Flash Story
अमर्खु माध्यमिक विद्यालयमा नयाँ व्यवस्थापन समिति गठन
लिटल स्टेप सेकेन्डरी स्कूलमा नव वर्ष २०८३ को अवसरमा शुभकामना आदान–प्रदान तथा स्वास्थ्य परीक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न
सभामुख अर्यालको शपथ ग्रहण आजै
श्रम संस्कृति पार्टी र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड
सफाईकर्मीको सम्मानमा हाम्रो साइकल यात्रा र्याली सम्पन्न
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजि २.० को माग
चैत ५ गतेदेखि फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा ‘ २७ औं फ्लोरा एक्स्पो ’ हुने
नक्कली कागजात बनाएर नेपाली नागरिक बनेको आरोपमा भारतीय नागरिक पक्राउ

धादिङमा विभत्स घटना छोराले गरे आमाको निर्मम हत्या

Spread the love

धादिङ — धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५, थापा कठेरीमा एक युवाले धारिलो हतियार प्रयोग गरी आफ्नै आमाको विभत्स हत्या गरेका छन्।
असोज १९ गते राति करिब ८ बजे अत्यधिक मदिरा र लागुऔषध सेवन गरेका ३० वर्षीय यमबहादुर कँडेलले खुकुरी प्रहार गरी ५५ वर्षीया आमा राममाया कँडेलको हत्या गरेका हुन्। टाउको छुट्टिएको अवस्थामा उनको शव घरको आँगनमा फेला परेको प्रहरीले जनाएको छ।

घटनाबारे जानकारी पाएपछि छिमेकी, स्थानीय जनप्रतिनिधि र प्रहरी घटनास्थल पुगेका थिए। तर, यमबहादुरले खुकुरी देखाई धम्की र गालीगलौज गर्दै स्थानीयलाई आतंकित बनाएका थिए। त्यसपछि प्रहरी चौकी सल्यानकोटबाट गएको टोलीले उनलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय धादिङमा बुझाएको छ।

प्रारम्भिक अनुसन्धानअनुसार, अत्यधिक लागुऔषध सेवन गर्ने बानी भएका यमबहादुरलाई सुधार केन्द्रमा पठाउने विषयमा विवाद हुँदा घटना भएको बताइन्छ। उनी यसअघि पनि विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको प्रहरीले जनाएको छ।

काठमाडौंमा बस्दै आएका यमबहादुर दशैं मनाउन फूलपातीको अघिल्लो दिन मात्र घर फर्किएका थिए। घटनाको समयमा घरमा बुबा, आमा, भान्जा, भान्जी र उनी गरी पाँच जना थिए। उनले सुरुमा भान्जालाई आक्रमण गर्न खोजेका थिए, तर भान्जा र बुबा भागेर ज्यान जोगाउन सफल भएका थिए।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top