Flash Story
जुम्लाका सुन्दर गा मष्टाका मूल धामीको विशिष्ट पहिचान, मष्टा संस्कृतिको संरक्षणमा राज्यको ध्यान खोइ?
जुम्लाको बाबिरा मष्टाको आस्था र पहिचानमाथि प्रश्न : परम्परा जोगाउने जिम्मेवारी कसको?
जेन्जी युवाको आवाज बुलन्द गर्दै प्रवक्ता विरजन विक, सरकारलाई दिए यस्तो चेतावनी!
लुम्बिनी विकास कोषको विवादास्पद नियुक्ति र तिब्बती चलखेलविरुद्ध जेन्जीयुवाको खबरदारी, बोगटीको कडा आपत्ति
नेपाली कम्युनिस्ट पार्टीबाट दयाराम कार्कीले दिए राजीनामा, साधारण सदस्यतासमेत त्यागे
सरकारविरुद्ध आन्दोलनको औचित्य छैन, सुशासन र पुनर्निर्माणमा जोड दिऔँ : धमला
सबै धार्मिक सम्प्रदायले राष्ट्रिय एकतामा जोड दिन राष्ट्रिय ख्रीष्टियन महासंघको अपिल
हार्डडिस्कमा नतिजा राख्ने, स्क्रिनमा प्रचार खोज्न नहिँड्ने डा. हरि कार्कीको फरक यात्रा
भाइटीकामा आर्थिक अभाव भएका दिदीबहिनीलाई कृष्णप्रसाद चालिसेले निःशुल्क फूलमाला र यातायात दिने

बाढीबाट आमाबुवा गुमाएका बालबालिकाको व्यवस्थापनमा मन्त्री सीता वादीको सक्रियता

Spread the love

रसुवा : भोटेकोशी बाढीका कारण आमाबुवा गुमाएका उत्तरगया गाउँपालिका–१ का बालबालिका राखिएको विदुर नगरपालिका–२ स्थित अन्नपूर्ण पञ्चकन्या होल्डिङ सेन्टर खाली गरिएको छ। बालबालिकालाई आफन्तबाट टाढा राखिएको भन्दै आफन्त तथा स्वयं बालबालिकाबाट निरन्तर आवाज उठेपछि महिला, बालबालिका, लैङ्गिक तथा अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय र उत्तरगया गाउँपालिकाको समन्वयमा बालबालिकाको विस्तृत लेखाजोखा गरी अधिकांश बालबालिकालाई आफन्त तथा नातेदारको संरक्षणमा रहने गरी जिम्मा लगाइएको हो।
राष्ट्रिय बाल अधिकार परिषद्बाट खटिएका अधिकृत बद्रीप्रसाद वाग्लेका अनुसार बालबालिका तथा उनीहरूलाई संरक्षणमा लिन चाहने परिवारको विस्तृत मनोसामाजिक लेखाजोखा तथा उत्तरगया गाउँपालिका–१ को वडा कार्यालयबाट नाता प्रमाणित भएको कागजातका आधारमा बालबालिकालाई आफन्त तथा नातेदारको जिम्मा लगाइएको हो।
बालबालिकालाई आफन्त तथा नातेदारको जिम्मा लगाउने क्रममा सम्बन्धित अभिभावक तथा संरक्षकबाट स्व-घोषणा फारममा हस्ताक्षर गराई बाल संरक्षणसम्बन्धी प्रतिबद्धतासमेत लिइएको छ। स्व-घोषणामार्फत् अभिभावक तथा संरक्षकले बालबालिकाको हक लाग्ने चलअचल सम्पत्तिको संरक्षण गर्ने, परिवार वा नातेदारभित्रै सुरक्षित हेरचाहको व्यवस्था गर्ने, बालविवाह हुन नदिने, जोखिमपूर्ण वा अनुचित बालश्रममा नलगाउने तथा कुनै पनि प्रकारको शारीरिक, मानसिक वा यौनजन्य हिंसा, शोषण र दुर्व्यवहार हुन नदिने प्रतिबद्धता जनाएका छन्।
त्यसैगरी बालबालिकाको विद्यालय शिक्षा तथा शैक्षिक निरन्तरता सुनिश्चित गर्ने, बालबालिका तथा परिवारसम्बन्धी व्यक्तिगत विवरणको गोपनीयता कायम गर्ने र बालबालिकालाई विभेदरहित, सम्मानजनक तथा सुरक्षित वातावरण उपलब्ध गराउने प्रतिबद्धतासमेत अभिभावक तथा संरक्षकबाट लिइएको छ। स्व-घोषणा फारममा अभिभावक तथा संरक्षकले आफू आजको मितिसम्म बालबालिका विरुद्धको कुनै कसुर वा नैतिक पतन देखिने फौजदारी कसुरमा दोषी नभएकोसमेत स्व-घोषणा गरेका छन्।
समाजसेवी तथा बालमनोविज्ञबाट गरिएको विस्तृत लेखाजोखाका क्रममा अधिकांश बालबालिकालाई आफन्त तथा नातेदारले आफूसँगै राख्न चाहेको पाइएको वाग्लेले बताए । परिवार पुनर्मिलन कार्यक्रममा बालबालिका आफन्त तथा नातेदारको संरक्षणमा जान पाएकोमा र आफन्त तथा नातेदारले बालबालिकाको संरक्षणको जिम्मेवारी लिन पाएकोमा खुशी देखिएका थिए।
होल्डिङ सेन्टरमा रहेका २६ जना बालबालिकामध्ये एक जना काठमाडौंमा उपचाररत छन् भने २३ जनालाई आफन्त तथा नातेदारसँग पुनर्मिलन गराइएको छ। दुई जना बालबालिकालाई राष्ट्रिय बाल अधिकार परिषद्मार्फत उद्धार गरी वैकल्पिक हेरचाहमा राखिएको अधिकृत वाग्लेले जानकारी दिए ।
उत्तरगया गाउँपालिकाकी बाल कल्याण अधिकारी अमृता पन्तले बालबालिकाको इच्छा र चाहनासमेतलाई सम्मान गर्दै उनीहरूको सर्वोत्तम हितलाई केन्द्रमा राखेर निर्णय गरिएको बताइन् ।
बालबालिकाका जैविक आमाबुवाको घेवा (तामाङ समुदायमा गरिने मृत्यु संस्कार) असोज २९ गतेसम्म चल्ने भएकाले केही थप बालबालिकालाई राष्ट्रिय बाल अधिकार परिषद्मार्फत वैकल्पिक हेरचाहमा पठाउनुपर्ने देखिएको परिषद्का बाल संरक्षण अधिकृत सन्तोषचन्द्र अधिकारीले बताए ।
होल्डिङ सेन्टरमा रहेकी एक बालिका (परिवर्तित नाम ‘जमुना’) ले आफूलाई आफ्नै आमाबुवाको घेवा संस्कारमा सहभागी हुनसमेत प्रहरीले लैजाने र पुनः प्रहरीले नै गाडीमा राखेर ल्याउँदा आफूले अपराधीझैँ महसुस गरेको बताएकी थिइन्। साथै, आफूहरूलाई कति दिनसम्म होल्डिङ सेन्टरमा राखिने हो भन्नेबारे समेत अन्योल रहेको उनले बताएकी थिइन्।
तर, परिवार पुनर्मिलनका क्रममा उनको मुहारमा खुशी देखिएको थियो। बाढीमा आफ्ना दाजु गुमà