
काठमाडौं — गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा शनिबार सम्पन्न अन्तर टोखा–तारकेश्वर नगर प्रतियोगितामा दुबई शाखा टोखा ८ स्वर्ण, ४ रजत र १ कास्य पदकसहित च्याम्पियन बनेको छ।
टोखामा सम्पन्न उक्त प्रतियोगितामा १ सय ५० खेलाडीले विभिन्न तौल समूहमा प्रतिस्पर्धा गरेका थिए। महिला तर्फ आयुष्मा स्याङतान, निमिता शाही, रेशु तामाङ, रक्षा सापकोटा, झरना संज्याल, पूजा संज्याल र अस्मिता शाहले आफ्नो समूहमा स्वर्ण जिते।
पुरुषतर्फ स्वयम पोखरेल, पवन गुरुङ, प्रेम नगरकोटी, साजन छन्त्याल, समित आर्गियो, विवेक परियार, सुदीन गौतम र पुष्कर रोकाया विजयी भए।
महिला उत्कृष्ट खेलाडीमा पूजा सन्ज्याल, रविना लामा र सुप्रिमा धामी चयन भए भने पुरुषतर्फ पुष्कर रोकाया, निराजन बोहोरा, युवराज खड्का, प्रेम नगरकोटी र राजकुमार तामाङ उत्कृष्ट घोषित भए।

