काठमाडौँ। कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै मन्त्री अधिकारीले सोमबारको आन्दोलनमा भएको दमन, हत्या र बल प्रयोगले तानाशाही व्यवस्थातर्फ उन्मुख भएको भन्दै उनले सो घटनाप्रति क्षमा याचना गर्दै राजीनामा दिएको बताएका हुन् । उनले लेखेका छन्, ʻलोकतन्त्रमा प्रश्न सोध्नु र शान्तिपूर्ण विरोध गर्नु नागरिकको […]
विपक्षी दलले माग्यो प्रधानमन्त्रीको राजीनामा
काठमाडौँ। प्रचण्डले डाकेको विपक्षी दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको छ । हिजोको घटनाको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने निष्कर्ष निकालेको माओवादीका उपमहासचिव वर्षमान पुनले जानकारी दिए । प्रधानमन्त्रीले मार्गप्रशस्त गर्दै युवाहरूको मागलाई सम्बोधन गरी समस्याको समाधान गर्नुपर्ने उनको भनाइ छ ।
सञ्चारमन्त्री गुरुङको निवासमा प्रदर्शनकारीको आगजनी
काठमाडौँ। सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा प्रदर्शनकारीले आगजानी गरेका छन् । प्रहरी स्रोतका अनुसार ललितपुरको सुनाकोठीस्थित गुरुङको निवासमा पुगेका आन्दोलनकारीले ढुंगामुढा र आगजनी गरेका हुन् ।
जेनजी प्रदर्शन : मृतकको संख्या १७ पुग्यो
काठमाडौँ। हिंसात्मक बनेको जेनजीहरूको प्रदर्शनमा मृत्यु हुनेको संख्या १७ पुगेको छ । ट्रमा सेन्टरमा थप दुई जनाको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ । यो सँगै उपत्यकाका विभिन्न अस्पतालमा मृत्यु हुनेको संख्या १७ पुगेको हो । ट्रमा सेन्टरमा मात्रै मृत्यु हुनेको संख्या ९ पुगेको छ । सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको प्रदर्शनका क्रममा […]
जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या १३ पुग्यो
काठमाडौं । जेनजीहरूको प्रदर्शनका क्रममा अहिलेसम्म १३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार, उपत्यकाका विभिन्न अस्पतालमा १३ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ । दिउँसो साढे ३ बजेसम्म १३ जनाको मृत्यु भइसकेको हो । ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा २, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ र […]
स्थिति थप बिग्रन नदिन सरकारले कदम चालोस् : प्रचण्ड
कठमाडौँ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबार जेन–जी पुस्ताको प्रदर्शनका क्रममा भएको घटनाप्रति दुःख व्यक्त गरेका छन्। ‘आजको दुःखद घटनाले मलाई स्तब्ध र गम्भीर बनाएको छ। प्रहरीको गोली लागेर मृत्यु भएका युवाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। घाइतेहरूको शीघ्र स्वास्थलाभको कामना गर्छु,’ अध्यक्ष प्रचण्डले सामाजिक सञ्जाल फेसबुकमार्फत् भनेका छन्। अध्यक्ष प्रचण्डले जेनजीले […]
जेनजीले भत्काए संसद् भवनको पर्खाल
काठमाडौँ। सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध आन्दोलित जेनजीले संसद् भवनको पर्खाल भत्काइ दिएका छन् । प्रदर्शनको क्रममा आक्रोशित बनेका जेनजीहरूले रेलिङको फलाम निकालेर पर्खाल भत्काएका हुन् । प्रदर्शनकारीको तोडफोडका कारण संसद् भवनको पर्खालमा भ्वाङ परेको छ ।
जेनजी प्रदर्शनमा अर्का व्यक्तिलाई पनि लाग्यो गोली
काठमाडौँ। जेनजी प्रदर्शनका क्रममा अर्का एक जनालाई पनि गोली लागेको छ । नयाँ बानेश्वर चोकमा प्रहरीको गोली लागेर अर्का एक जनालाई पनि गोली लागेको हो । गोली लागेका ती व्यक्तिको पहिचान भएको छैन । उनको अवस्था गम्भीर छ । यसअघि प्रहरीको गोली लागेर एक जनाको निधन भइसकेको छ । नयाँ पत्रिकाका फोटो पत्रकार दिपेन्द्र ढुंगानासहितलाई […]
काठमाडौँको बानेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी
काठमाडौँ । जेनजीको प्रदर्शन नियन्त्रण बाहिर पुगेपछि स्थानीय प्रशासनले बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले सोमबार मध्याह्न साढे १२ बजेदेखि लागू हुनेगरी राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो। प्रदर्शनकारीहरु निशेधित क्षेत्र तोड्दै संसद भवनभित्रसमेत घुसेसँगै स्थितिलाई नियन्त्रणमा लिन प्रशासनले कर्फ्यु आदेश जारी गरेको काठमाडौँका प्रमुख जिल्ला […]
जेनजीको प्रदर्शन : प्रहरीको गोली लागेर एक जनाको मृत्यु
काठमाडौँ। जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ । घाइते प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । सिभिल अस्पतालका निर्देशक मोहन रेग्मीका अनुसार घाइतेमध्येका एकजनाको मृत्यु भएको छ भने ७०–८० जना घाइतेको उपचाररत छन् । उनको परिचय खुल्न बाँकी छ । यसबारे विस्तृत विवरण आउन बाँकी छ […]

