Flash Story
बडीमालिका क्षेत्रमा पुग्यो टेलिफोन र इन्टरनेट सेवा, सञ्चारमन्त्री डा. तिमिल्सिनाद्वारा भर्चुअल उद्घाटन
सुदूरपश्चिम जाँदै मन्त्री प्रतिभा रावल, सहकारीदेखि भूमिहीनका समस्या सुन्नेसम्मको कार्यक्रम
नेपालमा पहिलो पटक निजी अस्पतालमा बालिकाको सफल कलेजो प्रत्यारोपण
पशुपति क्षेत्रमा ‘सफागरौँ’ अभियान सम्पन्नचार सोमबारदेखि निरन्तर सञ्चालन भएको अभियानमा ५ सयभन्दा बढी स्वयंसेवक परिचालन
हराएको तीन दिनपछि मृत भेटिए कपिलवस्तुका पूर्वमेयर सिंह
नेपाल फार्मेसी परिषद्को अध्यक्षमा कादिर आलम नियुक्त
लघुवित्त पीडित र सरकारबीचभएको सहमति बारे भ्रम नफैलाउन समितिको अपिल
बाजुरामा वर्षेनि खाद्यान्न अभावको अन्त्य गर्ने
यूके र क्रोसिया पठाइदिने भन्दै १५ लाख ५० हजार ठगी, दुई जना पक्राउ

ललितपुरमा पत्रकारका लागि बृहत् स्वास्थ्य शिविर सम्पन्न

Spread the love

ललितपुर : नेपाल पत्रकार महासंघ ललितपुर शाखाकाे समन्वयमा क्रियाशिल पत्रकारहरूलाई लक्षित गरेर ललितपुरमा एकदिने बृहत स्वास्थ्य शिविर सम्पन्न भएकाे छ ।
जनस्वास्थ्य कार्यालय ललितपुर र बज्रबराही चापागाउँ अस्पतालकाे संयाेजन तथा पत्रकार महासंघ ललितपुरकाे समन्वयमा शुक्रबार बृहत् स्वास्थ्य शिविर सम्पन्न भएकाे हाे ।
स्वास्थ्य शिविरमा विभिन्न नसर्ने राेगहरूकाे परिक्षण, भिडियाे एक्सरे, मुटु तथा मृर्गाैला परिक्षण, आँखा, दन्त, मधुमेह, आरएफटि, एलएफटि, सिबिसी, स्त्री लगायत राेगकाे निःशुल्क परीक्षण गरिएकाे थियाे । शिविरमा ६० वर्ष नाघेका पत्रकारलाई निःशुल्क चश्मा वितरण गरिएकाे थियाे ।
ललितपुर शाखा अध्यक्ष रामहरि कार्कीले शिविरमा ७७ जना पत्रकारले स्वास्थ्य परिक्षण गरि लाभान्वित भएकाे बताए । उनले शिविर निक्कै प्रभावकारी भएकाे र पत्रकारहरूले यसबाट लाभ लिन सफल भएकाे जनाए ।


परिक्षण गरेका पत्रकारहरू मध्ये अधिकांशमा सुगर र प्रेसरकाे समस्या देखिएकाे पाइएकाे छ । ७७ मध्ये २७ जनामा सुगरकाे लक्षण र १० जनामा प्रेसरकाे लक्षण देखिएकाे बज्रबराही चापागाउँ अस्पतालका डा. अमरदिप साहले जानकारी दिए । पत्रकारहरू अरूलाई सुचना र खबरदारी गर्न दिनरात खटिरहदा आफ्नाे स्वास्थ्यमा पनि ख्याल गर्न आवश्यक रहेकाे उनकाे भनाई छ ।


बज्रबराही चापागाउँ अस्पतालका मेडिकल सुपरटेन्ड डा. अंकुर पाैडेलले पत्रकारहरू आफ्नाे स्वास्थ्यमा सचेत हुन आवश्यक रहेकाे उल्लेख गरे ।
जनस्वास्थ्य कार्यालय, ललितपुरका प्रमुख डा. भुवन पाैडेलले पत्रकार महासंघसँग समन्वय गरेर पत्रकारहरूकाे लागि स्वास्थ्य चेकजाँच गर्न पाउँदा खुसी व्यक्त गरे । उनले यस्ता कार्यलाई निरन्तरता दिने प्रतिवद्वता समेत जनाए ।
नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशका अध्यक्ष टेनिस राेकाले स्वास्थ्य शिविर भव्य रूपमा सम्पन्न गरेकाेमा ललितपुर शाखा, जनस्वास्थ्य कार्यालय, ललितपुर र बज्रबराही चापागाउँ अस्पतालप्रति धन्यवाद व्यक्त गरे । उनले शिविर उदाहरणिय रहेकाे भन्दै अन्य जिल्लाहरूले पनि सिकेर अघि बढ्नुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top