Flash Story
पशुपति क्षेत्रमा ‘सफागरौँ’ अभियान सम्पन्नचार सोमबारदेखि निरन्तर सञ्चालन भएको अभियानमा ५ सयभन्दा बढी स्वयंसेवक परिचालन
हराएको तीन दिनपछि मृत भेटिए कपिलवस्तुका पूर्वमेयर सिंह
नेपाल फार्मेसी परिषद्को अध्यक्षमा कादिर आलम नियुक्त
लघुवित्त पीडित र सरकारबीचभएको सहमति बारे भ्रम नफैलाउन समितिको अपिल
बाजुरामा वर्षेनि खाद्यान्न अभावको अन्त्य गर्ने
यूके र क्रोसिया पठाइदिने भन्दै १५ लाख ५० हजार ठगी, दुई जना पक्राउ
सुनकोशी नदीमा कार खस्यो
५ वटा बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त काठमाडौंबाट पक्राउ
सरकार र लघुवित्त पीडितबीच पाँच बुदे सहमति, अनशनका कार्यक्रम फिर्ता

आजदेखि कक्षा १२ को पूरक परीक्षा सुरु हुँदै

Spread the love

काठमाडौँ। कक्षा १२ को मौका (पूरक) परीक्षाको आजदेखि सुरु हुँदै छ । यसअघि भदौ २८ र २९ गतेका लागि तय गरिएको परीक्षा जेनजी आन्दोलन हिंसात्मक बन्दा सरेको थियो ।

राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षा आज र भोलि (बुधबार) दुई दिन सञ्चालन गर्न लागिएको हो ।

पहिलो दिन आज अनिवार्य अंग्रेजी (००४१), एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीका सबै विषय, दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयहरुमध्येको सानो कोड भएको विषयको परीक्षा हुने छ । तर, अनिवार्य अंग्रेजी र नेपाली दुवै विषयको परीक्षा दिने परीक्षार्थीले पहिले दिन अंग्रेजी र दोस्रो दिन नेपालीको परीक्षा दिनु पर्नेछ ।

यस्तै बुधबार दुवै विषयमा परीक्षा दने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयहरुमध्येको ठूलो कोड भएको विषयको परीक्षा हुनेछ । यो दिन अनिवार्य अंग्रेजीको परीक्षा भने हुनेछैन । अंग्रेजीको परीक्षा पहिलो दिन अर्थात ७ गते नै तोकिएको छ । सबै विषयको परीक्षा बिहान ११ बजेदेखि सुरु हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top