Flash Story
तत्काल इन्धनको मूल्य नघटाए आयल निगम घेराउ गर्ने जेनजीको चतावनी
अमर्खु माध्यमिक विद्यालयमा नयाँ व्यवस्थापन समिति गठन
लिटल स्टेप सेकेन्डरी स्कूलमा नव वर्ष २०८३ को अवसरमा शुभकामना आदान–प्रदान तथा स्वास्थ्य परीक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न
सभामुख अर्यालको शपथ ग्रहण आजै
श्रम संस्कृति पार्टी र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड
सफाईकर्मीको सम्मानमा हाम्रो साइकल यात्रा र्याली सम्पन्न
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजि २.० को माग
चैत ५ गतेदेखि फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा ‘ २७ औं फ्लोरा एक्स्पो ’ हुने

Day: August 11, 2025

मानव अधिकार आयोग भन्छ- रवि बसेको कोठामा एसी छैन, झ्याल पनि बन्द छ

काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बसेको रुपन्देही कारागारको कोठामा वातानुकूलित एसी नरहेको र झ्याल प्लाई उडले टालेर बन्द गरिएको राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधिले प्रष्ट पारेको छ । कारागारको अनुगमनपछि मानवअधिकार आयोगका प्रतिनिधिहरूले कारागारभित्र आधारभूत सुविधाहरुको अभाव रहेको टिप्पणी गरेका छन् । क्षमताभन्दा अत्यधिक संख्यामा कैदी बन्दी राखिएको, कारागारभित्र पर्याप्त शौचालय नरहेको र भएका […]

जाजरकोटमा एम्बुलेन्स दुर्घटना,चालकको मृत्यु

काठमाडौं । जाजरकोटमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । भेरी नगरपालिका–१, कोल्चौरनजिकै कल्ले खोलामा गए राति १ बजे भएको एम्बुलेन्स दुर्घटनामा चालक भेरी नगरपालिका–१, डौँरीकाँडाका २७ वर्षीय सुनील चदराको मृत्यु भएको हो । भेरी नगरपालिका–१, रावत गाउँदेखि मैदेमा बिरामी लिन जाँदै गर्दा एम्बुलेन्स दुर्घटनामा परेको हो । उकालो जाने क्रममा भित्तामा ठोक्किएर […]

सुनसरीमा दुई सवारी साधन एकपासमा ठोक्किंदा तीन जनाको मृत्यु

काठमाडौं। सुनसरी दुई सवारी साधन एकपासमा ठोक्किंदा तीन जनाको मृत्यु भएको छ । १५ जना घाइते भएका छन् । भोक्राहा नरसिंह गाउँपालिका-३ जलुवाटोलस्थित पूर्वपश्चिम राजमार्गमा काँकडभिट्टाबाट दिक्तेलतर्फ जाँदै गरेको मे१ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको प्रदेश २-०१-००१ ज ००४७ नम्बरको माइक्रोबस आज बिहान एकआपसमा ठोक्किएको हो । घाइतेहरुको इनरुवा, विराटनगर न्यूरो, नोबेल अस्पतालमा […]

चारवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत आज चारवटा समितिको बैठक बस्ने भएको छ । अर्थ समिति, कानुन, न्याय तथा मानवअधिकार समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको हो । अर्थ समितिको बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ । बैठक बिहान […]

लामिछानेको पेसी आज

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बुटवलको सुप्रिम सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि भैरहवा कारागारमा रहेका आफूलाई रिहा गर्न माग गर्दै जिल्ला अदालत रूपन्देहीमा दिएको निवेदनको पेसी आजको लागि तोकिएको छ। जिल्ला अदालत रूपन्देहीमा लामिछानेले आफ्नो भागको बिगो बराबरको जमानत लिएर रिहा गर्न माग गर्दै यही साउन १९ गते निवेदन दिएका थिए। उनको […]

इजरायली आक्रमणमा अल जजीराका चार पत्रकारको मृत्यु

एजेन्सी : अल जजीराले गाजाको अल-शिफा अस्पताल नजिक भएको इजरायली हमलामा आफ्ना चार पत्रकारको मृत्यु भएको जनाएको छ । अल जजीराका अनुसार, इजरायली हमलाको समयमा संवाददाता अनस अल-शरिफ र मोहम्मद कुरैके, क्यामेरापर्सन इब्राहिम जहीर र मोहम्मद नौफल अस्पतालको मुख्य प्रवेशद्वारमा पत्रकारहरूका लागि बनाइएको टेन्टमा थिए। करिब दुई हप्ताअघि अल जजीराले इजरायली रक्षा बल (आईडीएफ) को […]

साउनको अन्तिम सोमबार पशुपतिमा श्रद्धालुहरूको भिड

काठमाडौँ – साउन महिनाको अन्तिम सोमबारको अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिर क्षेत्रमा भक्तजनहरूको ठूलो भीड लागेको छ। देशका विभिन्न ठाउँबाट आएका श्रद्धालुहरूले भगवान् शिवको दर्शन तथा पूजा–अर्चनाका लागि लामो लाइनमा उभिएर पालो पर्खिरहेका छन्। धार्मिक विश्वासअनुसार साउन महिनामा सोमबारको दिन भगवान् शिवलाई जल, दूध, बेलपत्र अर्पण गरे मनोकामना पूरा हुने मान्यता छ। विशेषगरी अन्तिम सोमबारलाई […]

विपिनको खोजीका लागि इजरायल जान विमानस्थल पुगे आमा र बहिनी

काठमाडौं – प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलमा आक्रमण गर्दा बेपत्ता भएका कञ्चनपुरका विपिन जोशीकी आमा र बहिनी इजरायल जाँदैछन् । हमासले बन्धक बनाएका विपिनको खोजीका लागि आमा पदमा र बहिनी पुष्पा केही बेरमा फलाई दुबईबाट इजरायलका लागि उड्दैछन् । उनीहरु अहिले त्रिभुवन विमानस्थलमा छन् । लामो समयसम्म पनि विपिन रिहा नभएपछि संयुक्त राष्ट्रसंघमार्फत पहल गर्न […]

Back To Top