Flash Story
बडीमालिका क्षेत्रमा पुग्यो टेलिफोन र इन्टरनेट सेवा, सञ्चारमन्त्री डा. तिमिल्सिनाद्वारा भर्चुअल उद्घाटन
सुदूरपश्चिम जाँदै मन्त्री प्रतिभा रावल, सहकारीदेखि भूमिहीनका समस्या सुन्नेसम्मको कार्यक्रम
नेपालमा पहिलो पटक निजी अस्पतालमा बालिकाको सफल कलेजो प्रत्यारोपण
पशुपति क्षेत्रमा ‘सफागरौँ’ अभियान सम्पन्नचार सोमबारदेखि निरन्तर सञ्चालन भएको अभियानमा ५ सयभन्दा बढी स्वयंसेवक परिचालन
हराएको तीन दिनपछि मृत भेटिए कपिलवस्तुका पूर्वमेयर सिंह
नेपाल फार्मेसी परिषद्को अध्यक्षमा कादिर आलम नियुक्त
लघुवित्त पीडित र सरकारबीचभएको सहमति बारे भ्रम नफैलाउन समितिको अपिल
बाजुरामा वर्षेनि खाद्यान्न अभावको अन्त्य गर्ने
यूके र क्रोसिया पठाइदिने भन्दै १५ लाख ५० हजार ठगी, दुई जना पक्राउ

विपिनको खोजीका लागि इजरायल जान विमानस्थल पुगे आमा र बहिनी

Spread the love

काठमाडौं – प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलमा आक्रमण गर्दा बेपत्ता भएका कञ्चनपुरका विपिन जोशीकी आमा र बहिनी इजरायल जाँदैछन् ।

हमासले बन्धक बनाएका विपिनको खोजीका लागि आमा पदमा र बहिनी पुष्पा केही बेरमा फलाई दुबईबाट इजरायलका लागि उड्दैछन् । उनीहरु अहिले त्रिभुवन विमानस्थलमा छन् ।

लामो समयसम्म पनि विपिन रिहा नभएपछि संयुक्त राष्ट्रसंघमार्फत पहल गर्न लागिएकोछ । त्यसकै लागि उनीहरु इजरायल जान लागेका हुन् ।

इजरायलले नै विपिनको परिवारलाई संयुक्त राष्ट्र संघमा पुर्‍याएर दबाब बढाउने रणनीति लिएको हो । नेपालका लागि इजरायली राजदूत शमुलिक यारी बासले विपिनकी आमा र बहिनीलाई विमानस्थलमा बिदाइ गरेका गरेका छन् ।

उनका अनुसार उनीहरुले इजरायलका उच्च नेता, कर्मचारी र सेनाका अधिकारसँग भेटवार्ता गर्नेछन् ।

पदमा र पुष्षा इजरायलस्थित नेपाली दूतावासको सम्पर्कमा जानेछन् । खोजीका लागि बाँकी काम त्यहीँबाट सुरु हुनेछ । उनीहरुको टिकटको व्यवस्था पनि दूतावासले नै गरिदिएको छ ।

कृषिका विद्यार्थी विपिन जोशी ‘सिक्दै कमाउँदै’ कार्यक्रमका लागि इजरायल गएका थिए । हमालसले इजरायलमा आक्रमण गरेपछि उनी २०८० असोज २० गतेदेखि सम्पर्कमा छैनन् । उनलाई हमासले बन्धक बनाएको भनिएको छ । उनीसँगै रहेका साथीहरुले पनि हमासले लिएर गएको बयान दिएका थिए । सोही घटनामा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top