Flash Story
बडीमालिका क्षेत्रमा पुग्यो टेलिफोन र इन्टरनेट सेवा, सञ्चारमन्त्री डा. तिमिल्सिनाद्वारा भर्चुअल उद्घाटन
सुदूरपश्चिम जाँदै मन्त्री प्रतिभा रावल, सहकारीदेखि भूमिहीनका समस्या सुन्नेसम्मको कार्यक्रम
नेपालमा पहिलो पटक निजी अस्पतालमा बालिकाको सफल कलेजो प्रत्यारोपण
पशुपति क्षेत्रमा ‘सफागरौँ’ अभियान सम्पन्नचार सोमबारदेखि निरन्तर सञ्चालन भएको अभियानमा ५ सयभन्दा बढी स्वयंसेवक परिचालन
हराएको तीन दिनपछि मृत भेटिए कपिलवस्तुका पूर्वमेयर सिंह
नेपाल फार्मेसी परिषद्को अध्यक्षमा कादिर आलम नियुक्त
लघुवित्त पीडित र सरकारबीचभएको सहमति बारे भ्रम नफैलाउन समितिको अपिल
बाजुरामा वर्षेनि खाद्यान्न अभावको अन्त्य गर्ने
यूके र क्रोसिया पठाइदिने भन्दै १५ लाख ५० हजार ठगी, दुई जना पक्राउ

श्री मिल्स विद्यालयका १३ पूर्वगुरु काठमाडौंमा सम्मानित

Spread the love

काठमाडौं : श्री मिल्स माध्यमिक विद्यालय, रानी, बिराटनगरका १३ जना पूर्व गुरुजनहरूलाई गुरु पूर्णिमाको उपलक्ष्यमा काठमाडौंमा एक भव्य समारोहबीच सम्मान गरिएको छ।

बिराटनगर मिल्स एरिया समाज काठमाडौं (बिमिसका) को आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
बिमिसका अध्यक्ष रवि कुँवरको सभापतित्वमा काठमाडौंको होटल रोयल एयरपोर्ट मा सम्पन्न कार्यक्रममा विद्यालयमा योगदान पुर्‍याएका गुरुहरूलाई रुद्राक्षमाला  र पुष्पगुच्छा अर्पण गरी सम्मान गरिएको हो।

सम्मानित गुरुहरूमा रामेश्वर पाँडे (राशी पाँडे), उपेन्द्र सुवेदी, राजेन्द्र निश्छी, माधव अर्याल, गौरी शंकर, कौशल्या थापा, चन्द्र गदाल, महेश चापागाईं, उर्मिला प्रधान, कमल दाहाल, उत्तमराज थापा, पार्थ सारथि सेनगुप्ता (मिडु सर) र पञ्चलाल शाह रहेका छन्।

कार्यक्रमको सुरुवात “गुरुब्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः, गुरुरेव परंब्रह्म तस्मै श्रीगुरवे नमः” मन्त्र उच्चारण गर्दै गरिएको थियो।

कार्यक्रममा स्वागत मन्तव्य सीता नेपाल ले दिएकी थिइन् भने सञ्चालन आमोद डोमोङ ले गरेका थिए।

बिमिसका पदाधिकारीहरूले गुरुहरूको योगदानको उच्च प्रशंसा गर्दै गुरु पूर्णिमाको दिन गुरुहरुलाई सम्मान गर्न पाएकोमा खुसी व्यक्त गरे । सम्मानित गुरुहरूले पनि आयोजकप्रति आभार व्यक्त  गरे। कार्यक्रमभर गुरुहरूसमेतले मन्तव्य राख्दै आफ्ना अनुभवहरू सुनाए।

समारोहमा , मिल्स विद्यालयका पूर्वविद्यार्थी तथा बौद्धिक वर्गको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top