेष सम्बोधन गर्ने तयारी गरेकी हुन्। सम्बोधनका क्रममा उठाउनुपर्ने मुख्य विषयवस्तुका बारेमा प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद्का सदस्य तथा विज्ञहरूसँग अनौपचारिक छलफलसमेत गरेकी छिन्। उनले सम्बोधनमा देशको वर्तमान राजनीतिक अवस्था, निर्वाचनसम्बन्धी प्रक्रिया तथा राष्ट्रिय सरोकारका मुद्दाहरू समेट्ने […]
अलैँचीको निर्यात ४४ प्रतिशतले बढ्यो
काठमाडौँ। मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो दुई महिनामा अलैँची निर्यात ४३ दशमलव ९० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कअनुसार उक्त अवधिमा रु ८५ करोड ९६ लाख ११ हजार बराबरको अलैँची निर्यात भएको हो । गत दुई महिनाको अवधिमा ५२२ मेट्रिकटन अलैँची निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी […]
असोज २९ गतेदेखि ललितपुरमा ‘ १८ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी ’ हुने
निराज रानाभाट, ललितपुर – आउँदै गरेको शुभ दीपावली ( तिहार ) तथा छठ पर्वलाई लक्षित गरी फ्लोरिकल्चर एशोसिएशन नेपाल ( फ्यान ) को आयोजनामा गोदावरी पुष्प मेला तथा प्रदर्शनी गर्न लागिएको छ । गोदावरी फूलको व्यवसायीक विकास, विस्तार तथा प्रवर्द्धन गर्ने उदेश्यले ‘ रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि ’ भन्ने मूल नाराका साथ […]
बाबुराम भट्टराईले दिए अध्यक्षबाट राजीनामा
काठमाडौँ। नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले अध्यक्षबाट राजीनामा दिएका छन् । उनले बुधबार काठमाडौंमा बसेको पार्टी केन्द्रीय समिति बैठकमा राजीनामा पेश गरेका हुन् । बैठकले केन्द्रीय समिति भंग गरेर विशेष महाधिवेशनमा जाने निर्णय गरेको छ । साथै, महाधिवेशनका लागि आयोजक कमिटी पनि गठन गरिएको छ । आयोजक कमिटीको संयोजकका रुपमा […]
तोकिएकै मितिमा निर्वाचन गराउन सरकारलाई माओवादी केन्द्रको ध्यानाकर्षण
काठमाडौँ। नेकपा (माओवादी केन्द्र)ले तोकिएकै समयमा निर्वाचन गराउन सरकारको ध्यानाकर्षण गराएको छ । माओवादीको बुधबार बसेको स्थायी कमिटीको बैठकले उक्त ध्यानाकर्षण गराउने निर्णय गरेको हो । माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले तोकिएकै समयमा निर्वाचन गराउन सरकारको ध्यानाकर्षण गराउने र पार्टीको तर्फबाट आवश्यक भूमिका खेल्ने निर्णय गरेको जानकारी दिए । उनले जीएनजीलगायत लोकतन्त्र, अग्रगमन […]
प्रदेश संरचना खारेज हुँदैन : अर्थमन्त्री खनाल
काठमाडौँ। अर्थमन्त्री रामेश्वर खनालले प्रदेश संरचना खारेज गर्ने कुनै सम्भावना नरहेको बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग सङ्क्षिप्त कुरा गर्दै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका अर्थमन्त्री खनालले वर्तमान सरकार संविधानअनुसार सञ्चालन भएकाले प्रदेश खारेज गर्नेसम्बन्धी कुनै सोच नरहेको स्पष्ट पारे । एक प्रश्नको जवाफमा मन्त्री खनालले अहिलेको अवस्थामा रु एक हजार […]
राष्ट्रपतिबाट मतदाता नामावलीसम्बन्धी अध्यादेश जारी
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका छन् । उनले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा आज उक्त अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
मन्त्री र सरकारी कर्मचारीलाई अत्यावश्यकबाहेक विदेश भ्रमणमा रोक
काठमाडौँ। सरकारले मन्त्री तथा सरकारी कर्मचारीहरूलाई अत्यावश्यकबाहेक विदेश भ्रमणमा रोक लगाएको छ । सरकारले खर्च घटाउने योजना बनाउँदै मन्त्रिपरिषद् बैठकबाटै यस्तो निर्णय गरेको हो । अर्थ मन्त्रालयका अनुसार सरकार प्रदेश, स्थानीय तह, संस्थान, प्रतिष्ठान र निकायको खर्चमा अत्यावश्यक अवस्थामा बाहेक विदेश भ्रमणमा रोक लगाइएको हो । सरकारको प्रतिनिधित्व सम्बन्धित निकायबाट हुनसक्ने अवस्था भए सम्बन्धित नियोगलाई […]

