काठमाडौं – सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान(डिडिसी)मा व्यापक भ्रष्टाचार भएको पूर्व सञ्चालक समिति अध्यक्ष डा.वेदबहादुर क्षेत्रीले खुलासा गरेका छन् । शनिवार राजधानीको संवाद डबलीले गरेको कार्यक्रममा बोल्ने वक्ताहरुले डिडिसी धराशायीक हुनुमा कृषि मन्त्रालय नै मुख्य जिम्मेवार रहेकोसमेत आरोप लगाएका छन् । डिडिसीका पूर्व सञ्चालक समिति अध्यक्ष डा.क्षेत्रीले आ.ब.२०७४÷७५ सम्म नाफामा रहेको संस्थान अहिले डेढ […]
युवतीलाई गोप्य अङ्ग देखाउनेको भिडिओलाई लिएर गृहमन्त्रीको प्रतिक्रिया: आरोपी पक्राउ, पीडितको साहसको प्रशंसा
काठमाडौं । ललितपुरको इमाडोलमा एक युवतीमाथि भएको यौन दुर्व्यवहारको घटनापछि गृहमन्त्री सुदन गुरुङले गम्भीर ध्यानाकर्षण जनाउँदै आरोपी पक्राउ परिसकेको जानकारी दिएका छन्। आइतबार साँझ इमाडोलमा हिँडिरहेकी ऋतु खनालमाथि एक पुरुषले अश्लील हर्कत गरेका थिए। पीडितले साहसका साथ आफ्नो मोबाइलबाट घटनाको भिडियो रेकर्ड गरी सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि घटना व्यापक चर्चामा आएको थियो। सोही भिडियोका आधारमा […]
मिडियामा आर्थिक नाकाबन्दी, सरकार अधिनायकवाद उन्मुख भएकोे संकेत
मिडियामा आर्थिक नाकाबन्दी, सरकार अधिनायकवाद उन्मुख भएकोे संकेतः त्रिपाठी २०८२ चैत २२काठमाडौं । नेपाल सरकार प्रधानमन्त्री कार्यालयबाट २०८२ चैत १८ गते जारी गरिएको निर्देशनले सञ्चार माध्यमको अस्तित्व ने गम्भीर संकटमा पर्ने भन्दै तत्काल फिर्ता नलिए आन्दोलन गर्ने विभिन्न पत्रकार सम्बद्ध संस्थाहरुले चेतावनी दिएका छन् । आइतबार काठमाडौंको संवाद डबलीमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघका महासचिव […]
रास्वपा महाधिवेशन: खुल्ला मधेसी केन्द्रीय सदस्य पदमा श्रम मन्त्री रामजी यादवको उम्मेदवारी
चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले ‘खुल्ला मधेसी’ कोटाबाट केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गर्नुभएको छ।मधेसको शक्तिशाली नेताको रूपमा प्रतिनिधित्व गर्दै यादवले उम्मेदवारी दिनुभएको हो।रास्वपाको ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन यही २०८३ असार ७ गते देखि चितवनमा भइरहेको छ। सोही महाधिवेशनका लागि यादवले केन्द्रीय […]
कैलालीको अत्तरियाबाट लघुवित्त पीडितको सरकारलाई चेतावनी
कैलाली – सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला अन्तर्गत अत्तरिया बजारमा लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिले सरकारलाई कडा चेतावनी दिएको छ। मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत समितिले अघिल्लो सरकारसँग भएको सहमति र सर्वोच्च अदालतको फैसला असार १५ गतेभित्र कार्यान्वयन नभए देशव्यापी संघर्षमा उत्रने घोषणा गरेको हो। समितिका सुदूरपश्चिम प्रदेश अध्यक्ष आसा सन्जेल ले पाँच वर्षदेखि निरन्तर आन्दोलन […]
