Flash Story
गुल्मी–१ मा मनिराम ज्ञवालीको घरदैलो अभियान तीव्र
रुपन्देही–१ मा आम जनता पार्टीका उम्मेदवार देवानको घरदैलो तीव्र
आम जनता पार्टीका कालबहादुर बिक दलित क्लस्टरबाट समानुपातिक सूचीको पहिलो नम्बरमा
चुनावी पोस्टरले नगरलाई कुरूप नबनाउने मनिष झाको घोषणा
नेपाल पत्रकार महासंघ ललितपुर शाखा ३४औँ वर्षमा प्रवेश
गाँजा ट्रेकिङ’ वाचा ६ वर्षमा शून्य काम — अब के के बाचा गरेर माग्ने भोट ?
रास्वपावाट टिकट पाएका दैलेख क्षेत्र न. २ का ईन्जिनियर बखत बा. शाहीको चर्चा
किशोरीलाई मन पराएको विषयमा विवाद हुँदा दैलेखमा चक्कु प्रहारबाट १६ वर्षीय किशोरको मृत्यु
थाक्रे–२ मा नेपाली कम्युनिस्ट पार्टीको अगुवा कार्यकर्ता भेला सम्पन्न

मासु लगायत कृषि वस्तु निर्यातका लागि थप सहजीकरण गरिदिन चीनसँग आग्रह

Spread the love

काठमाडौँ । नेपालले भैँसीको मासु ,दुग्ध पदार्थ, तरकारी, फलफूल र जडीबुटी चीन निर्यातका लागि भन्सार प्रशासनमा सहजीकरण र लचकता अपनाउन चीनसमक्ष आग्रह गरेको छ । चीनको भन्सार प्रशासन र कृषि तथा पशुपन्छी मन्त्रालयका उच्च अधिकारीबिच बिहीबार काठमाडौँमा भएको द्विपक्षीय बैठकमा नेपालले गरेको आग्रहलाई चिनियाँ पक्षले सकारात्मक रुपमा लिएको जनाएको छ।

बैठकमा नेपालको नेतृत्व कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले गर्नुभएको थियो भने चीनको भन्सार प्रशासनका उपमन्त्री वाङ लिङजुनले चिनियाँ पक्षको नेतृत्व गरेका थिए । नेपालबाट थर्मलरुपमा प्रशोधित भैँसीको मासु र भैँसीको कार्टीलेज (कुरकुरे हाड) निर्यातका अलावा दुग्ध पदार्थहरू विशेष गरी घ्यु, नौनी, बटर तथा छुर्पी चीन निर्यातका लागि कृषि मन्त्रालयले जोड गरिरहेको छ ।

त्यस्तै हेलेज साइलेज पशु आहारा निर्यातका लागि पनि द्विपक्षीय बैठकमा नेपालले कुरा राखेको छ । नेपालले कुखुराको मासु र पन्जा, तरकारी, सुन्तलाजन्य फलफूल, चिया तथा कफी र जडीबुटी निर्यातका लागि सक्षम रहेको र यसका लागि थप सहजीकरण गरिदिन पनि आग्रह गरेको छ ।

हाल नेपालबाट ३४ प्रकारका कृषि वस्तुहरू ६१ वटा कम्पनी मार्फत निर्यात हुँदै आएको छ । त्यस्तै हरियो घाँस हेलेज ५ वटा कम्पनी मार्फत चीन निर्यात हुँदै आएको छ । नेपालले पशु आहार साइलेज निर्यातका लागि पनि चीनसँग प्रस्ताव गरेको छ ।

बैठकमा चीनका भन्सार प्रशासनका उपमन्त्री वाङले चीनले नेपालबाट कृषि वस्तु निर्यातको विषयलाई उच्च महत्त्व दिएको बताए । ‘एक सयभन्दा बढी देशहरूबाट यस्ता प्रस्तावहरू आउने गरेको भए पनि छिमेकी मुलुकको रूपमा हामीले नेपाललाई महत्त्व दिएर प्रयासहरू अघि बढाएका छौँ’ बैठकमा उनले भने । व्यापार सहजीकरणको लागि हाम्रो एकल प्रयासले मात्र पुग्दैन त्यसैले दुवै देशको संयुक्त प्रयासमा यो गाह्रो र जटिल छैन, सहजीकरण गर्न हामी तयार छौँ’ उपमन्त्री वाङले भने ।

बैठकमा कृषि मन्त्री अधिकारीले नेपालबाट मासु निर्यातका लागि आधारभूत सर्त खोरेत मुक्त क्षेत्र घोषणा गर्ने लगायतका प्रक्रियादेखि चीनको क्वारेनटाइन मापदण्ड पुरा गर्नका लागि प्रयास भइरहेको र सुन्तला जातका फलफूल निर्यातका केही सर्तमा लचकता अपनाइदिन समेत चिनियाँ पक्षलाई आग्रह गरेका थिए ।

द्विपक्षीय बैठकमा नेपालको कृषि उपज निर्यातका लागि सहजीकरण गर्न दुवै मुलुकको संयुक्त संरचना स्थापना गर्न नेपालले गरेको प्रस्तावमा चिनियाँ पक्षले सहमति जनाएको छ । बैठकमा मन्त्रालयका तर्फबाट सचिवद्धय डा.गोविन्दप्रसाद शर्मा, डा।दीपककुमार खराल र सहसचिवहरू सहभागी रहेका थिए भने चिनियाँ टोलीमा चीनको भन्सार प्रशासनका अधिकारीहरू सहभागी रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top