Flash Story
गुल्मी–१ मा मनिराम ज्ञवालीको घरदैलो अभियान तीव्र
रुपन्देही–१ मा आम जनता पार्टीका उम्मेदवार देवानको घरदैलो तीव्र
आम जनता पार्टीका कालबहादुर बिक दलित क्लस्टरबाट समानुपातिक सूचीको पहिलो नम्बरमा
चुनावी पोस्टरले नगरलाई कुरूप नबनाउने मनिष झाको घोषणा
नेपाल पत्रकार महासंघ ललितपुर शाखा ३४औँ वर्षमा प्रवेश
गाँजा ट्रेकिङ’ वाचा ६ वर्षमा शून्य काम — अब के के बाचा गरेर माग्ने भोट ?
रास्वपावाट टिकट पाएका दैलेख क्षेत्र न. २ का ईन्जिनियर बखत बा. शाहीको चर्चा
किशोरीलाई मन पराएको विषयमा विवाद हुँदा दैलेखमा चक्कु प्रहारबाट १६ वर्षीय किशोरको मृत्यु
थाक्रे–२ मा नेपाली कम्युनिस्ट पार्टीको अगुवा कार्यकर्ता भेला सम्पन्न

आगामी वर्षको बजेट खेलकुद क्षेत्रका लागि उत्साहजनक

Spread the love

काठमाडौ : राष्ट्रिय खेलकुद परिषद् ९राखेप०का सदस्यसचिव टङ्कलाल घिसिङले इतिहासमा पहिलोपटक नेपाली खेलकुदको बजेटको अङ्कमा निकै ठूलो बढोत्तरी भएको बताएका छन् ।

सरकारले आगामी वर्ष २०८२र८३ का लागि बिहीबार सदनमा प्रस्तुत गरेको बजेट नेपाली खेलकुद क्षेत्रका लागि उत्साहजनक रहेको उनले उल्लेख गरे । पोखरामा आज खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको पत्रकार भेटघाटमा सदस्यसचिव घिसिङले खेलकुद क्षेत्रलाई सरकारले प्राथमिकता दिनुलाई सबैले सकारात्मक रूपमा लिनुपर्ने बताए ।

“इतिहासमै पहिलोपटक खेलकुद क्षेत्रमा बजेट वृद्धि भएको छ । यसलाई हामी सबैले उत्साहजनक रूपमा लिनुपर्ने हुन्छ”, उनले भने । सदस्यसचिव घिसिङले पोखरा रङ्गशालाभित्रको क्रिकेट मैदान निर्माण तथा स्तरोन्नतिका लागि प्राथमिकता राखेर बजेट विनियोजन गरिएको जानकारी दिए ।

परिषद्को बजेट प्रस्ताव गर्दा क्रिकेटको उमेर समूहको वल्र्डकपका लागि समेत मध्यनजर गरी प्रस्ताव गरिएको उनले जानकारी दिए । “पोखरा रङ्गशालाभित्रको क्रिकेट मैदान निर्माणाधीन रहेको छ । यस रङ्गशालाका लागि तेब्बर बढाएर प्रस्ताव गरिएको छ । विस्तृत बजेटको खाका आउँदा तपाईँहरूले थाहा पाउनुहुने छ”, सदस्यसचिवले भने ।

उनले उच्च पर्वतीय खेलमैदानका लागि पनि बजेट विनियोजन भएको जानकारी दिए । “प्रदेश र केन्द्रका साझेदारी प्रकृतिका कार्यक्रमसमेत राखेका छौँ । स्थानीय तहमार्फत कार्यान्वयन गर्नेगरी प्रस्ताव बजेटमा गरिएको छ”, उनले भने ।

सदस्यसचिव घिसिङले पोखरामा भएको नवौँ राष्ट्रिय खेलकुदको समापन समारोहमा कर्णालीमा गर्नेगरी १०औँ झण्डा हस्तान्तरण गरिएको भए पनि विविध कारणले तोकिएको मितिमा राष्ट्रिय खेलकुद हुन नसकेको बताए । दशौँ राष्ट्रिय खेलकुदका लागि पनि बजेट विनियोजन गरिएकाले आगामी वर्षमा प्रतियोगिता हुने उनले बताए ।

नेपाल सरकार, प्रदेश सरकार र अन्य सबै सरोकारवालाको समान बुझाइ राष्ट्रिय खेलकुदका सम्बन्धमा हुनुपर्ने र नेपाली खेलकुद प्रतियोगिता समयमै कसरी गर्न सकिन्छ भन्नेबारेमा छलफल हुनुपर्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top