काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा छापावाल सुन तोलामा ६०० रुपैयाँ घटेको हो । जसअनुसार शुक्रबार छापावाल सुन तोलामा १ लाख ९६ हजार २०० रुपैयाँ कायम भएको छ । बिहीबार सोही सुन तोलामा १ लाख ९६ हजार ८०० रुपैयाँ थियो । यस्तै शुक्रबार […]
प्रधानमन्त्री ओली आज मधेश प्रदेश जाँदै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज मधेश प्रदेश जाने भएका छन्। उनी धनुषा र महोत्तरीका कार्यक्रममा सहभागी हुन मधेश जान लागेका हुन् । नेपाली सेनाको हेलिकप्टरबाट आज बिहान ११ बजे उनी धनुषा प्रस्थान गर्नेछन् । उनले धनुषामा मधेश प्रहरी कार्यालय उदघाटन र हंसपुरमा बाटो शिलान्यास गर्ने कार्यक्रम तय भएको छ । त्यसपछि उनी धनुषाबाट […]
बाजुरामा बाढीले ११ घर बगायो, ७ घरमा क्षति
बुधबार रातिको बाढीले यहाँको हिमाली गाउँपालिका–१ बिच्छ्यामा ११ घर बगाएको छ। बिच्छ्या खोलामा बुधबार राति आएको बाढीले गाउँपालिकाको १,३ र ५ वडामा बढी क्षति गरेको हो। बाढीले ११ घर बगाएको, सात घरमा क्षति र १७ घर जोखिममा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवबहादुर चौधरीले जानकारी दिए। उनकाअनुसार कवाडी प्रहरी चौकीको टोली बाढी प्रभावित क्षेत्रमा […]
पशुपतिमा शवको हड्डी खरिद गरेको आरोपमा दुईजना पक्राउ
काठमाडौं । पशुपति आर्यघाटबाट जलाउँदै गरेको शवको हड्डी खरिद गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको लालबन्दीका ४२ वर्षीय रामनन्दन ठाकुर र सप्तरीका ४१ वर्षीय मिश्रीलाल यादव छन् । साउन २३ गते काभ्रेका राम शाहीको शवबाट हड्डी बिक्री गरेको आरोप लागेपछि प्रहरीले शव जलाउने काभ्रेकै गणेशप्रसाद ढकाल र विनायक मैनालीलाई पक्राउ गरेको […]
तराईका जिल्लामा जापानिज इन्सेफलाइटिस बढेको भन्दै सतर्कता अपनाउन आग्रह
काठमाडौं । तराईका जिल्लामा जापानिज इन्सेफलाइटिस बढेको भन्दै विज्ञले सतर्कता अपनाउन आग्रह छन् । यो लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको गम्भीर रोग हो । जनसुकै उमेर समूहका मानिसलाई यो रोग लाग्न सक्छ । तर, धेरैजसो १५ वर्षमुनिका बालबालिकालाई यो रोग लाग्ने गरेको चिकित्सक बताउँछन् । हाँस, कुखुराजस्ता चराचुरुंगी र सुँगुर–बंगुरजस्ता जनावरलाई टोकेमा लामखुट्टे संक्रमित हुन्छ […]
सरकारले कति तोक्यो नागढुङ्गा सुरुङमार्गको उपभोग दस्तुर…
काठमाडौं । सरकारले नागढुङ्गा सुरुङमार्गको उपभोग दस्तुर तोकेको छ । साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले कार र भ्यानहरूको काठमाडौँ आउँदा ६५ रुपैयाँ र जाँदा ६० रुपैयाँ दस्तुर तोकिएको छ । यस्तै भारी उपकरणको काठमाडौँ आउँदा ६०० र जाँदा २५० दस्तुर तोकिएको उनले बताए । सुरुङमार्गबाट मोटरसाइकल भने चलाउन पाइँदैन । यस्तै मिनी बसरट्रकको काठमाडौँ […]
रसुवागढी सडकखण्डमा वर्षासँगै आएको बाढीले पुन: क्षति
काठमाडौं । वर्षासँगै आएको बाढी र पहिरोले गल्छी, त्रिशूली, मैलुङ, स्याफ्रुबेसी, रसुवागढी सडकखण्डमा फेरि क्षति पुर्याएको छ । २४ असारमा आएको बाढीले क्षतविक्षत भएको यो सडकखण्ड यही साउन १४ गते फेरि आएको बाढीले थप क्षति पुर्याएको थियो । मर्मतको काम चलिरहेका बेला हिजो र आजको वर्षासँगैको बाढीपहिरोले पुन: सडक भत्काएको हो । रेडियो लाङटाङका अनुसार […]
प्रधानमन्त्री ओली चीन भ्रमणमा जाँदै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाँदैछन् । प्रधानमन्त्री निकट स्रोतका अनुसार उनी शांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा भाग लिन भदौ १४ गते चीन जान लागेका हुन् । सम्मेलन भदौ १५ र १६ गते ९अगष्ट ३१ र सेप्टेम्बर १० मा बेइजिङमा आयोजना हुँदैछ । यो सम्मेलनको उद्घाटन चिनियाँ राष्ट्रपति सी जिनपिङले […]
प्रतिनिधिको बैठक आज बस्दै, यस्तो छ कार्यसुचि…
काठमाडौं । संघीय संसद् प्रतिनिधिको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा सभामुखले सूचना प्रविधि तथा साइवर सुरक्षा विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ । हिजो यो विधेयक निर्णयार्थ प्रस्तुत गर्न खोज्दा सदनमा गणपूरक संख्या नपुगेर संसद् बैठक स्थगित भएको थियो । […]
आज चार वटा संसदीय समितिको बैठक बस्दै
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत आज चार वटा संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, विधायन व्यवस्थापन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो । बिहान साढे ८ बजे सुरु हुने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सौर्य एयरलाइन्स वायुयान दुर्घटना जाँचबुझको अन्तिम प्रतिवेदनमाथि छलफल […]

