Flash Story
अमर्खु माध्यमिक विद्यालयमा नयाँ व्यवस्थापन समिति गठन
लिटल स्टेप सेकेन्डरी स्कूलमा नव वर्ष २०८३ को अवसरमा शुभकामना आदान–प्रदान तथा स्वास्थ्य परीक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न
सभामुख अर्यालको शपथ ग्रहण आजै
श्रम संस्कृति पार्टी र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड
सफाईकर्मीको सम्मानमा हाम्रो साइकल यात्रा र्याली सम्पन्न
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजि २.० को माग
चैत ५ गतेदेखि फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा ‘ २७ औं फ्लोरा एक्स्पो ’ हुने
नक्कली कागजात बनाएर नेपाली नागरिक बनेको आरोपमा भारतीय नागरिक पक्राउ

जनजीवन सामान्य बनाउन भूमिका खेल्न मानव अधिकार आयोगको अपिल

Spread the love

काठमाडौँ। राष्ट्रिय मानव अधिकार आयोगले जनजीवन सामान्य बनाउँदै नागरिक अधिकारको प्रत्याभूति गर्न सरोकारवालासँग अपिल गरेको छ ।

सोमबार एक विज्ञप्ति जारी गर्दै आयोगले जेन जेड आन्दोलनपछि मुलुकमा विकसित परिस्थितिलाई ध्यान दिँदै जनजीवन सामान्य बनाउन भूमिका खेल्न तीनै तहका सरकारसहित सरोकारवालाको ध्यानाकर्षण गराएको हो ।

जेन जेड आन्दोलनका क्रममा सार्वजनिक र निजी सम्पत्ति तथा राज्यका विभिन्न संरचनामा भएको क्षतिले शान्ति सुरक्षामा गम्भीर चुनौती खडा गरेको आयोगको ठहर छ ।

आयोगले अहिलेको परिस्थिति संवेदनशील रहेको उल्लेख गर्दै संयमित आचरण, सहकार्य र एकीकृत योगदानका लागि सबै सरोकारवालालाई अपिल गरेको छ ।

जेन जेड आन्दोलनका क्रममा भएको क्षति भएका प्रशासनिक तथा आवश्यक पूर्वाधारको पुनः संरचना एवं मर्मतसम्भारमा आवश्यक बजेट र स्रोत साधनको व्यवस्था गर्नुपर्ने आवश्यकता आयोगले औँल्याएको छ ।

‘विकसित परिस्थितिमा सार्वजनिक सुरक्षा, कानूनको शासन र दैनिक अत्यावश्यक सार्वजनिक सेवा प्रवाह, न्याय, स्वास्थ्य, शिक्षा, सुरक्षा, सञ्चार, प्रशासनिक सेवासमेत’ लाई प्रभावकारी बनाउन विशेष ध्यान दिनुपर्ने देखिन्छ,’ आयोगका सहसचिव एवं प्रवक्ता डा। टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top