Flash Story
अमर्खु माध्यमिक विद्यालयमा नयाँ व्यवस्थापन समिति गठन
लिटल स्टेप सेकेन्डरी स्कूलमा नव वर्ष २०८३ को अवसरमा शुभकामना आदान–प्रदान तथा स्वास्थ्य परीक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न
सभामुख अर्यालको शपथ ग्रहण आजै
श्रम संस्कृति पार्टी र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड
सफाईकर्मीको सम्मानमा हाम्रो साइकल यात्रा र्याली सम्पन्न
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजि २.० को माग
चैत ५ गतेदेखि फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा ‘ २७ औं फ्लोरा एक्स्पो ’ हुने
नक्कली कागजात बनाएर नेपाली नागरिक बनेको आरोपमा भारतीय नागरिक पक्राउ

लघुवित्त पीडित संघर्षमा, सरकारसँग वार्ताको माग

Spread the love

काठमाडौं :देशभरका लघुवित्त ऋण पीडितहरूले सरकारसँग समस्या समाधानको माग गर्दै काठमाडौंमा आन्दोलन चर्काएका छन्। संघर्ष समितिका अनुसार, ऋणका नाममा लघुवित्तहरूले गरेको आर्थिक र सामाजिक शोषण अन्त्य गर्न पटक–पटक माग गर्दा पनि सरकारले चासो नदेखाएको भन्दै उनीहरूले आन्दोलनलाई थप कडा बनाउने चेतावनी दिएका छन्।

गत चैत ९ देखि सुरु भएको आन्दोलनमा अहिले पनि दैनिक धर्ना र प्रदर्शन जारी छ भने ४ दिनदेखि आमरण अनशनमा रहेका एकजना पीडितको स्वास्थ्य अवस्था गम्भीर भएको छ। उनलाई अस्पतालमा भर्ना गरिएको छ।

संघर्ष समितिले सरकारसँग ब्याज मिनाहा, घर–जग्गा लिलामी रोक्न, पीडितलाई कालोसूचीबाट हटाउन, मुद्दा खारेज गर्न र दमन बन्द गर्न माग गरेको छ। अध्यक्ष मनि राम जवालिले प्रेस विज्ञप्ति जारी गर्दै भने, “पीडितमाथि भएको अन्याय तत्काल अन्त्य हुनुपर्छ। गोली ठोकेर वा जेल हालेर समस्या समाधान हुँदैन।”

सरकार र सरोकारवालालाई वार्ता र समाधानतर्फ ध्यान दिन आग्रह गर्दै समितिले आन्दोलनमा दमन नगर्न चेतावनी दिएको छ। साथै सबै नागरिक, राजनीतिक दल र संघसंस्थालाई पीडितको पक्षमा ऐक्यबद्ध हुन पनि समितिले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top