Flash Story
गुल्मी–१ मा मनिराम ज्ञवालीको घरदैलो अभियान तीव्र
रुपन्देही–१ मा आम जनता पार्टीका उम्मेदवार देवानको घरदैलो तीव्र
आम जनता पार्टीका कालबहादुर बिक दलित क्लस्टरबाट समानुपातिक सूचीको पहिलो नम्बरमा
चुनावी पोस्टरले नगरलाई कुरूप नबनाउने मनिष झाको घोषणा
नेपाल पत्रकार महासंघ ललितपुर शाखा ३४औँ वर्षमा प्रवेश
गाँजा ट्रेकिङ’ वाचा ६ वर्षमा शून्य काम — अब के के बाचा गरेर माग्ने भोट ?
रास्वपावाट टिकट पाएका दैलेख क्षेत्र न. २ का ईन्जिनियर बखत बा. शाहीको चर्चा
किशोरीलाई मन पराएको विषयमा विवाद हुँदा दैलेखमा चक्कु प्रहारबाट १६ वर्षीय किशोरको मृत्यु
थाक्रे–२ मा नेपाली कम्युनिस्ट पार्टीको अगुवा कार्यकर्ता भेला सम्पन्न

Category: विविध

आम जनता पार्टीका कालबहादुर बिक दलित क्लस्टरबाट समानुपातिक सूचीको पहिलो नम्बरमा

धादिङ — आम जनता पार्टी ले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि समानुपातिक तर्फ दलित क्लस्टरबाट कालबहादुर बिकलाई पहिलो नम्बरमा राखेको जनाएको छ। पार्टीले सार्वजनिक गरेको प्रचार सामग्रीमा “सुशासन, समृद्धि, बदलाव र विकास” नारासहित मोबाइल फोन चुनाव चिह्नमार्फत मत दिन अपिल गरिएको छ। कालबहादुर बिकले दलित समुदायको अधिकार, समानुपातिक प्रतिनिधित्व र समावेशी विकासलाई प्राथमिकता […]

चुनावी पोस्टरले नगरलाई कुरूप नबनाउने मनिष झाको घोषणा

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय प्रवक्ता तथा धनुषा क्षेत्र नं. ३ बाट प्रतिनिधिसभाका उम्मेदवार मनिष झाले आफ्नो निर्वाचन क्षेत्रमा चुनावी पोस्टर नटाँस्ने घोषणा गरेका छन् । झाले जनकपुरधामलाई सफा र सुन्दर राख्ने उद्देश्यले यस्तो निर्णय लिएको बताएका हुन् ।झाले भने, “म जुन देश र नगरलाई सुन्दर बनाउन राजनीतिक अभ्यासमा छु, त्यही नगरलाई कुरूप बनाएर […]

किशोरीलाई मन पराएको विषयमा विवाद हुँदा दैलेखमा चक्कु प्रहारबाट १६ वर्षीय किशोरको मृत्यु

दैलेखमा चक्कु प्रहारबाट एक १६ वर्षीय किशोरको मृत्यु भएको छ। दुल्लू नगरपालिका ४, शान्ति बजारका प्रकाश खनालको चक्कु प्रहारबाट ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी गणेशबहादुर बरालका अनुसार उपचारका क्रममा दुल्लू अस्पतालमा खनालको मृत्यु भएको हो । फुटबल खेलेर घर फर्किरहेका खनालमाथि दाहिने कोखाबाट पेटतर्फ निस्कने गरी चक्कु प्रहार गरिएको प्रहरीले […]

थाक्रे–२ मा नेपाली कम्युनिस्ट पार्टीको अगुवा कार्यकर्ता भेला सम्पन्न

धादिङ – नेपाली कम्युनिस्ट पार्टी थाक्रे गाउँपालिका वडा नं. २ को वडा कमिटीद्वारा आयोजित अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ। भेलाबाट ५६ सदस्यीय मूल निर्वाचन परिचालन कमिटी गठन गरिएको छ। भेलाले आगामी निर्वाचनलाई लक्षित गर्दै तारा चिन्हका उम्मेदवार राजेन्द्रप्रसाद पाण्डेलाई अत्यधिक मतले विजयी गराउने दृढ संकल्प व्यक्त गरेको छ। साथै, पार्टीका विचार, सिद्धान्त र एजेण्डालाई […]

थाक्रे–३ मा भोलि नेपाली कम्युनिस्ट पार्टीको अगुवा कार्यकर्ता भेटघाट हुँदै

धादिङ – नेपाली कम्युनिस्ट पार्टीले धादिङको थाक्रे गाउँपालिका–३ नम्बर वडामा भोलि अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम आयोजना गर्ने भएको छ।आगामी राजनीतिक कार्यक्रम तथा संगठन सुदृढीकरणलाई लक्षित गर्दै आयोजना गर्न लागिएको उक्त भेटघाट कार्यक्रममा पार्टीका जिल्ला तथा स्थानीय तहका नेता–कार्यकर्ता तथा वडास्तरीय अगुवा कार्यकर्ताहरूको सहभागिता रहने बताइएको छ।कार्यक्रममा वर्तमान राजनीतिक अवस्था, जनसरोकारका विषय, पार्टी संगठन विस्तार तथा […]

