Flash Story
अमर्खु माध्यमिक विद्यालयमा नयाँ व्यवस्थापन समिति गठन
लिटल स्टेप सेकेन्डरी स्कूलमा नव वर्ष २०८३ को अवसरमा शुभकामना आदान–प्रदान तथा स्वास्थ्य परीक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न
सभामुख अर्यालको शपथ ग्रहण आजै
श्रम संस्कृति पार्टी र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड
सफाईकर्मीको सम्मानमा हाम्रो साइकल यात्रा र्याली सम्पन्न
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजि २.० को माग
चैत ५ गतेदेखि फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा ‘ २७ औं फ्लोरा एक्स्पो ’ हुने
नक्कली कागजात बनाएर नेपाली नागरिक बनेको आरोपमा भारतीय नागरिक पक्राउ

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारसँग जेनजेड २.०को भेटघाट, लामो छलफलपछि सुझाबपत्र बुझाइयो

Spread the love

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख सल्लाहकार अजय अभद्र खनाल र गोविन्दसँग जेनजेड २.०का प्रतिनिधिहरूले मंगलबार प्रधानमन्त्री कार्यालयमा भेटघाट गरी लामो छलफल गरेका छन्।

भेटघाटमा नागरिक बचाउ अभियानका अभियन्ताहरू पनि सहभागी भएका थिए। छलफलका क्रममा व्यवस्था उल्टाउने विषय उठ्दा जेनजेड २.०का प्रवक्ता अबिन लिम्बूले सरकारको विपक्षमा आन्दोलन गर्नुअघि आफूहरू जनतामाथि होइन, नागरिक हितको पक्षमा उभिने प्रतिबद्धता जनाएका थिए। लिम्बूले भने, “यो नागरिक सरकारको विपक्षमा जोसुकै आन्दोलन गर्छ, उसले पहिले आफ्नै छातीमा कुल्चेर मात्र सरकार सामु जान सक्छ, त्यसपछि हेरौँला।”

जेनजेड २.०ले भेटका क्रममा आफ्नो माग र सुझाव समेटिएको पत्र प्रधानमन्त्री कार्यालयमा हस्तान्तरण गरेको थियो।

भेटमा जेनजेड २.०का तर्फबाट कार्यसम्पादन समितिका सदस्य हेमराज खड्का, घाइते निरक बहादुर खड्का, सदस्य सचिव कुन्दन कुसुवाहा, सचिबालय प्रमुख रबिन कुमार शाह, सदस्य गौरव देवकोटा, बिपिन दुलाल लगायत अभियानताहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top