किष्ट किड्नी ट्रान्सप्लान्ट सेन्टरद्वारा २०० सफल मिर्गौला प्रत्यारोपण
ललितपुर – किष्ट मेडिकल कलेज शिक्षण अस्पताल अन्तर्गतको किष्ट किड्नी ट्रान्सप्लान्ट सेन्टरले २०० वटा मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको छ। निजी क्षेत्रका अस्पतालहरूमध्ये यो उपलब्धि उच्च मानिएको छ। अस्पतालका अनुसार सेन्टरले अन्तर्राष्ट्रिय स्तरसँग तुलना गर्न मिल्ने सफलता दर कायम गर्दै नेपालकै अग्रणी मिर्गौला प्रत्यारोपण केन्द्रका रूपमा पहिचान बनाएको छ। स्थापनादेखि नै आधुनिक प्रविधि र गुणस्तरीय […]
मिटर ब्याजको जालमा फसेको महतो परिवार, माइतीघरमा आन्दोलन
सर्लाहीका भागनारायण महतो र उनकी पत्नी उमाकुमारी महतो यतिबेला न्यायको खोजीमा काठमाडौंको माइतीघर मण्डलामा धर्ना बसिरहेका छन्। वैदेशिक रोजगारीका क्रममा बहराइनमा कडा मेहनत गरेर कमाएको रकम र आफ्नो जग्गासमेत गुमाएको दाबी गर्दै उनीहरू राज्यसँग न्याय मागिरहेका हुन्। अनलाइनखबरमा प्रकाशित समाचारका अनुसार भागनारायण महतो विदेशमा गाडी पुछ्ने काम गरेर कमाएको रकम घर पठाउँदै आएका थिए। सोही […]
काठमाडौंमा पहिलोपटक ‘गौविज्ञान कथा’ कार्यक्रम आयोजना हुँदै
काठमाडौं — नेपालमा पहिलोपटक ‘गौविज्ञान कथा’ शीर्षकको विशेष कार्यक्रम आयोजना हुने भएको छ। गौसंरक्षण अभियान नेपालद्वारा आयोजित उक्त कार्यक्रममा गाईसँग सम्बन्धित आध्यात्मिक, परम्परागत तथा स्वास्थ्यसम्बन्धी विषयमा विस्तृत जानकारी प्रदान गरिने जनाइएको छ।कार्यक्रम पशुपतिनाथ मन्दिर (दक्षिण ढोका) नजिक रहेको सुमार्ग स्मृति भवनमा आयोजना हुने छ। साथै महोत्तरीको गोशाला बजारस्थित गोशाला उद्योग वाणिज्य संघको सभाहलमा पनि समानान्तर […]
सहकारी पीडितको बचत फिर्ता गराउन मन्त्रालयको सक्रियता, महान्यायाधिवक्ता र सीआईबी प्रमुखसँग मन्त्रीको छलफल
काठमाडौँ – सहकारीका बचतकर्ताको निक्षेप फिर्ता गर्ने तयारी गरिरहेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले विभिन्न पक्षसँग चरणबद्ध छलफल गरेको छ । समस्याग्रस्त सहकारी संस्थाबाट रकम असुली गरी पीडित बचतकर्ताको निक्षेप फिर्ता गर्ने विषयमा केन्द्रित रहेर बुधवार बिहान चार्टर्ड एकाउन्टेन्टहरुसँग छलफल गर्नुभएको थियो । लगत्तै महान्यायाधिवक्ता डा.नारायणदत्त कँडेल र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख एआईजी […]
तत्काल इन्धनको मूल्य नघटाए आयल निगम घेराउ गर्ने जेनजीको चतावनी
काठमाडौं – राष्ट्रि जेनजी नगरिक अभियानले नेपाल आयाल निगम र सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको छ । शनिवार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गरी पेट्रोलियम पदार्थमा भएको चरम मूल्य वृद्धिलाई नघटाए आयल निगमलाई घेर्ने चेतावनी दिएको छ । राष्ट्रि जेनजी नगरिक अभियानका संयोजक सुनिल सिंहले पेट्रोलियम पदार्थको मूल्य २४ घण्टाभित्र समायोन नगरे आयल निगभ घेराउ […]

