Flash Story
अमर्खु माध्यमिक विद्यालयमा नयाँ व्यवस्थापन समिति गठन
लिटल स्टेप सेकेन्डरी स्कूलमा नव वर्ष २०८३ को अवसरमा शुभकामना आदान–प्रदान तथा स्वास्थ्य परीक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न
सभामुख अर्यालको शपथ ग्रहण आजै
श्रम संस्कृति पार्टी र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड
सफाईकर्मीको सम्मानमा हाम्रो साइकल यात्रा र्याली सम्पन्न
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजि २.० को माग
चैत ५ गतेदेखि फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा ‘ २७ औं फ्लोरा एक्स्पो ’ हुने
नक्कली कागजात बनाएर नेपाली नागरिक बनेको आरोपमा भारतीय नागरिक पक्राउ

Clean Birendranagar Campaign: चौथो शनिबार घण्टाघरमा सरसफाइ, नागरिक सहभागिताको निरन्तरता

Spread the love

बिरेन्द्रनगरमा देखिँदै आएको अव्यवस्थित सरसफाइ, अवरुद्ध नाली प्रणाली र सार्वजनिक संरचनाप्रतिको बेवास्ता विरुद्ध युवाहरूको पहलमा ‘Clean Birendranagar Campaign’ निरन्तर रूपमा सञ्चालन भइरहेको छ। यस अभियानको मुख्य उद्देश्य शहरलाई सफा राख्नु, पानी निकास प्रणाली व्यवस्थित गराउनु र सम्बन्धित निकायलाई जिम्मेवार बनाउनु हो।

आज अभियानको चौथो शनिबार हो। अभियानको सुरुवात पहिलो शनिबार बसपार्क क्षेत्रबाट गरिएको थियो। दोस्रो शनिबार एरि चोक, तेस्रो शनिबार रेडियो नेपाल क्षेत्रमा सरसफाइ तथा अवलोकन कार्यक्रम सम्पन्न गरिएको थियो भने चौथो शनिबार आज घण्टाघर क्षेत्रलाई केन्द्रमा राखेर अभियान सञ्चालन गरिएको छ।

अभियानका क्रममा बाटोको पानी नालीमा जानका लागि बनाइएका प्वालहरू फोहोरले बुझिँदा सडकमा पानी जम्ने, हिलो र दुर्गन्ध फैलिने समस्या गम्भीर रूपमा देखिएको छ। अभियानकर्ताहरूका अनुसार यो समस्या प्राकृतिक नभई नियमित सरसफाइ, मर्मत र अनुगमन नहुँदाको परिणाम हो।

Clean Birendranagar Campaign ले हरेक शनिबार फरक–फरक सार्वजनिक स्थानमा सरसफाइ गर्दै यस्ता समस्याहरू पहिचान गरी प्रमाणसहित सार्वजनिक गरिरहेको छ। यस अभियानमार्फत आम नागरिकलाई सचेत गराउने र स्थानीय सरकार तथा सम्बन्धित निकायलाई तत्काल सुधारात्मक कदम चाल्न दबाब दिने लक्ष्य राखिएको छ।

अभियानकर्ताहरूले सबै नागरिक, युवाहरू, स्थानीय सरकार र सरोकारवाला निकायहरू एकसाथ अघि बढेमा बिरेन्द्रनगरलाई देशकै सबैभन्दा सफा शहर बनाउने सपना पूरा गर्न सकिने विश्वास व्यक्त गरेका छन्। अभियान कुनै व्यक्ति वा दलविरुद्ध नभई सार्वजनिक हित, जवाफदेहिता र नागरिक जिम्मेवारीका लागि गरिएको खुला अभियान हो।

अभियान टोलीले सरसफाइप्रति चासो राख्ने सबै नागरिकलाई Clean Birendranagar Campaign मा सहभागी हुन र आफ्नो ठाउँबाट योगदान गर्न खुला आह्वान गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top