धादिङ : निलकण्ठ नगरपालिका–१२ स्थित डुडे दोभान क्षेत्रमा आएको बाढीले क्षति पुर्याएको सडक लामो समयसम्म मर्मत नहुँदा स्थानीय बासिन्दाले आफैं रकम संकलन गरी मर्मत गरेका छन्। साउन ३२ गतेको बाढीले सडक भत्काएपछि १२ र १३ नम्बर वडाका बासिन्दाले बारम्बार नगरपालिका कार्यालयलाई ध्यानाकर्षण गराए पनि कुनै सुनुवाइ भएन। आवागमनमा कठिनाइ बढेपछि स्थानीयले आफ्नै पहलमा बाइकसम्म चल्न […]
मुलुकभरिबाट ३ हजार ७२३ कैदीबन्दी पक्राउ
काठमाडौँ। यही भदौ २३ र २४ गते जेनजी प्रदर्शनपछि सिर्जित परिस्थितिका कारण देशभरका विभिन्न कारागारबाट भागेकामध्ये तीन हजार ७२३ कैदीबन्दी पक्राउ परेका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले आज मध्याह्नसम्ममा तीन हजार ७२३ कैदीबन्दी पक्राउ गरी कारागामा ल्याइएको जनाउँदै अझै १० हजार ३२० कैदीबन्दी फरार रहेकाले आवश्यक सर्तकता अपनाउन […]
चितवन कारागारमा २३५ कैदीबन्दी फर्किए
काठमाडौँ। कारागार कार्यालय चितवनबाट फरार कैदीबन्दीमध्ये २३५ जना कारागारको सम्पर्कमा आएका छन्। गत बिहीबार सबै कैदीबन्दीको परिवार तथा आफन्तलाई सम्पर्क गरिएको थियो । सम्पर्क गरिएका कैदीबन्दी कारागार फर्कन थालेका हुन् । कार्यालयका प्रमुख रविन्द्रप्रसाद ढुङ्गानाका अनुसार अहिलेसम्म २३५ जना कैदीबन्दी कारागार फर्किएका छन्। उनले भने, ‘बुधबार बिहान ७४० जना कैदी कारागरबाट फरार भएका थिए।’ कारागारमा […]
फिल्म हल भोलिबाट खुल्ने
काठमाडौँ। जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिका कारण बन्द भएका फिल्म हल भोलि (सोमबार) बाट खुल्ने भएका छन् । नेपाल चलचित्र सङ्घको आइतबार बसेको बैठकले सो निर्णय गरेको हो । फिल्म हल सोमबार खोल्ने निर्णय गरेको चलचित्र सङ्घका अध्यक्ष नरेन्द्र महर्जनले जानकारी दिए । ‘भोलिबाट सबै फिल्म हल नियमित खोल्ने निर्णय भएको छ’, महर्जनले भने‘हल बन्द […]
जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ७२ पुग्यो
काठमाडौँ। जेनजी आन्दोलनको क्रममा मृत्यु हुनेको संख्या ७२ पुगेको छ । प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण कार्यक्रममा मुख्य सचिव एकनारायण अर्यालले सो जानकारी दिएका हुन् । आन्दोलनमा प्रदर्शनकारी ५९ जना, कैदीबन्दी १० जना र सुरक्षाकर्मी ३ जना गरी ७२ जनाको ज्यान गएको मुख्य सचिव अर्यालले बताए । उनका अनुसार १३४ जना प्रदर्शनकारी र ५७ जना […]
योजनावद्ध षडयन्त्रको आशंका छ : प्रधानमन्त्री कार्की
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले सबै कुराहरु सिध्याएर देशलाई शून्यतामा पुर्याइएको टिप्पणी गरेकी छन् । आज पदभार ग्रहणपछि बोल्दै कार्कीले यो घटना योजननावद्ध षडयन्त्र हो कि भन्ने आफूलाई आशंका रहेको बताइन् । उनले भनिन्, ‘२७ घन्टाको आन्दोलनबाट जनधनको व्यापक क्षति भएको छ । सबै सरकारी विवरणहरू जलेर नष्ट भएका छन् । नेपाली नै भएर यो काम […]
जनेजी आन्दोलनमा मृत्यु भएकालाई शहीद घोषणा, मृतकका परिवारलाई १० लाख राहत
काठमाडौँ। सरकारले जनेजी आन्दोलनका क्रममा मृत्यु भएकाहरूलाई शहीद घोषणा गरेको छ । साथै घाइतेको निःशुल्क उपचार र मृत्यु भएकाहरूको परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको मुख्यसचिव एकनारायण अर्यालले जानकारी दिए । उनका अनुसार नयाँ सरकारलाई सरकारी सेवा प्रवाह चुनौतीका रूपमा रहेको छ । ‘धेरैजसो सरकारी कार्यालयहरू अधिकांश ड्यामेज भएको अवस्था छ’, मुख्यसचिव […]
जेनजी आन्दोलनमा मारिनेको संख्या ५५ पुग्यो
काठमाडौँ। जेनजी आन्दोलनमा मारिनेको संख्या ५५ पुगेको छ। यही भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा घाइते भएका थप चार जनाको पनि मुत्यु भएको नेपाल प्रहरीका प्रवक्ता विनोद घिमिरेले जानकारी दिएका छन्। आन्दोलनमा जेनजी युवा, प्रहरी, कैदी र सर्वसाधारण गरेर कुल ५५ जनाको मृत्यु भएको हो। जेनजीतर्फ २१ जना, कैदी नौजना, नेपाल प्रहरीका सहायक […]
राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
काठमाडौँ। नेपाल राष्ट्र बैंकले रु एक अर्ब २० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकको उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्नु परेकाले इच्छुक बैंक तथा वित्तीय संस्थालाई सहभागिताका लागि आग्रह गरेको छ । केन्द्रीय बैंकले यही भदौ ३० गतेभित्र निवेदन दिन आग्रह गरेको छ । […]
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ। नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको मूल्य ७०० रुपैयाँ घट्दै तोलामा १ लाख १५ हजार १०० रुपैयाँ कायम भएको हो । शुक्रबार भने छापावाल सुनको मूल्य तोलामा १ लाख १५ हजार ७०० रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य भने बढेको छ […]