रुपन्देही–१ मा बदरुदोजा देवान (बर्दी) परिवर्तनको दाबीका साथ चुनावी मैदानमा

रुपन्देही क्षेत्र नम्बर १ बाट मोबाइल चिन्हका उम्मेदवार बदरुदोजा देवान (बर्दी) वित्तीय शोषणविरुद्धको संघर्षलाई मुख्य एजेन्डा बनाएर राजनीतिमा उभिनु भएको छ।लघुवित्त, सहकारी र बैंकको नाममा वर्षौँदेखि जनतामाथि भइरहेको आर्थिक शोषण र उठिबासको विरुद्ध आवाज उठाउँदै आउनु भएका देवान सशक्त अभियान्ताका रूपमा चिनिनुहुन्छ।राष्ट्रिय बैंकको अराजक नीति, लघुवित्तको चर्को ब्याज र सहकारीको नाममा हुने लुटतन्त्रको खुला विरोध […]

जीवित देवी कुमारीको सांस्कृतिक परम्परामाथि आधारित नाटक ‘अग्निचक्षु’ सर्वनाममा मञ्चन हुँदै

काठमाडौँ – विश्वकै एक मात्र जीवित देवी कुमारीको सांस्कृतिक परम्परामा आधारित नाटक ‘अग्निचक्षु’ माघ ११ गतेदेखि २५ गतेसम्म काठमाडौँको कालिकास्थित सर्वनाम थिएटरमा नियमित रूपमा मञ्चन हुने भएको छ। साइलेन्ट एक्टको प्रस्तुति तथा नागरिक कल्याण समाज नेपालको आयोजनामा प्रस्तुत हुन लागेको यो नाटकले नेपाली समाजको सांस्कृतिक पृष्ठभूमिमा आधारित भएर नारी सशक्तीकरण, चेतना र सामाजिक रूपान्तरणको सशक्त […]

चितवनको एग्रोटेक प्रदर्शनीमा नेपालमै पहिलोपटक भ्याकुम फ्रिज ड्रायर प्रविधि सार्वजनिक

चितवन । कृषि तथा खाद्य प्रशोधन क्षेत्रमा नयाँ सम्भावना बोकेको लायोफिलाइजेसन प्रविधिमा आधारित भ्याकुम फ्रिज ड्रायर नेपालमा पहिलोपटक सार्वजनिक गरिएको छ। उक्त अत्याधुनिक प्रविधि आर.एम. एग्रोटेक प्रा.लि. ले भारतको अग्रणी कम्पनी आइस मेक रेफ्रिजरेसन लिमिटेड अन्तर्गतको ड्राइमेक ब्रान्डमार्फत चितवनको भरतपुरस्थित चितवन एक्स्पो सेन्टरमा जारी आठौँ नेपाल एग्रोटेक अन्तर्राष्ट्रिय प्रदर्शनीमा प्रस्तुत गरेको हो। माघ २ देखि […]

होम सहकारीको १७औँ वार्षिक साधारण सभा सम्पन्न

ललितपुर । होम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७औँ वार्षिक साधारण सभा बुधबार ललितपुरमा सम्पन्न भएको छ । संस्थाका जेष्ठ सदस्य सानुबाबु महर्जनको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभामा संस्थाको वर्तमान अवस्था, आगामी कार्यदिशा तथा आर्थिक चुनौतीबारे गहन छलफल गरिएको छ । संस्थाका अध्यक्ष मुकुन्द महर्जनको अध्यक्षतामा सम्पन्न सभामा अध्यक्ष महर्जनले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै […]

दैलेखमा नयाँ वडा माग: दुई पालिकाका दुर्गम बस्ती समायोजनको प्रस्ताव

दैलेख जिल्लाको चामुण्डाविन्द्रासैनी नगरपालिका-१ अन्तर्गतका पाल्त, सल्लेरी, काफलगैरा तथा ठाँटीकाँध गाउँपालिका-३ का बजाया र माझखर्कलाई समायोजन गरी छुट्टै नयाँ वडा कायम गर्न स्थानीयले माग गरेका छन्। शनिबार सम्बन्धित क्षेत्रका नागरिकको संयुक्त भेलाले ज्येष्ठ सदस्य सार्कीराम क्षेत्रीको अध्यक्षतामा बैठक गर्दै भौगोलिक रूपमा दुर्गम यी बस्तीलाई दुई अलग पालिकामा विभाजन गर्नुको सट्टा एउटै वडा बनाएर व्यवस्थापन गर्नुपर्ने […]

Back To Top