Flash Story
जेन्जी युवाको आवाज बुलन्द गर्दै प्रवक्ता विरजन विक, सरकारलाई दिए यस्तो चेतावनी!
लुम्बिनी विकास कोषको विवादास्पद नियुक्ति र तिब्बती चलखेलविरुद्ध जेन्जीयुवाको खबरदारी, बोगटीको कडा आपत्ति
नेपाली कम्युनिस्ट पार्टीबाट दयाराम कार्कीले दिए राजीनामा, साधारण सदस्यतासमेत त्यागे
सरकारविरुद्ध आन्दोलनको औचित्य छैन, सुशासन र पुनर्निर्माणमा जोड दिऔँ : धमला
सबै धार्मिक सम्प्रदायले राष्ट्रिय एकतामा जोड दिन राष्ट्रिय ख्रीष्टियन महासंघको अपिल
हार्डडिस्कमा नतिजा राख्ने, स्क्रिनमा प्रचार खोज्न नहिँड्ने डा. हरि कार्कीको फरक यात्रा
भाइटीकामा आर्थिक अभाव भएका दिदीबहिनीलाई कृष्णप्रसाद चालिसेले निःशुल्क फूलमाला र यातायात दिने
जुवा तास खेलिरहेको अवस्थामा ६ लाख भन्दा बढि रकम सहित ९ जना मानिसहरू नियन्त्रणमा
कर्नाली उपेक्षा र उज्यालो पुस्तक’को विमोचन गर्दै प्रचण्डले भने–‘राष्ट्र नै के हुने हो भन्ने अवस्था आएको छ’

२५९ क्यापसुल ट्रामाडोलसहित १९ वर्षीय युवक पक्राउ

Spread the love

काठमाडौं : काठमाडौंको गोकर्णेश्वर नगरपालिका–९ जगडोलबाट प्रहरीले २५९ क्यापसुल ट्रामाडोलसहित एक युवकलाई पक्राउ गरेको छ।

मिति २०८३ असोज १९ गते राति ११ः४९ बजेको समयमा पानी ट्याङ्की नजिक शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा प्रहरी प्रभाग गोकर्णबाट खटिएको टोलीले चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ घर भई हाल काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–११ कपन, खरिबोट बस्ने १९ वर्षीय डवाङ सोनाम शेर्पाको साथबाट लागुऔषध ट्रामाडोल २५९ क्यापसुल र एक थान मोबाइल बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीले उनलाई नियन्त्रणमा लिई लागुऔषध सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ। जिल्ला अदालत काठमाडौंले अनुसन्धानका लागि १० दिनको म्याद थप अनुमति दिएको प्रहरीले जनाएको छ।